evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

गोगोरोले काठमाडौंमा ४५ ब्याट्री स्व्याप स्टेशन सञ्चालनमा ल्यायो

30-Mar-2025 05:05
1982
Share 194 गोगोरोले काठमाडौंमा ४५ ब्याट्री स्व्याप स्टेशन सञ्चालनमा ल्यायो
  • Share
      गोगोरोले काठमाडौंमा ४५ ब्याट्री स्व्याप स्टेशन सञ्चालनमा ल्यायो
      गोगोरोले काठमाडौंमा ४५ ब्याट्री स्व्याप स्टेशन सञ्चालनमा ल्यायो
  • Message

    Send Message

  • Call
  • Whatsapp

गोगोरोको प्रतिबद्धता पूराः काठमाडौंमा ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा,

दुई पाङ्ग्रे विद्युतीय सवारीसाधनहरूको लागि ब्याट्री-स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौँ उपत्यकाभरि ४५ वटा ब्याट्री स्वाप स्टेशनहरू सफलतापूर्वक स्थापना गरेको छ। गोगोरोले स्मार्ट स्कूटरको बिक्री अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गर्दै सहरी यातायातलाई दिगो र प्रभावकारी बनाउन महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

गोगोरोका ४५ स्वाप स्टेशनहरू रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरको दूरीमा अवस्थित छन्। यसले ईभी प्रयोगकर्तालाई चार्जिङको झन्झट हटाउँदै मात्र ६ सेकेन्डमै पूर्ण चार्ज भएका ब्याट्रीहरूमा सजिलै पहुँच दिनेछ।

गोगोरो ब्याट्री स्वाप स्टेशनका विशेषताहरू

रणनीतिक कभरेज : प्रमुख शहरी क्षेत्र र आसपासका क्षेत्रमा सहज पहुँच।

२४/७ उपलब्धता : स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालन।

सहज इन्टरफेस : पहिलो पटक प्रयोग गर्नेहरूका लागि सरल प्रणाली।

सुरक्षा तथा अनुगमन : वास्तविक समयमा ब्याट्री स्वास्थ्य निगरानी।

स्केलेबिलिटी : भविष्यको बढ्दो मागलाई व्यवस्थापन गर्न सक्षम।

पावर ब्याकअप : बिजुली अवरोध भए पनि ७ दिनसम्म सञ्चालन।

AI प्रविधि : स्वाप स्टेशनहरू कृत्रिम बुद्धिमत्ता (AI) प्रणालीद्वारा सञ्चालित।

गोगोरोको ब्याट्री-स्वापिङ प्रविधिले चार्ज सकिने चिन्तालाई हटाउँदै विद्युतीय सवारीसाधनलाई व्यवहारिक बनाएको छ। हाल गोगोरोका स्वाप स्टेशनहरू पेट्रोल पम्प, सुपरमार्केट तथा अन्य महत्वपूर्ण स्थानहरूमा राखिएका छन्। हालै मात्र काठमाडौंमा दैनिक १०० भन्दा बढी स्वाप भइरहेको छ।

नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले भन्नुभयो, "नेपालको ईभी इकोसिस्टमलाई बलियो बनाउन हामी प्रतिबद्ध छौं। यी ४५ स्व्याप स्टेसनहरू हाम्रो दीर्घकालीन योजनाको पहिलो खुड्किलो मात्र हुन्। हाम्रो लक्ष्य अझ स्मार्ट र दिगो यातायात प्रणाली निर्माण गर्नु हो।"

सन् २०११ मा स्थापित गोगोरोले ब्याट्री-स्वापिङ नेटवर्कमार्फत शहरी ऊर्जा वितरणलाई पुनः परिभाषित गरिरहेको छ। इनोभेसनका लागि विश्वप्रसिद्ध गोगोरोले ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल, सिंगापुर र नेपालमा आफ्नो सेवा विस्तार गरिसकेको छ।

Comment
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka