evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नेपालमा बीवाईडी डल्फिन २०२५ सार्वजनिक, ३४० किमी रेन्ज र ३० मिनेट चार्ज क्षमता सहित

23-Jun-2025 04:23
851
Share 55 नेपालमा बीवाईडी डल्फिन २०२५ सार्वजनिक, ३४० किमी रेन्ज र ३० मिनेट चार्ज क्षमता सहित
  • Share
      नेपालमा बीवाईडी डल्फिन २०२५ सार्वजनिक, ३४० किमी रेन्ज र ३० मिनेट चार्ज क्षमता सहित
      नेपालमा बीवाईडी डल्फिन २०२५ सार्वजनिक, ३४० किमी रेन्ज र ३० मिनेट चार्ज क्षमता सहित
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले नयाँ संस्करणको बीवाईडी डल्फिन २०२५ सार्वजनिक गरेको छ। नेपालका लागि विद्युतीय ह्याचब्याक बजारको नयाँ परिभाषा ल्याउने उद्देश्यसहित आएको यो कारमा उद्योगमै पहिलो पटक प्रयोग गरिएको एलएफपी (लिथियम आइरन फस्फेट) लो भोल्टेज ब्याट्रीको विशेषता छ।

यो ब्याट्री परम्परागत लिड–एसिड ब्याट्रीभन्दा ६ गुणा हल्का र ५ गुणा कम सेल्फ डिस्चार्ज हुने क्षमता राख्दछ। १५ वर्षसम्मको आयुसहितको यो ब्याट्रीमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिएको छ। यसले लो–भोल्टेज इनर्जी स्टोरेज र विश्वसनियतामा नयाँ मापदण्ड स्थापित गरेको साइमेक्स इंक प्रा.लि.ले जनाएको छ।

बीवाईडी डल्फिन २०२५ मा बीवाईडी ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधि जडान गरिएको छ, जसले ३४० किमी डब्लुएलटीपी रेन्ज प्रदान गर्छ। डीसी चार्जिङ प्रणालीमार्फत यो गाडीको ब्याट्री ३० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिने छ।

यो संस्करणमा नेपालका विविध भौगोलिक अवस्थालाई मध्यनजर गर्दै स्पोर्टी सस्पेन्सन, एलईडी हेडलाइट्स, सुधारिएको कुलिङ/हीटिङ एसी सिस्टम, मोबाइल फोन एनएफसी की, ब्लुटुथ की, प्यासेन्जर डोर स्विच लगायतका सुविधा थपिएका छन्। साथै, नयाँ एटलान्टिस ग्रे कलरसहित अब तीन विकल्पमा—एटलान्टिस ग्रे, अर्बन ग्रे र स्की ह्वाइटमा उपलब्ध छ।

यस अत्याधुनिक सुविधायुक्त बीवाईडी डल्फिन २०२५ को मूल्य नेपाली बजारमा प्रतिस्पर्धात्मक रुपमा ४१ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको छ। साथमा ग्राहकलाई ७ किलोवाटको होम चार्जर निःशुल्क उपलब्ध गराइने छ।

उक्त कार्यक्रममार्फत बीवाईडी डल्फिनको विश्वव्यापी ८ लाख ३० हजार युनिट बिक्री उपलब्धि र नेपालमा २ हजार ४९० युनिट डेलिभरी पुगेको जानकारी पनि दिइयो। नेपालमा बीवाईडी डल्फिन सबैभन्दा धेरै बिक्री हुने ईभी ह्याचब्याक बनिसकेको कम्पनीको दाबी छ।

सो अवसरमा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले टिकाउ मोबिलिटी र हरित भविष्यप्रति कम्पनीको प्रतिबद्धता दोहोर्‍याउनुभयो भने सीईओ साहिल श्रेष्ठले स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र सन्तोषजनक ग्राहक सेवाको वाचा गर्नुभयो।

Comment
Share 30 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka