evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ बन्द, ४८ आवेदनपछि नयाँ स्टल थपियो

21-May-2025 16:56
708
Share 37 नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ बन्द, ४८ आवेदनपछि नयाँ स्टल थपियो
  • Share
      नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ बन्द, ४८ आवेदनपछि नयाँ स्टल थपियो
      नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ बन्द, ४८ आवेदनपछि नयाँ स्टल थपियो
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं। Mobility मार्फत समृद्धिको यात्रा” भन्ने सन्देशका साथ नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आयोजना गर्न लागेको नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ अब बन्द गरिएको छ। साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६–१०, २०२५) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस एक्सपोका लागि ४४ स्टलका लागि ४८ वटा आवेदन प्राप्त भएपछि थप स्टल स्पेस निर्माण गरिएको आयोजकले जानकारी दिएको छ।

नेपालको अटोमोबाइल उद्योगप्रतिको उत्साहजनक सहभागिताले हामीलाई थप स्टल बनाउनु पर्ने भयो, नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) की अध्यक्ष रितु सिंह वैद्य ले भन्नुभयो ।

NAIMA ले नेपालको मोबिलिटी क्षेत्रको सामूहिक आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न, रणनीतिक सहकार्य गर्न र दीगो विकासमा टेवा पुर्‍याउन साझा मञ्चको रुपमा कार्य गर्दै आएको छ।

यस संस्करणको मोबिलिटी एक्सपोले परम्परागत अटो शोभन्दा फरक र नयाँ अनुभव दिने उद्देश्य राखेको छ। भिजिटर र प्रदर्शक दुवैका लागि अझ ठूलो मूल्य र अनुभव प्रदान गर्ने लक्ष्य लिइएको छ। नेपालमा विकास भइरहेको मोबिलिटी संस्कृतिको झल्को दिन तथा अत्याधुनिक प्रविधियुक्त सवारी साधनहरू प्रस्तुत गर्न यो प्रदर्शनीले ऐतिहासिक मोड लिने अपेक्षा गरिएको छ।

यस प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन तथा संयोजन मिडिया स्पेस सोलुसन प्रा.लि. ले गर्नेछ।

प्रदर्शनीमा सहभागिता जनाउने प्रमुख ब्राण्डहरू मध्ये चार पांग्रे सवारी ब्राण्डहरू:

BYD, Citroen, Forthing, Great Wall Motors, Henrey Volts, Hyundai, Kaiyi, KIA, Leapmotor, LEV 1, Mahindra, Maxus, Mazda, MG, Mitsubishi, Nissan, Omoda & Jaecoo, Peugeot, Proton, Renault, Toyota, Volkswagen, Zeekr.

र दुई पांग्रे सवारी ब्राण्डहरू: Ampere, Ather, Bajaj, Benelli, CFMoto, Gogoro, Honda, KTM, Mahindra, NIU, Revolt, Royal Enfield, Segway-Ninebot, Suzuki, Triumph, TVS, Ultraviolette, Yadea, Zeeho साथै व्यावसायिक सवारी ब्राण्डहरू Chery Wanda, Dongfeng, Farizon, Huazi, Kama, Karry, Kinglong, Sunlong रहेका छन ।

Comment
Share 43 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka
Kinmel Chautari