evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

Hyundai Creta EV Launched in Nepal: Price, Variants, 390Km Range & Key Features

25-Mar-2025 17:52
895
Share 34 Hyundai Creta EV Launched in Nepal: Price, Variants, 390Km Range & Key Features
  • Share
      Hyundai Creta EV Launched in Nepal: Price, Variants, 390Km Range & Key Features
      Hyundai Creta EV Launched in Nepal: Price, Variants, 390Km Range & Key Features
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपाली अटो बजारमा लामो समयदेखि प्रतीक्षित हुन्डाई क्रेटा ईभी आज भव्य रूपमा सार्वजनिक गरिएको छ। हुन्डाई नेपालले नेपाली ग्राहकहरूको चाहना अनुसार चार भेरियन्टमा क्रेटा ईभी ल्याएको छ। कम्पनीका अनुसार एक्ज्युकेटिभ भेरियन्टको मूल्य ५१.९६ लाख, स्मार्टको ५४.९६ लाख, स्मार्ट(ओ) को ५६.९६ लाख र प्रिमियम प्लसको ५९.९६ लाख रुपैयाँ तोकिएको छ।

हुन्डाई क्रेटा ईभी ४२ किलोवाट क्षमताको ब्याट्री सहित बजारमा आएको छ। कम्पनीका अनुसार पूर्ण चार्जमा ३९० किलोमिटर रेन्ज प्रदान गर्ने क्षमता यो गाडीमा छ। डीसी फास्ट चार्जिङ प्रविधिबाट यसलाई ५८ मिनेटमै १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने ११ किलोवाट एसी चार्जरले ४ घण्टामा १०० प्रतिशत चार्ज गर्न सकिने बताइएको छ।

क्रेटा ईभीको डिजाइन धेरै हदसम्म यसको आईसीई मोडेलसँग मिल्दोजुल्दो छ। यसमा एल-आकारको कनेक्टेड एलईडी डीआरएल, भर्टिकली स्ट्याक्ड ट्विन एलईडी हेडलाइट, १७ इन्चको एरोडायनामिक अलोय ह्विल जस्ता विशेषताहरू छन्। इन्टेरियरमा १०.२५ इन्चको ड्युअल स्क्रिन, नयाँ थ्री-स्पोक स्टेयरिङ ह्विल, भेइकल टु लोड टेक्नोलोजी, प्यानोरामिक सनरूफ, र मल्टिपल ड्राइभिङ मोड उपलब्ध छ।

क्रेटा ईभीलाई छ वटा एयरब्याग, लेभल-२ एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टम (ADAS), टायर प्रेशर मोनिटरिङ सिस्टम (TPMS), इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC) जस्ता आधुनिक सुरक्षा फिचरहरूले सुसज्जित गरिएको छ।

नेपाली बजारमा पहिले नै हुन्डाईका विभिन्न इलेक्ट्रिक भेइकल (EV) लोकप्रिय रहेका छन्। अब क्रेटा ईभीको आगमनले इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ ट्रेन्ड स्थापित गर्ने कम्पनीको विश्वास छ। हुन्डाई क्रेटा आईसीई मोडेल पहिले नै अत्यधिक बिक्री हुने गाडीहरूमध्ये एक भएकोले ईभी संस्करण पनि ग्राहकहरूले अत्यधिक रुचाउने अपेक्षा गरिएको छ।

Comment
Share 43 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News
Kinmel Chautari