evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

Intro

EV Auto Bazar is Nepal’s leading online automobile platform, bringing you the latest news, expert re read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms & Condition

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

16

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

TVS Nepal

TVS Nepal

13/Jul/2025
नेपालमा सार्वजनिक भयो नयाँ TVS Jupiter 110 – स्मार्ट फिचर, प्रिमियम डिजाइन र उच्च माइलेजसहित

काठमाडौँ। दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माणमा विश्वभर अग्रणी कम्पनी TVS ले नेपालमा नयाँ स्कुटर TVS Jupiter 110 सार्वजनिक गरेको छ। अत्याधुनिक इन्जिन, उत्कृष्ट प्रविधि, आकर्षक

डिजाइन र परिवारमैत्री सुविधा समावेश गरिएको यस स्मार्ट स्कुटरको वितरण जिम्मा जगदम्बा मोटर्स ले लिएको छ।

सिंगल सिलिन्डर 113.3cc इन्जिनयुक्त TVS Jupiter 110 ले 6500 rpm मा 5.9 kW पावर र 5000 rpm मा 9.8 Nm टर्क उत्पादन गर्छ। स्मार्ट इग्निसन सिस्टम, IGO Assist टेक्नोलोजी, र Integrated Starter Generator (ISG) प्रविधिले १०% बढी माइलेज प्रदान गर्छ। यसमा १५ वटा सेग्मेन्टमै पहिलो र १४ उत्कृष्ट विशेषताहरू छन्—जसले Jupiter 110 लाई आफ्नो वर्गको अगुवा बनाउँछ।

सुविधा

Sponsor Ad.

Ad space

र सुरक्षाको समन्वय

– डुअल हेल्मेट अन्डर-सिट स्टोरेज (३३ लिटर)

– अगाडिबाट इन्धन भरिने सुविधा

– रियल टाइम माइलेज, Voice Assist, OTA अपडेटसहितको SMARTXONNECT™ ब्लुटुथ डिजिटल क्लस्टर

– "Find Me", "Follow Me", Turn Signal Reset, Emergency Brake Warning, MetalMaxx Body

– लामो सिट, फराकिलो फुटबोर्ड स्पेस, आरामदायी यात्रा

Jupiter 110 मा इनफिनिटी एलईडी ल्याम्प, आकर्षक पियानो ब्ल्याक फिनिश, टेलिस्कोपिक सस्पेन्सन र १२ इन्च पाङ्ग्राको संयोजनले सौन्दर्य र सन्तुलन दुवै दिएको छ। E-Z सेन्टर स्ट्यान्ड, USB चार्जिङ पोर्ट, स्मार्ट स्टार्ट–स्टप फङ्सनले शहरभित्रको यात्रा अझ सहज बनाउँछ।

MetalMaxx संरचना, Follow Me Headlamp, Emergency Brake Warning, र स्किड कन्ट्रोल जस्ता सुविधाले स्कुटरलाई सुरक्षा र स्थायित्वमा अग्रणी बनाएको छ।

TVS Jupiter 110 स्कुटर Dawn Blue Matte रंगमा, रु २,५७,९०० को प्रारम्भिक मूल्यमा Disa SXC भेरियन्ट मा उपलब्ध छ। यो स्कुटर नेपालभरका सबै TVS शोरूमहरूमा खरिद गर्न सकिन्छ।

TVS ब्रान्डको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स ले नेपालभर उत्कृष्ट डिलरशिप नेटवर्कमार्फत बिक्री, सेवा र स्पेयर पार्ट्स सुनिश्चित गर्दै आइरहेको छ। कम्पनीको ग्राहक–केन्द्रित दृष्टिकोण, सुरक्षा अभियानहरू, प्राविधिक तालिम, र वातावरणमैत्री अवधारणामा आधारित सञ्चालनले TVS लाई नेपाली उपभोक्ताबीच भरपर्दो ब्रान्डको रूपमा स्थापित गरेको छ।

Call WhatsApp
Share 86 नेपालमा सार्वजनिक भयो नयाँ TVS Jupiter 110 – स्मार्ट फिचर, प्रिमियम डिजाइन र उच्च माइलेजसहित
  • Share
      message-button
      नेपालमा सार्वजनिक भयो नयाँ TVS Jupiter 110 – स्मार्ट फिचर, प्रिमियम डिजाइन र उच्च माइलेजसहित
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka