evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नाडा अटो शो २०२५ भाद्र ३ गतेदेखि, उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा हुने

17-Jun-2025 05:56
563
Share 30 नाडा अटो शो २०२५ भाद्र ३ गतेदेखि, उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा हुने
  • Share
      नाडा अटो शो २०२५ भाद्र ३ गतेदेखि, उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा हुने
      नाडा अटो शो २०२५ भाद्र ३ गतेदेखि, उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) द्वारा आयोजना गरिने १७औं संस्करणको नाडा अटो शो २०२५ आगामी भाद्र ३ गतेदेखि ८ गतेसम्म काठमाण्डौंको भृकुटीमण्डप परिसरमा आयोजना हुने भएको छ। कार्यक्रमको प्रमुख अतिथिको रूपमा अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने सुनिश्चित भएको छ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेललाई भद्रतापूर्वक उक्त शोको उद्घाटनका लागि औपचारिक निमन्त्रणा दिएको थियो। उक्त अवसरमा अध्यक्ष चौधरीले हालै आएको बजेटले अटोमोबाइल क्षेत्र लगायत निजी क्षेत्रमैत्री नीतिहरू समेटेको भन्दै अर्थ मन्त्रालयलाई धन्यवाद व्यक्त गरे।

सोही अवसरमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमै पहिलो पटक सिमरामा स्थापना हुन लागेको सवारीसाधन मेनुफ्याक्चरिङ्ग उद्योगको तयारीबारे जानकारी गराउँदै यस्ता उद्योगलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरे। उनले मेनुफ्याक्चरिङ्ग उद्योगहरूलाई थप सुविधा प्रदान गर्न र नीतिगत स्थिरता कायम राख्न सरकारलाई आग्रह गरे।

छलफलमा अर्थमन्त्री पौडेलले नाडाको अनुरोध स्वीकार गर्दै नेपालका अटोमोबाइल व्यवसायीहरूबाट राष्ट्रलाई ठूलो मात्रामा राजस्व प्राप्त हुने हुँदा व्यवसायीहरूले अझ बढी योगदान दिनुपर्नेमा जोड दिए। उनले नाडा अटो शोले उद्योग तथा व्यवसाय प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गरे।

उक्त भेटघाटमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानको समेत उपस्थिति रहेको थियो।

नाडा अटो शो २०२५ नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीको रूपमा मानिन्छ, जसले नयाँ प्रविधि, सवारीसाधन र सम्बन्धित सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्छ।

Comment
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 37 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka
Kinmel Chautari