evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

Intro

EV Auto Bazar is Nepal’s leading online automobile platform, bringing you the latest news, expert re read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms & Condition
16

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

13/Jan/2026
नागरिकमैत्री ट्राफिक व्यवस्थापनको नयाँ अध्याय : नाइमा–KVTPO ५ वर्षे रणनीतिक साझेदारी

नेपाल अटोमोवीन इम्पोटर्स एण्ड म्यान्युफ्याक्चरर्स एसोसिएशन (NAIMA) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय KVTPO बीच काठमाडौं उपत्यकाका कुल १,६५१ जना ट्राफिक प्रहरीहरुलाई व्यवहारकुशल सीपहरू Soft Skills

तथा नयाँ सवारी प्रविधि सम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्र (Mol) मा हस्ताक्षर भएको छ।

तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा-केंन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्यास सम्बन्धी विषयमा निरन्तर रूपमा अद्यावधिक बनाउँदै नागरिकसंगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको छ। ट्राफिक सप्ताह २०८२ अन्तर्गत 'सडक दुर्घटना न्यूनीकरण विशेष अभियान" समुद्घाटन कार्यक्रमको अवसरमा हस्ताक्षरित उक्त समझदारीपत्र प्रहरी महानिरीक्षक (IGP) श्री दान बहादुर कार्की र NAIMA का बोर्ड सदस्य श्री सौरभ ज्योति बीच गत शनिवार आदान-प्रदान गरिएको हो। समझदारीअनुसार NAIMA से आफ्ना सदस्य कम्पनीहरुको विशेषज्ञता उपयोग गर्दै नयां सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयहरूमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ। यसैगरी, ट्राफिक कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ

समतयारी कार्यान्वयन अन्तर्गत पहिली चरणको तालिम २०८२ माघ ४ गते आइतबारदेखि सुरु हुनेछ। तालिम १७कार्यदिन निरन्तर सञ्चालन हुने र प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ। तालिममा तनाव व्यवस्थापन/ध्यान, सञ्चार तथा इन्द्र व्यवस्थापन, नयां सवारी साधन प्रविधिको सैद्धान्तिक एवं प्रत्यक्ष अवलोकन सत्र, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण, तथा ट्राफिक व्यवस्थापनमा आवस्यक स्यान्ड जेस्वर सीप लगायत विषय समेटिएका छन्। तालिमको सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) पुल्चोक क्याम्पस तथा थापावनी क्याम्पसका प्राध्यापकहरू, जीवन विज्ञान। Jeevan Bigyan) का प्रशिक्षकहरू, NAIMA का सदस्य कम्पनीका प्राविधिक विज्ञाहरू प्रेरणाद्यमी बता तया जीवन प्रशिक्षक Life Coach) मनाई साथै आवश्यकताअनुसार अन्य स्वतन्त्र विषय विज्ञहरू (Freelance Experts) सहभागी हुनुहुनेछ। यस्तै, तालिमका केही महत्वपूर्ण सवहरू ट्राफिक प्रहरी प्रमुख र वरिष्ठ ट्राफिक प्रहरी अधिकृत ज्यूहरूले समेत लिनुहुनेछ। विषयगत प्रस्तुति, व्यावहारिक अवलोकन, अन्तरक्रिया, र अष्य दृश्य अवलोकन तालिमको मुख्य डाँचा रहनेछ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक (SSP) नवराज अधिकारीले नयाँ सवारी प्रविधि र जनसम्पर्क केन्द्रित सेवाका विषयमा ट्राफिक प्रहरीलाई निरन्तर रूपमा शिक्षित बनाउनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, 'ट्राफिक प्रहरी दैनिक रूपमा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन्छन्, त्यसैले उनीहरूको व्यवहारकुशल सीपहरू सुद्ध गर्नु र नयाँ सबारी प्रविधिबारे अद्यावधिक गराउनु जरुरी छ।" उहाँले दीर्घकालीन सानोदारीमा NAIMA को निरन्तर प्रतिबद्धता प्रशंसनीय रहेको बताउनुभयो ।

NAIMA बध्यक्ष श्रीमती ऋतु सिंह वैद्यले NAIMA को दृष्टिकोण "Empowering Growth through Mobility" अनुरूप सडक सुरक्षा प्रबर्द्धन, उपभोक्ता शिक्षा सचेतना, दक्ष मानवस्रोत विकास तथा नीति पैरबीमा संस्था निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँने यो दीर्घकालीन सहकार्यले ट्राफिक प्रहरीको क्षमता विकासमार्फत सड़क सुरक्षा सुदृद्ध गर्दै नागरिकमैत्री सेवा प्रवाह सुधार गर्न महत्वपूर्ण योगदान पुन्याउने विश्वास व्यक्त गर्नुभयो।

NAIMA का बोर्ड सदस्य तथा Road Safety & Infrastructure Enhancement Committee का संयोजक सौरभ ज्योतिले यो दीर्घकालीन तालिम कार्यक्रम सडक सुरक्षा, जनचेतना तथा पूर्वाधार सु‌द्धीकरणसँग प्रत्यक्ष जोडिएको बताउनुभयो। उहांले यसले सुरक्षित सडक संस्कृतिको विकाससँगै मानवस्रोत सुदृ‌ढीकरण मार्फत दीगो मोबिलिटी प्रवर्द्धनमा योगदान पुयाउने उल्लेख गर्नुभयो ।

NAIMA का कार्यकारी निदेशक राजकुमार दुलालले तालिम कार्यक्रमले नयां तथा उदीयमान सवारी प्रविधिबारे सहभागीनाई अभिमुखीकरण गर्ने मात्र नभई दैनिक सेवा प्रवाहमा आवश्यक व्यवहारकुशल सीपहरू (Soft Skills) समेत सुदुद्ध गर्ने गरी तयार गरिए‌को बताउनुभयो। उहांले आवश्यकता र मागअनुसार सरोकारवालालाई प्रशिक्षित गर्ने यस्ता कार्यक्रमहरु NAIMA का रणनीतिक प्राथमिकताहरुमध्ये रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

Share 10 नागरिकमैत्री ट्राफिक व्यवस्थापनको नयाँ अध्याय : नाइमा–KVTPO ५ वर्षे रणनीतिक साझेदारी
  • Share
      message-button
      नागरिकमैत्री ट्राफिक व्यवस्थापनको नयाँ अध्याय : नाइमा–KVTPO ५ वर्षे रणनीतिक साझेदारी
  • Message

    Send Message

  • Call
  • Whatsapp
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

11/Jan/2026
चितवनका सडकमा १००+ नामीको उत्सव : डोङफेङ नेपालद्वारा विशेष “नामी सेलिब्रेशन ड्राइभ” सम्पन्न

नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनका सडकमा १०० भन्दा बढी नामी इलेक्ट्रिक सवारी साधनको महत्वपूर्ण उपलब्धि उत्सवस्वरूप मनाउँदै विशेष “नामी सेलिब्रेशन

ड्राइभ” आयोजना गरेको छ। यस कार्यक्रममार्फत ग्राहकहरूको विश्वासको सम्मान, समुदायसँगको सम्बन्ध सुदृढीकरण तथा चितवन क्षेत्रमा स्मार्ट विद्युतीय मोबिलिटीको बढ्दो उपस्थितिलाई उजागर गरिएको थियो।

उक्त सेलिब्रेशन ड्राइभमा ८० भन्दा बढी नामी बक्स र नामी भिगो सवारी साधनको सहभागिता रहेको थियो, जसले नामीका ग्राहक तथा उत्साहीहरूलाई एकसाथ ल्याउँदै स्मरणीय यात्रा अनुभव प्रदान गर्‍यो। ड्राइभ चितवन बिजनेस कम्प्लेक्स, भरतपुरबाट सुरु भई बाइपास रोड, टिनखोला गुम्बा चोक, रामेश्वर मन्दिर, लिला चोक, पुलचोक, चौबिसकोटी चोक, पारस बस पार्क, सौराहा चोक तथा चित्रसरी पुल हुँदै होटल सेभेन स्टार, सौराहामा पुगेर सम्पन्न भएको थियो।

कार्यक्रम एमएडब्लु वृद्धिका वरिष्ठ नेतृत्व तथा चितवन क्षेत्रमा नामी बक्स र नामी भिगोका आधिकारिक डिलर युरो अटोमोटिभ्स प्रा. लि. का प्रतिनिधिहरूद्वारा फ्ल्याग अफ गरिएको थियो। यसले विद्युतीय सवारी साधनको प्रयोगलाई तीव्र बनाउने र ग्राहक विश्वासको उत्सव मनाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा काम गरेको छ। केवल ड्राइभमा सीमित नभई, यस सेलिब्रेशन ड्राइभलाई जीवनशैली–केन्द्रित अनुभवका रूपमा तयार गरिएको थियो, जहाँ सहभागीहरू तथा उनीहरूको परिवारका लागि खाना, संगीत, खेलकुद तथा अन्तरक्रियात्मक गतिविधिहरूको व्यवस्था गरिएको थियो। यस पहलले डोङफेङ नेपालको सशक्त ग्राहक समुदाय निर्माण गर्ने दृष्टिकोण र विद्युतीय मोबिलिटीलाई अझ सहज, पहुँचयोग्य र लाभदायक बनाउने प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ। स्मार्ट डिजाइन, उन्नत प्रविधि तथा ग्राहक–केन्द्रित स्वामित्व सुविधाका कारण नामी बक्स र नामी भिगोले चितवन क्षेत्रमा उल्लेखनीय लोकप्रियता हासिल गरिरहेका छन्।

१००+ नामी उत्सवको निरन्तरताका रूपमा, एमएडब्लु वृद्धि र युरो अटोमोटिभ्स प्रा. लि. ले २७ देखि २९ पौष २०८२ सम्म टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प आयोजना गर्नेछन्। यस क्याम्पमा चितवनका ग्राहकहरूका लागि नामी भिगो र नामी बक्समा आकर्षक नगद छुट, निःशुल्क डुअल चार्जिङ समाधान (७ किलोवाट फास्ट चार्जर तथा ३.५ किलोवाट पोर्टेबल चार्जर), निःशुल्क अटो प्लस बीमा, पुराना सवारी साधनको उत्कृष्ट मूल्याङ्कन, तथा प्रत्येक टेस्ट ड्राइभमा निश्चित उपहार उपलब्ध गराइनेछ। यस क्याम्पमार्फत चितवनवासीहरूलाई नामी सवारी साधनको प्रत्यक्ष अनुभव लिन र डोङफेङ नेपालको तीव्र गतिमा विस्तार हुँदै गएको विद्युतीय मोबिलिटी समुदायको हिस्सा बन्न आमन्त्रित गरिएको छ।

Share 11 चितवनका सडकमा १००+ नामीको उत्सव : डोङफेङ नेपालद्वारा विशेष “नामी सेलिब्रेशन ड्राइभ” सम्पन्न
  • Share
      message-button
      चितवनका सडकमा १००+ नामीको उत्सव : डोङफेङ नेपालद्वारा विशेष “नामी सेलिब्रेशन ड्राइभ” सम्पन्न
  • Message

    Send Message

  • Call
  • Whatsapp
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

09/Jan/2026
थापाथली क्याम्पसमा NAIMA को नवौं मोबिलिटी संवाद सम्पन्न: CKD भेइकल एसेम्बलीमा अवसर र चुनौतीबारे गहन छलफल

नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले इन्जिनियरिङ अध्ययन संस्थान (IOE), थापाथली क्याम्पससँगको सहकार्यमा आफ्नो मासिक मोबिलिटी संवादको नवौं श्रृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता

थापाथली क्याम्पस प्रमुख डा. खेम ज्ञवालीले गर्नुभएको थियो। मुख्य विषय “Completely Knocked Down (CKD) Vehicle Assembly: Opportunities, Challenges, and the Way Forward” रहेको यस संवादमा करिब २०० जना सहभागीहरूले भाग लिएका थिए।

कार्यक्रममा प्राविधिक प्रस्तुति र प्यानल छलफल आयोजना गरिएको थियो। प्राविधिक प्रस्तुतिको सहजीकरण थापाथली क्याम्पसका सहायक प्राध्यापक इ. लोचन केन्द्र देवकोटाले गर्नुभएको थियो।

प्यानल छलफलमा सहभागी हुनुहुनेहरूमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योग प्रतिनिधि तथा NAIMA बोर्ड सदस्य शेखर गोल्छा, र थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर लक्ष्मण पन्थी हुनुहुन्थ्यो।

कार्यक्रमको स्वागत मन्तव्य इन्जिनियर देवेन्द्रबहादुर राउत (अटोमोबाइल तथा मेकानिकल इन्जिनियरिङ विभाग प्रमुख) र NAIMA सदस्य तथा सारदा ग्रुपका निर्देशक गौरव सारदाले दिनुभएको थियो। सारदाले CKD Vehicle Assembly लाई Make in Nepal नीतिसँग जोडेर व्यावहारिक औद्योगिक मोडेलका रूपमा प्रस्तुत गर्दै यसले दक्ष जनशक्ति विकास, युवा रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र स्थानीय आपूर्ति शृङ्खलाको विकासमा महत्वपूर्ण योगदान दिने बताउनुभयो।

प्यानल छलफलका क्रममा वक्ताहरूले मानव संसाधन विकास, प्रविधि उन्नयन र नीतिगत स्थिरता बिना दिगो औद्योगिक विकास सम्भव नहुनेमा जोड दिए। भारत, चीन जस्ता मुलुकहरूको अनुभवले CKD एसेम्बलीलाई औद्योगिकीकरणको प्रारम्भिक आधारका रूपमा सफल देखाएको उल्लेख गर्दै नेपालको सन्दर्भमा यसको दीर्घकालीन सम्भावनाबारे चर्चा गरियो।

कार्यक्रमको सहजीकरण NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलालले गर्नुभएको थियो। उहाँले NAIMA Mobility Sanbad लाई आगामी दिनमा थप फराकिलो सहभागिता र सहकार्यका साथ निरन्तरता दिने तथा दसौं श्रृङ्खला पुल्चोक क्याम्पसमा आयोजना गर्ने योजना रहेको जानकारी गराउनुभयो।

समापन मन्तव्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी तथा NAIMA बोर्ड सदस्य यमुना श्रेष्ठले दिनुभएको थियो। एसएसपी अधिकारीले आधुनिक सवारी प्रविधि (emerging vehicle technology) बारे ट्राफिक प्रहरी तथा चालकहरूलाई शिक्षित गर्न NAIMA को पहलको उच्च प्रशंसा गर्नुभयो र हालै ट्राफिक प्रहरीलाई गरिएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

यमुना श्रेष्ठले CKD एसेम्बली, नीतिगत स्थिरता तथा शैक्षिक संस्था, सरकार र निजी क्षेत्रको त्रिपक्षीय सहकार्यबाट मात्र नेपालको अटोमोबाइल उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने धारणा राख्नुभयो।

AMESIN (Automobile and Mechanical Engineering Students Innovative Network) को संयोजनमा सम्पन्न यस कार्यक्रममा खुला अन्तर्क्रिया र प्रश्नोत्तर सत्र पनि सञ्चालन गरिएको थियो।

NAIMA ले यस्ता मासिक मोबिलिटी संवाद हरूलाई निरन्तरता दिँदै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका समसामयिक विषयमा जानकारी आदान-प्रदान, सरोकारवालाको क्षमता अभिवृद्धि तथा नीतिगत/संरचनागत चुनौतीहरूको सहकार्यात्मक समाधान खोज्ने उद्देश्य राखेको छ।

यो कार्यक्रमले नेपालमा स्थानीय स्तरमा सवारी साधन उत्पादन (local manufacturing), रोजगारी सिर्जना, सीप विकास र मूल्य शृङ्खला विस्तारका सम्भावनाहरूलाई थप उजागर गरेको छ।

Share 6 थापाथली क्याम्पसमा NAIMA को नवौं मोबिलिटी संवाद सम्पन्न: CKD भेइकल एसेम्बलीमा अवसर र चुनौतीबारे गहन छलफल
  • Share
      message-button
      थापाथली क्याम्पसमा NAIMA को नवौं मोबिलिटी संवाद सम्पन्न: CKD भेइकल एसेम्बलीमा अवसर र चुनौतीबारे गहन छलफल
  • Message

    Send Message

  • Call
  • Whatsapp
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

08/Jan/2026
नाडा र उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) लाई अटोमोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधन विकासमा पु-याएको उल्लेखनीय योगदानको कदर गर्दै राष्ट्रिय व्यावसायिक प्रशिक्षण

प्रतिष्ठान (NAVT) ले सम्मान–पत्र प्रदान गरेको छ।

यसैगरी, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयनमा संयोजकको रूपमा निर्वाह गरेको प्रभावकारी तथा नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै प्रशंसा–पत्र प्रदान गरिएको छ।

उक्त सम्मान तथा प्रशंसा–पत्रहरू प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो। नाडाको सहकार्यमा श्रम बजारको मागअनुसार तयार पारिएका ट्रेड–आधारित सीपमूलक तालिम पाठ्यक्रमहरू, विशेष गरी एसेम्बलर अपरेटर तथा विद्युतीय सवारी मर्मत प्राविधिक जस्ता कार्यक्रमहरूले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु-याएको प्रमाणपत्रमा उल्लेख गरिएको छ।

नाडाले आगामी दिनमा पनि सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गरी अटोमोबाइल क्षेत्रको सीप विकास, रोजगारी सिर्जना र प्राविधिक जनशक्ति उत्पादनमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

Share 21 नाडा र उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित
  • Share
      message-button
      नाडा र उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित
  • Message

    Send Message

  • Call
  • Whatsapp
Reels-logo

Reconditioned & Used Vehicles for Sale

Best deals & trusted sellers
See More →
Suzuki Ignis 2002 Model for Sale in Nepal – Full Option, Airbag & Alloy Wheels
Skoda Kushaq Ambition 2021 for Sale in Kathmandu
2015 Model Bus for Sale – Good Condition, with Full Insurance
Tata Ace Mega 2017 for Sale
Hyundai Grand i10 Magna 2017 Petrol for Sale
Bajaj Pulsar Ns 200 for Sale
Honda unicorn for sale
Bike sell 2022 model
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

25/May/2025
पल्सर N125 नेपालगञ्जमा सांगीतिक कार्यक्रम सहित लन्च हुदै

काठमाडौं। नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले नेपालगञ्जमा पल्सर N125 को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ।

बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका

लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर N125 को लन्च संगीतमय साँझ मार्फत गरिँदैछ।

जेठ ११ गते साँझ ६:३० बजेदेखि नेपालगञ्ज, बागेश्वरी मन्दिरको पूर्व तर्फ हुन गईरहेको यस कार्यक्रममा प्रवेश निशुल्क हुनेछ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र चक्र बमको लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको संचालन एम्सी अनु मानन्धरले गर्नुहुनेछ ।

कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर N125 हो, जसमा १२४.५८०० एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ kW पावर र ११ Nm टर्क उत्पादन गर्दछ। यो १२५८८ सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. का मार्केटिङ प्रमुख अमितराज चालिसेले भन्नुभयो "N125 लाई नेपालगञ्जमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ " बताउनुभयो।

Share 12 पल्सर N125 नेपालगञ्जमा सांगीतिक कार्यक्रम सहित लन्च हुदै
  • Share
      message-button
      पल्सर N125 नेपालगञ्जमा सांगीतिक कार्यक्रम सहित लन्च हुदै
  • Message

    Send Message

  • Call
  • Whatsapp
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

07/Oct/2025
एमएडब्लु वृद्धिद्वारा नेपालकै ठूलो ईभी एक्सचेन्ज मेला, १५ लाखसम्मको अफर

नेपालमा विद्युतीय सवारीसाधनको क्रान्तिलाई अझ गतिशील बनाउन एमएडब्लु वृद्धिले नेपालकै सबैभन्दा ठूलो ईभी एक्सचेन्ज कार्निभल आयोजना गर्ने भएको छ। असोज २४ गतेदेखि काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन

तथा देशभरका दिपल, नामी र सेरेसका अधिकृत सोरुमहरूमा एकैसाथ सुरु हुने यो मेला तीन दिनसम्म चल्नेछ।

ग्राहकहरूले आफ्ना पुराना गाडी साटेर दिपल, अवतार, नामी र सेरेसजस्ता अग्रणी ब्रान्डका अत्याधुनिक इलेक्ट्रिक भेहिकलमा अपग्रेड गर्न सक्नेछन्। कार्यक्रममा टेस्ट ड्राइभ, ह्युमनोइड रोबोट शो, कार रेसिङ सिमुलेटर, किड्स जोन, इनडोर गेम र रिफ्रेसमेन्टका सुविधा उपलब्ध हुनेछन्।

एक्सचेन्ज मेलामा शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत पुराना गाडीहरूको मूल्यांकन हुनेछ। ग्राहकहरूले बोनस र नगद छुटसहित निश्चित मोडेलमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउनेछन्। साथै बुकिङ गर्ने ग्राहकलाई नगरकोटस्थित प्रिमियम रिसोर्टमा दुईजनाका लागि नाइट स्टेको अफर पनि प्रदान गरिनेछ।

यो कार्यक्रममा पहिलोपटक अल्टा प्रिमियम ईभी अवतारलाई टेस्ट ड्राइभ गर्न पाइनेछ भने नाडा अटो शोमा आकर्षण बनेको दिपल S05 र सेग्मेन्ट फस्ट फिचरसहितको नामी Vigo पनि प्रदर्शनमा रहनेछन्।

काठमाडौंबाहेक देशभरका दिपल, नामी र सेरेसका सोरुमहरूमा पनि एक्सचेन्ज कार्निभल एकैसाथ सञ्चालन हुनेछ।

Share 21 एमएडब्लु वृद्धिद्वारा नेपालकै ठूलो ईभी एक्सचेन्ज मेला, १५ लाखसम्मको अफर
  • Share
      message-button
      एमएडब्लु वृद्धिद्वारा नेपालकै ठूलो ईभी एक्सचेन्ज मेला, १५ लाखसम्मको अफर
  • Message

    Send Message

  • Call
  • Whatsapp
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

10/Jul/2025
८ वर्षको सफलताको उपहार – YADEA E8S Pro मा ऐतिहासिक छुट!

काठमाडौं | लगातार ८ वर्षसम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड बन्न सफल भएको उपलब्धिलाई स्मरणीय बनाउन, YADEA Nepal ले नेपाली ग्राहकहरूका लागि एक विशेष उपहारमूलक

अफर ल्याएको छ। YADEA E8S Pro, जुन सुविधा, स्टाइल र शक्ति सबैमा अग्रणी स्कुटर हो, अहिले सीमित स्टकका लागि मात्र रू. १,८५,००० मा उपलब्ध छ — जुन पहिले रू. २,३०,००० मा बिक्री भइरहेको थियो।

यस अवसरमा YADEA ले थप खुशी बाँड्दै, प्रत्येक खरिदमा ग्राहकहरूलाई YADEA ब्राण्डको हेल्मेट, रेनकोट र पेन उपहारस्वरूप प्रदान गर्दैछ।

“हामीले पाएको विश्वव्यापी सफलताको श्रेय हाम्रा विश्वासिलो ग्राहकहरूलाई जान्छ। यो अफर उनीहरूप्रतिको हाम्रो कृतज्ञता हो,” — Kuzu Nepal Pvt. Ltd. का प्रतिनिधिले बताए, जुन YADEA को नेपालका लागि आधिकारिक वितरक हुन्।

YADEA E8S Pro – स्मार्ट, शक्तिशाली र आकर्षक

E8S Pro आजको स्मार्ट सवारी प्रयोगकर्ताहरूको लागि तयार पारिएको स्कुटर हो, जसमा शक्ति, प्रविधि र आरामको उत्कृष्ट संयोजन पाइन्छ।

• शीर्ष गति: ६० किमी/घण्टा

• दायरा: एक चार्जमा अधिकतम १५० किमी

• ब्याट्री: ७२V ३८Ah ग्राफिन ब्याट्री

• मोटर पावर: ३०००W सम्म

• पांग्रा: १२ इञ्चका आकर्षक अलोय रिम

• सस्पेन्सन: हाइड्रोलिक

• भण्डारण: ३२ लिटरको अन्डर-सीट बुट स्पेस

• ड्यासबोर्ड: चम्किलो डिजिटल डिस्प्ले र स्मार्ट इन्डिकेटरहरू

शून्य ध्वनि, शून्य धुवाँ र न्यूनतम खर्चमा अधिकतम सुविधा — YADEA E8S Pro ले तपाईंको दैनिक यात्रालाई स्टाइलिश र स्मार्ट बनाउँछ।

यो ऐतिहासिक छुट सीमित अवधिका लागि मात्र उपलब्ध छ। YADEA E8S Pro जस्तो प्रिमियम इलेक्ट्रिक स्कुटर यति सुलभ मूल्यमा पाउने अवसर गुमाउनु हुनेछ भने पछुतो पर्न सक्छ।

Share 88 ८ वर्षको सफलताको उपहार – YADEA E8S Pro मा ऐतिहासिक छुट!
  • Share
      message-button
      ८ वर्षको सफलताको उपहार – YADEA E8S Pro मा ऐतिहासिक छुट!
  • Message

    Send Message

  • Call
  • Whatsapp
Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

Riddara Electric Pickup Launched in Nepal: 424 Km Range, 7 Driving Modes, and Advanced Safety Features

नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारीको क्रेज बढ्दै गएको बेला CG Motors ले नेपालकै पहिलो १००% इलेक्ट्रिक पिकअप ‘Riddara’ सार्वजनिक गरेको छ। Geely Auto Group को उत्पादन

रहेको Riddara ले विद्युतीय पिकअप सेग्मेन्टमा नयाँ आयाम थप्ने कम्पनीको दाबी छ।

Riddara मा ७३ किलोवाट आवर (KWh) क्षमताको ब्याट्री रहेको छ, जसले एकपटकको पूर्ण चार्जमा ४२४ किलोमिटर रेन्ज प्रदान गर्न सक्छ।

नेपालका विविध भूगोल र सडक अवस्थालाई ध्यानमा राख्दै Riddara मा ७ फरक-फरक ड्राइभिङ मोड उपलब्ध छन् – स्यान्ड (Sand), मड (Mud), अफ-रोड (Off-road), वेडिङ (Wading), इकोनोमी (Economy), कम्फर्ट (Comfort), र स्पोर्ट (Sport – 4WD)। यी मोडहरूले हरेक प्रकारका सडकमा सहज र सुरक्षित यात्रा सुनिश्चित गर्नेछन्।

सुरक्षालाई प्राथमिकता दिँदै Riddara मा ५४० डिग्री सरेउण्ड भ्यु क्यामेरा जडान गरिएको छ, जसले चालकलाई पूर्ण दृश्य प्रदान गरेर थप सुरक्षित ड्राइभिङ अनुभव दिनेछ।

चीनमा नम्बर १ EV पिकअपको पहिचान बनाइसकेको Riddara नेपालमा पनि अत्याधुनिक प्रविधि, दमदार क्षमता र वातावरणमैत्री प्रविधिको संयोजनमार्फत विद्युतीय सवारीको नयाँ युग सुरु गर्ने लक्ष्यका साथ ल्याइएको हो।

CG Motors ले Geely Auto Group को नवीनतम प्रविधिलाई नेपालको सवारी साधन क्षेत्रमा भित्र्याउँदै वातावरणमैत्री तथा प्रविधियुक्त विद्युतीय पिकअपको सुरुवात गरेको जनाएको छ।

Share 31
  • Share
      message-button
      Riddara Electric Pickup Launched in Nepal: 424 Km Range, 7 Driving Modes, and Advanced Safety Features
  • Message

    Send Message

  • Call
  • Whatsapp
YT Logo

EV Auto Bazar (YT Video)

03 Jan, 2026
Ather ले परिचयपत्रकै आधारमा स्कुटर खरिद गर्न सकिने सरल EMI य...
evautobazar.com मा स्वागत छ – नेपालको अटो कम्युनिटीको मुटु! हामी नेपालका ...
YT Thumbnail

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka