evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

NADA Successfully Conducts Occupational Safety and Health (OSH) Training in Collaboration with ENSSURE Project

10-May-2025 05:10
858
Share 52 NADA Successfully Conducts Occupational Safety and Health (OSH) Training in Collaboration with ENSSURE Project
  • Share
      NADA Successfully Conducts Occupational Safety and Health (OSH) Training in Collaboration with ENSSURE Project
      NADA Successfully Conducts Occupational Safety and Health (OSH) Training in Collaboration with ENSSURE Project
  • Message

    Send Message

  • Call
  • Whatsapp

नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न ।नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर (ENSSURE) परियोजनासँगको सहकार्यमा मिति २०८२ वैशाख २४ र २५ गते व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety and Health – OSH) सम्बन्धी दुईदिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको छ।

यो तालिम कार्यक्रम अटोमोबाइल वर्कशपहरूमा कार्यस्थलमा सुरक्षाको अवस्था, स्वास्थ्य र कल्याणका विषयमा चेतना अभिवृद्धि गर्दै व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको हो। तालिममा जोखिम व्यवस्थापन, कार्यस्थलमा हुने सम्भावित दुर्घटनाहरूको रोकथाम रणनीति र अटोमोबाइल क्षेत्रमा सुरक्षा संस्कृतिको विकास जस्ता महत्त्वपूर्ण विषयमा जानकारी दिइएको थियो।

तालिममा नाडाका १२ सदस्य कम्पनीहरूबाट २० जना सहभागी भएका थिए। तालिमका प्रशिक्षकका रूपमा नेपालका OSH विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिनुभएको थियो। नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा यो प्रकारको सुरक्षा तथा स्वास्थ्य तालिम पहिलोपटक आयोजना गरेको हो।

नाडाले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा तालिमहरू सञ्चालन गर्दै आएको छ। दुई वर्षदेखि इन्स्योर परियोजनासँगको सहकार्यमा निरन्तर तालिमहरू आयोजना हुँदै आएका छन्। यो कार्यक्रम नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेको हो।

तालिमको अन्तिम दिन नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल र इन्स्योर परियोजनाका डेपुटी टिम लिडर संजिव कुमार राईले सहभागी २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। समापन कार्यक्रममा नाडाका केन्द्रीय कार्यसमिति सदस्य प्रदीपमान प्रधान र इन्स्योरका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोक राज जोशीको पनि उपस्थिति रहेको थियो। तालिम कार्यक्रमको संयोजन नाडाका तालिम समन्वयक आरजु श्रेष्ठले गर्नुभएको थियो।

यसले अटोमोबाइल क्षेत्रमा सुरक्षाको महत्त्वलाई बढावा दिँदै व्यावसायिक वातावरण सुधारमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

Comment

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News