evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग

05-Jun-2025 04:44
369
Share 26 नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग
  • Share
      नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग
      नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) ले आगामी मौद्रिक नीति तयारीको सन्दर्भमा नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका आवश्यकताहरूलाई समेट्दै नेपाल राष्ट्र बैंकलाई महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ।

गभर्नर डा. विश्वनाथ पौडेललाई बधाईसहित पठाइएको उक्त ज्ञापनपत्रमा नाइमाले कर्जा नीतिमा लचकता, युआन एलसी सम्बन्धी समस्या समाधान, र सवारी साधन कर्जाको जोखिम भार कम गर्ने विषयमा पाँच बुँदे सिफारिस राखेको हो।

नाइमाले सवारी खरिदका लागि हालको ५०:५० कर्जा अनुपातलाई परिमार्जन गरी सबै प्रकारका सवारी साधनमा ८०:२० को कर्जा अनुपात लागू गर्न अनुरोध गरेको छ। यसले उपभोक्ता पहुँच वृद्धि, अटो बजार विस्तार र समग्र आर्थिक वृद्धिमा योगदान दिने विश्वास संस्था राख्छ।

त्यस्तै, हाल चीनबाट आयात हुने सवारीहरूमा केवल चिनियाँ कम्पनीको नाममा मात्र युआनमा एलसी खोल्न पाइने प्रावधानले समस्या सिर्जना गरेको उल्लेख गर्दै नाइमाले उत्पादन, ढुवानी र लाभग्राही फरक देशमा भए पनि युआनमा एलसी खोल्न दिने अनुमति दिन माग गरेको छ।

साथै, सवारी कर्जाको जोखिम भार (Risk-Weighted Asset) अहिलेको १०० प्रतिशतबाट घटाएर ७५ प्रतिशत कायम गर्न अनुरोध गरिएको छ। नाइमाका अनुसार, सवारी कर्जा सुरक्षित र पुनर्बिक्री योग्य सम्पत्ति भएकोले जोखिम कम हुने देखिन्छ।

नाइमाले राष्ट्र बैंकको वित्तीय अनुशासन र दिगो विकासमा देखाएको पहलको सराहना गर्दै अटोमोबाइल क्षेत्रको आवाजलाई मौद्रिक नीतिमा समेटिने आशा व्यक्त गरेको छ।

एसोसिएसनले यी सुझावहरू समावेश भएमा अटो व्यवसाय, कर्जा प्रवाह र समग्र आर्थिक सशक्तीकरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 32 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka