evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

Emergence of New Automobile Association NAIMA in Nepal, to Move Forward in Coexistence with NADA

06-Apr-2025 06:59
780
Share 37 Emergence of New Automobile Association NAIMA in Nepal, to Move Forward in Coexistence with NADA
  • Share
      Emergence of New Automobile Association NAIMA in Nepal, to Move Forward in Coexistence with NADA
      Emergence of New Automobile Association NAIMA in Nepal, to Move Forward in Coexistence with NADA
  • Message

    Send Message

  • Call
  • Whatsapp

6 April 2025 | नेपालमा नयाँ अटोमोबाइल संस्था NAIMA को उदय, NADA सँग सहअस्तित्वमा अघि बढ्ने । नेपालका अटोमोबाइल व्यवसायीहरूको साझा संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (NADA) लामो समयदेखि नीति निर्माण, व्यवसाय प्रवर्द्धन र अटोमोबाइल क्षेत्रको समग्र विकासमा सक्रिय भूमिका खेल्दै आएको छ। अब, उक्त क्षेत्रमा थप संस्थागत सशक्तीकरण गर्ने उद्देश्यका साथ नयाँ संस्था नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) को गठन गरिएको छ।

NAIMA, मोबिलिटी सशक्तीकरणको वकालत गर्ने दृष्टिकोणसहित स्थापना भएको संस्था हो, जसमा नेपालका अटोमोबाइल आयातकर्ता र उत्पादकहरू सदस्य रहेका छन्। यस संस्थाले दिगो र सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिँदै रणनीतिक नीतिगत वकालतमार्फत अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य लिएको छ।

NAIMA को उद्देश्यहरूमा वातावरणमैत्री अभ्यासको प्रवर्द्धन, उपभोक्ता शिक्षाको अभिवृद्धि, सडक सुरक्षा, पूर्वाधार सुधार तथा सरकारसँग सहकार्यद्वारा उद्योगको सशक्तीकरण र समृद्धि सुनिश्चित गर्नु समावेश छन्।

दुवै संस्था अटोमोबाइल व्यवसायसँग प्रत्यक्ष सम्बन्धित रहेकाले केही व्यवसायीहरू दुबै संघको सदस्य बन्ने सम्भावना रहेको छ। तथापि, NAIMA र NADA दुवै संस्थाहरूले आफ्नो लक्ष्यप्रति स्वतन्त्र रूपमा प्रतिवद्धता जनाउँदै सहअस्तित्वमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।

यता, हालै NAIMA को स्थापनासम्बन्धी आएका समाचार तथा छलफलहरूबाट NADA को भूमिकामा केही भ्रम सिर्जना भएको भन्दै दुबै संस्थाले स्पष्ट पार्दै नेपालमा अटोमोबाइल क्षेत्रको सशक्त विकासका लागि सहकार्य अपरिहार्य रहेको बताएका छन्।

NADA ले अटोमोबाइल नीति निर्माण, व्यवसाय प्रवर्द्धन तथा व्यवसायमैत्री वातावरण तयार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ भने NAIMA ले अब मोबिलिटी सशक्तीकरण र रणनीतिक हस्तक्षेपद्वारा उद्योगको दीर्घकालीन सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

NAIMA ले आगामी २०८२ साल वैशाख ४ गते (१६ अप्रिल २०२५) मा औपचारिक शुभारम्भ गर्दै आफ्नो Vision, कार्यक्षेत्र, मध्य तथा दीर्घकालीन योजना र नीतिगत हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरेको छ।

नेपालको अटोमोबाइल क्षेत्र नवप्रवर्तन, दिगोपन र स्थायीतर्फ अग्रसर भइरहँदा NADA र NAIMA बीचको सहकार्यले उद्योगलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

Comment
Share 37 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News
Kinmel Chautari