evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

NAIMA Launched to Drive Mobility Revolution in Nepal, Announces Nepal's Largest Mobility Expo 2025

16-Apr-2025 12:12
823
Share 37 NAIMA Launched to Drive Mobility Revolution in Nepal, Announces Nepal's Largest Mobility Expo 2025
  • Share
      NAIMA Launched to Drive Mobility Revolution in Nepal, Announces Nepal's Largest Mobility Expo 2025
      NAIMA Launched to Drive Mobility Revolution in Nepal, Announces Nepal's Largest Mobility Expo 2025
  • Message

    Send Message

  • Call
  • Whatsapp

16 APRIL 2025 । नेपालमा मोबिलिटी क्रान्ति ल्याउन NAIMA को औपचारिक सुरुवात, नेपालकै ठूलो मोबिलिटी एक्सपो २०८२ को घोषणा

नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (NAIMA) ले मंगलबार राजधानीमा आयोजित विशेष समारोहबीच औपचारिक घोषणा गरेको छ। "मोबिलिटीमार्फत समृद्धिको सशक्तीकरण" भन्ने नारासहित सार्वजनिक भएको यस संस्थाले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको नीति निर्माण, सहकार्य र नवप्रवर्तन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

कार्यक्रममा अध्यक्षको रूपमा सहभागिता जनाउँदै रितु सिंह वैद्यले NAIMA को संरचना, उद्देश्य र भविष्यको योजना सार्वजनिक गर्नुभयो। उहाँले यस संस्थाले राजनीतिभन्दा बाहिर रही सहकार्य, दीर्घकालीन रणनीति र साझा दृष्टिकोणमार्फत निजी क्षेत्र, सरकार तथा उपभोक्ताबीचको सेतु बन्ने प्रतिबद्धता जनाउनुभयो।

NAIMA ले पाँच प्रमुख स्तम्भहरूमा आधारित रहेर काम गर्ने बताइएको छ:

१. सबैका लागि मोबिलिटी समाधान

२. सुरक्षा तथा पूर्वाधार अभिवृद्धि

३. नीति तथा नियामक पैरवी

४. मानव संसाधन तथा उद्योग स्तरीय उत्कृष्टता

५. उपभोक्ता सशक्तीकरण तथा साझा मोबिलिटी

रितु वैद्यले यो संस्थामा कहिल्यै चुनाव नगर्ने र सहमतिमा आधारित नेतृत्व प्रणालीमार्फत अगाडि बढ्ने बताउँदै संस्थालाई ‘एकीकृत आवाज र विश्वासिलो निकाय’ बनाउने दाबी गर्नुभयो।

यसै कार्यक्रममा, NAIMA ले नेपालमै अहिलेसम्मकै सबैभन्दा ठूलो मोबिलिटी एक्सपो "Nepal Mobility Expo 2025" को औपचारिक घोषणा पनि गर्‍यो। एक्सपो २०८२ साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६–१०, २०२५) भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने भएको छ। कार्यक्रमको व्यवस्थापन मिडिया स्पेस सोलुसन्सले गर्नेछ।

मोबिलिटी एक्सपोको लोगो सार्वजनिक गर्दै कार्यक्रम संयोजक गौरव शारदाले यस प्रदर्शनीमा अटोमोबाइल, प्रविधि, हरित ऊर्जामा आधारित सवारीसाधन, स्मार्ट ट्रान्सपोर्टेसन समाधानलगायत विविध विषयमा प्रदर्शनी, संवाद तथा प्रविधि आदानप्रदान हुने जानकारी दिनुभयो।

कार्यक्रमको समापनमा संस्थापक सदस्य सुहृद राज घिमिरेले संस्थालाई ईमानदार नेतृत्व, सहकार्यको भावना र निजी क्षेत्रको आवाजको रूपमा स्थापित गर्ने अठोट व्यक्त गर्नुभयो।

NAIMA ले अबको दिनमा नेपालमा मोबिलिटीलाई "लक्जरी" होइन, "आवश्यकता र अधिकार" को रूपमा स्थापित गर्दै, दीर्घकालीन नीति निर्माणमा सरकारसँग सहकार्य गर्ने लक्ष्य राखेको बताइएको छ।

Comment
Share 12 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 34 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka