evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

Drive Skywell to Europe: Nepal to Europe Drive 2025 Campaign Launched with Free European Tour Offer

10-Apr-2025 08:24
686
Share 23 Drive Skywell to Europe: Nepal to Europe Drive 2025 Campaign Launched with Free European Tour Offer
  • Share
      Drive Skywell to Europe: Nepal to Europe Drive 2025 Campaign Launched with Free European Tour Offer
      Drive Skywell to Europe: Nepal to Europe Drive 2025 Campaign Launched with Free European Tour Offer
  • Message

    Send Message

  • Call
  • Whatsapp

10/04/2025 | नेपालमै स्काईवेल चलाएर युरोप भ्रमणको सुनौलो मौका, 'स्काईवेल ड्राइभ नेपाल टु युरोप २०२५' क्याम्पेन सुरू ।

स्काईवेल नेपालले ‘स्काईवेल ड्राइभ २०२५: नेपाल टु युरोप’ नामक नयाँ क्याम्पेन सार्वजनिक गरेको छ, जसअन्तर्गत स्काईवेल EV SUV खरिद गर्ने ग्राहकहरूलाई युरोप भ्रमणको अवसर दिइनेछ। स्काईवेलको नेपाली आधिकारिक वितरक जी मोटर्स प्रा. लि. द्वारा सञ्चालनमा ल्याइएको यस योजना अन्तर्गत, स्काईवेल ET5 वा स्काईवेल BE11 मोडल खरिद गर्ने ग्राहकका जोडीले युरोपमै स्काईवेल चलाउने अद्वितीय अनुभव प्राप्त गर्नेछन्।

यस क्याम्पेनमा सहभागी हुन चाहने ग्राहकले मात्र स्काईवेल खरीद गर्नुपर्ने होइन, टेस्ट ड्राइभ गरेपछि पनि सहभागी हुन सक्नेछन्। परीक्षण ड्राइभ गरेपछि आफ्नो अनुभव #TestDriveSkywell र #DriveSkywellNepalToEurope ह्यासट्यागसहित सोसल मिडियामा सेयर गर्नुपर्नेछ। सहभागी मध्ये एक पुरुष र एक महिला विजेता चयन गरी युरोप भ्रमण तथा स्काईवेल ड्राइभको अवसर प्रदान गरिनेछ।

युरोपेली बजारमा सफल भइसकेको स्काईवेल BE11 ले EU सर्टिफिकेशन प्राप्त गरेको पहिलो चिनियाँ EV हो भने C-NCAP क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ। BE11 तथा ET5 दुवै फुल साइज लक्जरी EV SUV हुन् जसले 620 किमीसम्मको रियल रेन्ज प्रदान गर्छन्। यी SUV हरू नेपाली बजारमा ७९ लाख ९० हजारदेखि १ करोड १५ लाख रुपैयाँसम्मको मूल्यमा उपलब्ध छन्।

स्काईवेलको आधुनिक सर्भिस र विक्री सञ्जाल पनि विस्तार भइसकेको छ। भक्तपुर र ईटहरीमा सर्भिस सेन्टर, र नक्साल, विराटनगर, चितवन, पोखरा लगायतका स्थानहरूमा विक्री केन्द्रहरू सञ्चालनमा छन्। १९० एमएम ग्राउण्ड क्लियरेन्स, हाई स्पिड प्रदर्शन, सुरक्षित संरचना, र लक्जरी फिचरहरूले स्काईवेललाई बिजनेस क्लास एसयुभी को रूपमा नेपाली बजारमा परिचित गराएको छ।

यस योजनाबाट ग्राहकहरूले न केवल लक्जरी EV सवारी अनुभव गर्नेछन्, तर विदेशी बजारमा उक्त ब्रान्डको अनुभव पनि प्रत्यक्ष रूपमा गर्न पाउनेछन्। स्काईवेल नेपालले नेपाली उपभोक्तालाई नयाँ स्तरको मोटरिंग अनुभव दिन र युरोपेली गुणस्तरमा बनेका EV हरूको प्रयोगलाई प्रोत्साहन गर्न यो विशेष क्याम्पेन सार्वजनिक गरेको हो।

Comment
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 37 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News
Kinmel Chautari