evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

08-Jul-2026 05:29
384
Share 22 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले दोस्रो संस्करणको NAIMA Nepal Mobility Expo 2026 का मुख्य विवरण सार्वजनिक गरेको छ। सोमबार काठमाडौंस्थित द सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी एक्स्पोको तयारी, सहभागी ब्रान्ड, नयाँ लन्च तथा विभिन्न साझेदारीबारे जानकारी दिइएको हो।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ २०८३ साउन २६ देखि ३१ गते (११–१६ अगस्ट २०२६) सम्म काठमाडौंको भृकुटीमण्डप मा आयोजना हुनेछ। आयोजकका अनुसार यस वर्षको एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड तथा ४० भन्दा बढी नयाँ उत्पादन तथा सवारीसाधन सार्वजनिक (लन्च) हुनेछन्।

एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, चार्जिङ, वित्तीय सेवा तथा मोबिलिटीसँग सम्बन्धित अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ।

नाइमा २१ बाट ३६ सदस्य कम्पनीमा विस्तार

पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्य ले एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको संस्था अहिले ३६ प्रमुख सदस्य कम्पनी सम्म विस्तार भएको जानकारी दिइन्। उनका अनुसार यो विस्तार अटोमोबाइल उद्योगले नाइमामाथि गरेको विश्वास र नेपालको मोबिलिटी क्षेत्रको साझा तथा जिम्मेवार आवाजका रूपमा संस्थाले स्थापित गरेको भूमिकाको परिणाम हो।

उनले नाइमाको "Empowering Growth Through Mobility" दृष्टि र "Mobility for All" मिसन केवल एक्स्पो आयोजनामा सीमित नरही आर्थिक वृद्धि, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा र नागरिकको सहज आवागमनसँग प्रत्यक्ष जोडिएको बताइन्।

अध्यक्ष वैद्यका अनुसार नाइमाले गत एक वर्षमा मोबिलिटी क्षेत्र सुधारका लागि विभिन्न नीति वकालत, पहिलो संस्करणको एक्स्पो सफल आयोजना, काठमाडौं उपत्यकाका १,६१० ट्राफिक प्रहरीलाई क्षमता अभिवृद्धि तालिम, प्रदर्शनका क्रममा क्षति पुगेका सरकारी कार्यालय पुनःस्थापनाका लागि सहयोग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा यातायात व्यवस्था विभागसँग सहकार्य लगायतका महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको छ।

उनले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, जनचेतना कार्यक्रम तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा कार्यशाला सञ्चालनलाई पनि निरन्तरता दिइएको जानकारी दिइन्।

नाइमाले NAIMA Mobility Journal, NAIMA Monthly Mobility Sambaad तथा Capacity Building Training Sessions जस्ता कार्यक्रम संस्थागत गरिसकेको जनाएको छ।

विशेष रूपमा यस वर्षको एक्स्पोबाट प्राप्त टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप तथा क्षमता अभिवृद्धि कार्यक्रम मा खर्च गरिने घोषणा गरिएको छ। ती अनुसन्धानका नतिजा NAIMA Mobility Journal मार्फत सार्वजनिक गरिने पनि नाइमाले जनाएको छ।

यससँगै भविष्यमा NAIMA Mobility Conclave आयोजना गर्ने तथा शिक्षा मन्त्रालयसँग सहकार्य गरी मोबिलिटी क्षेत्रका लागि सीप विकास र रोजगारीमुखी तालिम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

सदस्य कम्पनी र उद्योगबाट आएको मागलाई ध्यानमा राख्दै नाइमाले आगामी दिनमा कमर्सियल मोबिलिटी केन्द्रित छुट्टै एक्स्पो आयोजना गर्ने सम्भावनाबारे पनि अध्ययन गरिरहेको जनाएको छ।

अध्यक्ष वैद्यले प्रदर्शनीस्थलको सीमित क्षमताका कारण केही इच्छुक सदस्य तथा ब्रान्डलाई स्टल उपलब्ध गराउन नसकिएको भन्दै नेपालमा अझ ठूलो र आधुनिक प्रदर्शनी पूर्वाधार आवश्यक रहेको धारणा राखिन्।

NAIMA Auto Show Planning Committee का संयोजक गौरव शारडा ले यस वर्षको एक्स्पोलाई अझ व्यवस्थित, समावेशी तथा आगन्तुकमैत्री बनाइने बताए।

उनका अनुसार मनसुनलाई ध्यानमा राखेर प्रदर्शनीस्थलमा विशेष व्यवस्थापन गरिनेछ भने अपाङ्गता भएका व्यक्तिहरूलाई सहज पहुँच सुनिश्चित गरिनेछ।

आगन्तुकका लागि नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेछ। पठाओ ले राइड पार्टनरका रूपमा छुटसहितको यात्रा सुविधा उपलब्ध गराउनेछ भने युनियन पे QR मार्फत टिकट खरिद गर्दा क्यासब्याक सुविधा प्रदान गरिनेछ।

यस वर्षको एक्स्पोको अर्को विशेष आकर्षण Learning Sessions हुनेछ। नेपाल पुलिस क्लबको ब्लु पेभिलियनस्थित अडिटोरियम हलमा सञ्चालन हुने यी कार्यक्रम पूर्ण रूपमा निःशुल्क रहनेछन्।

यी सत्रहरूमा उद्योगका विज्ञ, शिक्षाविद्, नीति निर्माता तथा विभिन्न क्षेत्रका नेतृत्वकर्ताले मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप विकास, रोजगारी र नेपालको भविष्यको मोबिलिटीबारे प्रस्तुति दिनेछन्।

एक्स्पोका Co-Sponsor Global IME Bank ले आगन्तुकका लागि विशेष बैंकिङ तथा वाहन वित्तीय योजना ल्याउने जनाएको छ।

त्यस्तै Red Bull Nepal ले Beverage Partner का रूपमा एक्स्पो अवधिभर विभिन्न आकर्षक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

यस वर्षको एक्स्पोमा NMB Bank, Siddhartha Bank, Sagarmatha Lumbini Insurance, BOSCH Nepal, Pathao, Global College of Management, Agni Energy, IME Khalti, The Soaltee Kathmandu, Norvic International Hospital, Hikvision, WorldLink, UnionPay, लगायतका विभिन्न कम्पनी तथा संस्थाहरू विभिन्न साझेदारका रूपमा आबद्ध भएका छन्।

कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल ले नाइमा नेपाल मोबिलिटी एक्स्पोलाई केवल प्रदर्शनी नभई सिकाइ, नवप्रवर्तन र सहकार्यको साझा प्लेटफर्म बनाउने लक्ष्य रहेको बताए।

नाइमाले परिवार, विद्यार्थी, व्यवसायी, उद्योगी, नीति निर्माता, सञ्चारकर्मी तथा सर्वसाधारणलाई साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने NAIMA Nepal Mobility Expo 2026 मा सहभागी हुन आग्रह गरेको छ।

Comment
Share 8 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 22 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka