evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

Yamaha Blue Fest 2025: Nepal’s Biggest Two-Wheeler Exchange Event Concludes with Massive Success

18-Apr-2025 11:58
324
Share 15 Yamaha Blue Fest 2025: Nepal’s Biggest Two-Wheeler Exchange Event Concludes with Massive Success
  • Share
      Yamaha Blue Fest 2025: Nepal’s Biggest Two-Wheeler Exchange Event Concludes with Massive Success
      Yamaha Blue Fest 2025: Nepal’s Biggest Two-Wheeler Exchange Event Concludes with Massive Success
  • Message

    Send Message

  • Call
  • Whatsapp

18 April 2025 | एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्पन्न...

एक हप्तादेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपालको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट यामाहा ब्लू फेस्ट औपचारिक रूपमा समापन भएको छ। सुरुमा चैत्र २८ देखि वैशाख ३ सम्म सञ्चालन हुने भनिएको कार्यक्रम ग्राहक एवम् मोटरबाइक, स्कुटर पारखीहरूको अत्यधिक सहभागिताका कारण एक दिन थप गरिएको थियो।

यामाहाको उत्कृष्ट एक्सचेन्ज र खरिद अफरहरूको फाइदा लिन हजारौं सहभागीहरूले कार्यक्रममा भाग लिएका थिए, जसमा निम्न अफरहरू समावेश थिए:

• यामाहा बाइक र स्कुटरमा रु. ५०,००० को मिनिमम भ्यालुएसन

• अन्य ब्रान्डहरूमा रु. २५,००० को न्युनतम भ्यालुएसन (कर छुट सहित)

• एक्सचेन्जमा रु. १०,००० को थप भ्यालुएसन बोनस

• ७.९९% ब्याजदरसहित लचिलो फाइनान्सिङ (ग्यारेन्टर आवश्यक नपर्ने)

• स्पट एक्सचेन्ज, सजिलो फाइनान्सिङ र चयन गरिएका मोडेलहरूमा ०% ब्याजदरमा EMI

नगद छुटमा रु. १ लाखसम्म जित्ने अवसर

ग्राहकहरूलाई तीन सजिला चरणहरू मार्फत तत्काल रु. १,००,००० सम्मको नगद छुट जित्ने रोमाञ्चक अवसर प्रदान गरेको “थ्रिल अफ थ्री” योजना भव्य हिट साबित भएको थियो, जसमा निम्न अफरहरू समावेश थिए:

• सेयर गर्दा रु. १,००० जित्ने मौका

• भिजिट गर्दा रु. ५०,००० सम्म नगद छुट

• खरिद गर्दा रु. १,००,००० सम्म नगद छुट

प्रत्येक खरिदमा नि:शुल्क एक्सेसरिजहरू

उत्सवमा थप रौनक थप्न यामाहाले कार्यक्रमका दौरान ग्राहकहरूको लागि भ्यालु र राइड एक्सपिरियन्स दुवै बढाउन प्रत्येक बाइक र स्कुटरको खरिदमा नि:शुल्क एक्सेसरिजहरू पनि प्रदान गरेको थियो।

उत्साहले भरिपूर्ण ८ दिनको कार्यक्रम

अफरहरूका अलावा यामाहा ब्लू फेस्ट सम्पूर्ण परिवारको लागि मनोरञ्जन र संलग्नताको केन्द्र समेत बन्यो, जसमा निम्न कुराहरु समावेश थिए:

• टेस्ट राइड एण्ड विन - आफ्नो मनपर्ने यामाहा मोडेलको टेस्ट राइडमा रोमाञ्चक उपहारहरू

• गेमिङ जोन – इन्टरएक्टिभ फन गेम्स र कम्पिटिसनहरू

• फेस पेन्टिङ – भिजिटका क्रममा रङ र रचनात्मकता थप्ने मौका

• डुअर प्राइजेज - भाग्यशाली विजेताहरूले जिते स्मार्ट हेल्मेटहरू

• लाइभ कन्सर्टहरू - महेश काफ्ले र अस्मिता अधिकारीको धमाकेदार प्रस्तुति

महोत्सवको अन्तिम दिन काठमाडौँ रेजर्स फुटबल टिमका खेलाडीहरूसँगको विशेष मिट एण्ड ग्रिट सेसनसँगै समाप्त भएको थियो। सहभागीहरूले NSL सिजन ३ मा यामाहाको गौरवशाली टाइटल प्रायोजनको सेलिब्रेसनसँगै खेलहरू खेल्न, विशेष मर्केन्डाइज जित्न र खेलाडीहरुको सिग्नेचर भएका जर्सीहरू पनि प्राप्त गरेका थिए।

ब्लू फेस्ट भृकुटीमण्डपमा समाप्त भए पनि यामाहाको "थ्रिल अफ थ्री" योजना नेपालभरका सबै अधिकृत यामाहा डिलरशिपहरूमा उपलब्ध छ। ग्राहकहरूले अझै पनि आकर्षक लाभहरूको आनन्द लिन र यामाहाको पर्फर्मेन्स, स्टाइल र सन्तुष्टिको वाचामा आफूलाई समाहित गराउन सक्नेछन्।

देशको मोबिलिटी क्षेत्रमा नवीनता, डिजाइन र सर्भिसमा अग्रपंक्तिमा रहेको एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल, नेपालको सबैभन्दा विश्वसनीय दुई पाङ्ग्रे ब्रान्डहरू मध्ये एक हो।

Comment
Share 6 नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
  • Share
      नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
      नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
  • Share
      नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
      नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka