evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

स्टेलान्टिसको नेपालमा दोश्रो डिलरशिप उद्घाटन: सिट्रोएन, लिप मोटर र प्यूजो अब एउटै छानामुनि

23-May-2025 09:10
452
Share 13 स्टेलान्टिसको नेपालमा दोश्रो डिलरशिप उद्घाटन: सिट्रोएन, लिप मोटर र प्यूजो अब एउटै छानामुनि
  • Share
      स्टेलान्टिसको नेपालमा दोश्रो डिलरशिप उद्घाटन: सिट्रोएन, लिप मोटर र प्यूजो अब एउटै छानामुनि
      स्टेलान्टिसको नेपालमा दोश्रो डिलरशिप उद्घाटन: सिट्रोएन, लिप मोटर र प्यूजो अब एउटै छानामुनि
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं | दक्षिण एसियामा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिक योजना अन्तर्गत, विश्वप्रसिद्ध अटो कम्पनी स्टेलान्टिसले नेपालमा आफ्नो दोश्रो डिलरशिपको उद्घाटन गरेको छ। यो नयाँ डिलरशिप गोल्छा अर्गनाइजेशन अन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रा. लि. द्वारा काठमाडौँको उत्तरढोकामा सञ्चालनमा आएको हो।

नयाँ शोरुममा सिट्रोएन, लिप मोटर र प्यूजो ब्रान्डका गाडीहरू एउटै छानामुनि उपलब्ध छन्, जसले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय सेवा र सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

डिलरशिपको उद्घाटन समारोहमा स्टेलान्टिस इन्डियाका सीईओ शैलेश हजेला, साङ्ग्रिला मोटर्सका एमडी हेमन्त गोल्छा र नेपालस्थित फ्रान्सकी राजदूत महामहिम भर्जिनी कोर्तेवालको विशेष उपस्थिति रहेको थियो।

सो अवसरमा हजेलाले भने, “नेपाल हाम्रो लागि रणनीतिक बजार हो। हामी नेपाली ग्राहकलाई प्रविधि सम्पन्न र दिगो मोबिलिटी समाधान उपलब्ध गराउन प्रतिबद्ध छौं।” गोल्छाले पनि “सिट्रोएन, लिप मोटर र प्यूजो एउटै स्थानमा प्रस्तुत गर्नु हाम्रो लगनशील प्रयासको निरन्तरता हो,” भन्दै उच्च ग्राहक सन्तुष्टिको अपेक्षा व्यक्त गरे।

साङ्ग्रिला मोटर्स, गोल्छा समूहको पाँच दशकको अनुभवमा स्थापित कम्पनी हो, जसले नेपालमा विद्युतीय र नवप्रवर्तनशील गाडी प्रवर्द्धनमा अग्रसर भूमिका खेल्दै आएको छ। स्टेलान्टिस ब्राण्डहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ताका रूपमा, कम्पनीले भविष्यमा अझ प्रिमियम र पर्यावरणमैत्री सवारीसाधन बजारमा ल्याउने प्रतिवद्धता जनाएको छ।

Comment
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 37 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News
Kinmel Chautari