evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

'Unmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Features

24-Apr-2025 11:24
720
Share 46 'Unmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Features
  • Share
      'Unmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Features
      'Unmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Features
  • Message

    Send Message

  • Call
  • Whatsapp

24 April 2025 | बेजोड स्टाइल र अद्वितीय फिचरले भरिएको दिपल इभीमा अब ‘छुटाउनै नमिल्ने’ प्रि–बजेट अफर । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा उच्चकोटीको इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल इभी खरिद गर्ने सोचिरहनु भएका ग्राहकका आकर्षक अफरहरुसहितको ‘अनमिसेबल’ (छुटाउनै नमिल्ने) प्रि–बजेट स्किमको घोषणा गरेको छ । बजेट आउनुभन्दा पहिलो सार्वजनिक गरिएको यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरुले भरिएको दिपल इभीलाई आकर्षक अफरहरुसहित खरिद गर्ने यो अनुपम समय हुनेछ ।

‘अनमिसेबल प्रि–बजेट अफर’ मा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र ग्राहकको पुरानो गाडीमा एक्सचेञ्ज बोनसको व्यवस्था गरिएको छ । साथै, ग्राहकले आर्थिक वर्ष २०८२/८३ को निशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बिमा पनि पाउनु हुनेछ ।

नेपालमा छोटो समयमै निकै रुचाइएको दिपल इभीको खरिद गर्ने सपनालाई सहज बनाउन एमएडब्लु वृद्धिले मात्र २० प्रतिशत डाउनपेमेन्टमै ८.९९ प्रतिशत ब्याजदरको व्यवस्था पनि गरेको छ । साथै, बैशाख १० गतेदेखि ४५ दिनका लागि चल्ने यो अफरमा ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्ज र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउनुहुनेछ । बजारमा विद्युतीय सवारीसाधनमा कल बढ्ने हल्ला फैलिरहेको बेला दिपल इभीलाई आकर्षक अफरहरुसहित पुरानो मूल्यमा खरिद गर्ने यो नै अन्तिम मौका हुनसक्छ ।

नेपालमा सार्वजनिक भएको मात्र एक वर्षमा आठसय भन्दा बढी विक्री रेकर्ड राखेर दिपल नेपालको नं १ लक्जरी इभी ब्रान्डका रुपमा आफूलाई स्थापित गरिसकेको छ । हाल नेपालमा दिपलको एस०७, एस०७ एल, एल०७ र ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको इभी मोडेल छन् । यी इभीहरुमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरुको माध्यमबाट दिपलले इभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुन–परिभार्षित गरेको छ । साथै, ग्राहकको सहजता तथा इभी इकोसिस्टमलाई मलजल गर्न एमएब्लु वृद्धिले हाल नेपालका १०० भन्दा बढी स्थानमा चार्जिंग स्टेसन संचालन गर्दै आएको छ जुन नेपालकै सबैभन्दा ठूलो चार्जिंग सञ्जाल हो ।

Comment
Share 33 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Kinmel Chautari