evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

NADA Delegation Discusses EV Insurance Policy with Nepal Insurance Authority

19-Apr-2025 03:02
381
Share 11 NADA Delegation Discusses EV Insurance Policy with Nepal Insurance Authority
  • Share
      NADA Delegation Discusses EV Insurance Policy with Nepal Insurance Authority
      NADA Delegation Discusses EV Insurance Policy with Nepal Insurance Authority
  • Message

    Send Message

  • Call
  • Whatsapp

18 April 2025 | नाडा प्रतिनिधिमण्डल र बीमा प्राधिकरणबीच विद्युतिय सवारी साधनको बीमा नीतिबारे छलफल

नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा बिहीबार एक प्रतिनिधिमण्डलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेटघाट गर्दै विद्युतिय सवारी साधनहरूको बीमा नीतिसम्बन्धी विषयमा विशेष छलफल गरेको छ।

उक्त भेटमा उपाध्यक्ष श्रेष्ठले हालसम्म विद्युतीय सवारी साधनका लागि स्पष्ट र सुसंगत बीमा नीति नबनिएकोप्रति ध्यानाकर्षण गराउँदै, विद्युतीय सवारीको बढ्दो प्रयोगका कारण उत्पन्न जोखिम व्यवस्थापन गर्न स्पष्ट र पारदर्शी नीतिको खाँचो रहेको बताए।

छलफलका क्रममा प्राधिकरणले विद्युतीय सवारी साधनका स्पेयर पार्ट्स, सवारी प्रणाली, निर्माण सामग्री र मूल्यसम्बन्धी विवरणलाई समावेश गर्दै बीमा दाबी (क्लेम) प्रक्रियामा सुधार ल्याउने तथा बीमा प्रणालीलाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य राखिएको जानकारी दिएको छ। साथै, नाडालाई उक्त बीमा नीति निर्माण प्रक्रियामा प्रत्यक्ष संलग्न गराइने समेत जानकारी गराइएको छ।

अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानेर विशेषगरी दक्षिण एसियाली राष्ट्रहरूमा कार्यान्वयनमा रहेका नीतिहरूको अध्ययन गरी आवश्यक परामर्श दिने प्रतिबद्धता नाडाले जनाएको छ।

उक्त छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, बीमा लेखा महाशाखा प्रमुख निर्मल अधिकारीको उपस्थिति रहेको थियो। नाडाबाट महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ र सदस्य महेश पालको पनि उपस्थिति रहेको थियो।

यो छलफलले विद्युतीय सवारी साधनको बीमा क्षेत्रलाई व्यावसायिक, व्यवहारिक र पारदर्शी बनाउन दिशानिर्देश प्रदान गर्ने अपेक्षा गरिएको छ।

Comment
Share 30 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka