evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

Dipal: Nepal’s No.1 Luxury EV Brand Achieves 800+ Customers and Milestones in Its First Year!

03-Apr-2025 06:48
2137
Share 152 Dipal: Nepal’s No.1 Luxury EV Brand Achieves 800+ Customers and Milestones in Its First Year!
  • Share
      Dipal: Nepal’s No.1 Luxury EV Brand Achieves 800+ Customers and Milestones in Its First Year!
      Dipal: Nepal’s No.1 Luxury EV Brand Achieves 800+ Customers and Milestones in Its First Year!
  • Message

    Send Message

  • Call
  • Whatsapp

2 April 2025 | नेपालको नं.१ लक्जरी ईभी ब्रान्ड दिपल: पहिलो वर्षमै ८००+ ग्राहकको विश्वास र ऐतिहासिक उपलब्धि!

नेपालमा लक्जरी इलेक्ट्रिक भेहिकल (ईभी) सेग्मेन्टमा अग्रणी बनेको दिपल ब्रान्डले आफ्नो पहिलो वर्ष उल्लेखनीय सफलता हासिल गर्दै ८०० भन्दा बढी ग्राहकको मन जित्न सफल भएको छ । एमएडब्लु वृद्धि अटोकर्पले नेपालमा ल्याएको दिपलले ‘इलेक्ट्रिक मोबिलिटी र इनोभेसन’मा आफूलाई स्थापित गर्दै नेपालको १ नं. लक्जरी ईभी ब्रान्ड को रूपमा उभ्याउन सफल भएको छ ।

दिपलले पहिलो वर्षमा दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार अत्याधुनिक ईभी मोडेल सार्वजनिक गरेको छ । यी मोडेलमा ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरू समावेश छन्, जसले नेपालमा ईभी प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पुर्याएको छ ।

दिपलको विस्तारलाई सहज बनाउन एमएडब्लु वृद्धिले ९६ भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । यो नेपालकै सबैभन्दा ठूलो ईभी चार्जिङ सञ्जाल हो, जसले ईभी अपनत्वलाई अझ सरल र भरपर्दो बनाउने लक्ष्य लिएको छ ।

दिपलले नेपालका चर्चित क्रिकेट खेलाडी पारस खड्का लाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । साथै, नीति शाह, सन्दिप क्षेत्री, प्रतिश जिसी, सुशान्त केसी, स्वेता खड्का, जोन चाम्लिङ राई जस्ता ३० भन्दा बढी चर्चित सेलिब्रिटी तथा खेलाडीले दिपललाई आफ्नो यात्रा साथी बनाएका छन् ।

त्यसैगरी, अन्तर्राष्ट्रिय जगतमा आफ्नो उपस्थितिलाई मजबुत बनाउँदै दिपलले क्रिकेट लेजेन्ड ब्रायन लारा र बलिउड गायक सोनु निगम लाई नेपालमा ल्याएर ब्रान्डलाई थप उचाइमा पुर्याएको छ ।

पहिलो वर्षमै एमएडब्लु वृद्धिले ‘सांग्रिला न्यु इनर्जी अवार्ड’ जित्दै नेपालमा ‘इभी इनोभेसन’ तथा ‘ग्रिन मोबिलिटी’मा गरेको योगदानको मान्यता पाएको छ । त्यस्तै, ‘टेकलेख’ द्वारा दिपल एस०७ लाई ‘एसयूभी अफ द इयर २०२४’ बाट सम्मानित गरिएको थियो ।

दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा दिपल ब्रान्डले ग्राहक, प्रविधि र नेपाललाई दीर्घकालीन इलेक्ट्रिक भविष्यतर्फ डोर्याउने प्रतिबद्धता जनाएको छ । साथै, पहिलो वर्षको सफल यात्रामा साथ दिने ग्राहक, डिलर, मिडिया, इन्फ्लुएन्सर तथा टिमप्रति दिपलले आभार व्यक्त गरेको छ ।

Comment
Share 34 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 12 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Kinmel Chautari