evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

काठमाडौंमा ‘अटो पार्लर’ सञ्चालनमा : अब विद्युतीय गाडीका सम्पूर्ण प्रिमियम एसेसरिज एकै छानामुनि उपलब्ध

21-Jun-2025 12:27
738
Share 45 काठमाडौंमा ‘अटो पार्लर’ सञ्चालनमा : अब विद्युतीय गाडीका सम्पूर्ण प्रिमियम एसेसरिज एकै छानामुनि उपलब्ध
  • Share
      काठमाडौंमा ‘अटो पार्लर’ सञ्चालनमा : अब विद्युतीय गाडीका सम्पूर्ण प्रिमियम एसेसरिज एकै छानामुनि उपलब्ध
      काठमाडौंमा ‘अटो पार्लर’ सञ्चालनमा : अब विद्युतीय गाडीका सम्पूर्ण प्रिमियम एसेसरिज एकै छानामुनि उपलब्ध
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं । विद्युतीय गाडीका लागि आवश्यक सम्पूर्ण प्रिमियम एसेसरिजहरू अब एकै ठाउँमा पाउन सकिने भएको छ। काठमाडौंको कालोपुलमा इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी ‘अटो पार्लर प्रालि’ सञ्चालनमा आएको छ।

कम्पनीले विभिन्न ब्राण्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेसरिजहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तरमा उपलब्ध गराउने जनाएको छ। साथै, अटो पार्लरले दिगो तथा स्वच्छ यातायात प्रणालीको प्रवर्द्धनमा योगदान दिने लक्ष्य राखेको प्रबन्ध निर्देशक राजिब केसीले जानकारी दिनुभयो।

केसीका अनुसार अटो पार्लरले हालका लागि बीवाईडी डल्फिन, बीवाईडी एट्टो–थ्री, एमजी फोर, दीपल, आयोन–वाई, नामी, एक्सपेङ जी–सिक्स, लिप मोटर, ओमोडा, ओरा गुड क्याट लगायत चर्चित चिनियाँ विद्युतीय गाडीहरूको एसेसरिज उपलब्ध गराएको छ। भविष्यमा नेपाली बजारमा प्रचलनमा आउने अन्य ब्रान्डका एसेसरिजहरू समेत थपिने बताइएको छ।

अटो पार्लरमा मिरर कभर, डोर ह्याण्डल कभर, ह्याण्डल बाउल, सिट कभर, स्टेरिङ कभर, नेभिगेसन ग्लास प्रोटेक्टर, डोर सिल गार्ड, मोटर एण्ड ब्याट्री प्रोटेक्शन प्लेट, रनिङ बोर्ड, जेन्युइन ३६० क्यामेरा जस्ता अत्याधुनिक एसेसरिजहरू उपलब्ध छन्। साथै, आन्तरिक दहन इन्जिन (आईसीई) सवारी साधनका लागि आवश्यक एसेसोरिज पनि राखिएको छ।

ग्राहकलाई उपयुक्त एसेसोरिज छनोट गर्न प्राविधिक सहयोग पनि प्रदान गरिने बताइएको छ। गाडी तथा मोटरसाइकल पार्किङको पर्याप्त सुविधा सहित सञ्चालनमा ल्याइएको अटो पार्लरमा ग्राहकले आफूलाई चाहिएको एसेसरिज सुचारु रूपमा छानेर तत्कालै फिटिङ गराउन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यस नयाँ प्रयासले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग र सम्बन्धित सेवा क्षेत्रमा थप सहजता र विकास ल्याउने अपेक्षा गरिएको छ।

Comment
Share 33 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari