evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

MV Dugar Group Launches India’s No.1 EV Bike Brand ‘Revolt Motors’ in Nepal with 5 New Models

14-Apr-2025 05:37
614
Share 21 MV Dugar Group Launches India’s No.1 EV Bike Brand ‘Revolt Motors’ in Nepal with 5 New Models
  • Share
      MV Dugar Group Launches India’s No.1 EV Bike Brand ‘Revolt Motors’ in Nepal with 5 New Models
      MV Dugar Group Launches India’s No.1 EV Bike Brand ‘Revolt Motors’ in Nepal with 5 New Models
  • Message

    Send Message

  • Call
  • Whatsapp

14 April 2025 । रिभोल्ट मोटर्सको नेपाल प्रवेश: एमभी दुगर ग्रुपले भारतको नं. १ इभी ब्रान्ड सार्वजनिक गर्दै नयाँ युगको सुरुवात।

नेपालको इलेक्ट्रिक बाइक बजारमा नयाँ आयाम थपिएको छ। एमभी दुगर ग्रुपले भारतको नम्बर १ इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड **‘रिभोल्ट मोटर्स’**लाई नेपाली बजारमा भित्र्याउँदै, राजधानी काठमाडौंको नक्सालस्थित लक्ष्मण बाबु भवनमा पहिलो फ्ल्यागशिप शोरूमको ग्राण्ड उद्घाटन गरेको छ। कम्पनीले एकैपटक पाँचवटा रिभोल्ट मोटरसाइकल मोडेलहरू सार्वजनिक गर्दै स्मार्ट, सुरक्षित र वातावरणमैत्री यात्राको सुरुवातको घोषणा गरेको हो।

सार्वजनिक गरिएका पाँच मोडेलहरूमध्ये, RV400 मुख्य आकर्षण हो जसले १५० किमी रेन्ज, तीन राइड मोड र मोबाइल एप कन्ट्रोलको सुविधा दिन्छ, यसको मूल्य रु. ४,४९,००० राखिएको छ। त्यसैगरी RV400 BRZ (रु. ४,१९,०००), RV BlazeX (रु. ३,९९,०००), RV1+ (रु. ३,४९,०००) र RV1 (रु. २,९९,०००) बजारमा उपलब्ध गराइएका छन्। यी सबै मोडेलमा IP67 रेटेड ब्याट्री, रिभर्स असिस्ट, रीजेनेरेटिभ ब्रेकिङ, र स्मार्ट मोबाइल फिचरहरू (GPS, जियोफेन्सिङ, ब्याट्री हेल्थ, एण्टी-थिफ्ट अलर्ट) जस्ता आधुनिक प्रविधिहरू छन्। रिमुभेबल ब्याट्री भएका यी बाइकहरू नेपालका कुनै पनि स्थानमा सजिलै चार्ज गर्न मिल्ने खालका छन्।

एमभी दुगर ग्रुपले निकट भविष्यमा पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज, धनगढी लगायत १५ वटा शहरहरूमा रिभोल्ट शोरूमहरू खोल्ने योजना बनाएको छ। सबै शोरूममा प्रशिक्षित इभी टेक्निसियन, सर्भिस सेन्टर र अफिसियल एक्सेसरीहरू उपलब्ध हुनेछन्।

नक्सालको शोरूममा आयोजित लञ्च कार्यक्रममा मिडिया, इन्फ्लुएन्सर, इभी व्यवसायी तथा ईभीप्रेमीहरूको व्यापक उपस्थिति रहेको थियो। RV400 को मोबाइल एप डेमो, कस्टमाइज सेटिङ तथा फिचरहरूको प्रत्यक्ष अनुभव दिने अवसर पनि सहभागीहरूले पाए।

शोरूममा टेस्ट राइड र बुकिङ सुरु भइसकेको छ। प्रारम्भिक १०१ ग्राहकका लागि विशेष अफरहरू पनि दिइने जानकारी उपलब्ध गराइएको छ।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 33 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News