evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा

27-Jun-2025 06:28
809
Share 51 डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा
  • Share
      डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा
      डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं। नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धि‍ले “नामी फाइभ स्टार अफर” सार्वजनिक गरेको छ। यो विशेष र सीमित अवधिको अफर नेपालभरका सबै नामी शोरूमहरूमा उपलब्ध हुनेछ। यस अफरमार्फत ग्राहकहरूले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभहरू पाउनेछन्, जसले उनीहरूको खरिद अनुभवलाई झनै मूल्यवान र लाभदायक बनाउनेछ।

नामी फाइभ स्टार अफरले ग्राहकहरूलाई आकर्षित गर्ने पाँचवटा विशेष सुविधाहरू प्रदान गर्दछ। यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, 7kW + 3.5kW चार्जर, अटो प्लस बीमा, चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर र निःशुल्क एक्सेसरिजहरू प्राप्त गर्नेछन्। विद्युतीय सवारीप्रतिको रुचि बढ्दो क्रममा रहेको वर्तमान परिवेशमा नामी इभी स्मार्ट सहरियाहरूका लागि सुलभ र आधुनिक विकल्प बन्न पुगेको छ। यी पाँच लाभहरूका कारण नामी खरिद गर्नु अहिलेसम्मकै बुद्धिमानी र लाभदायक निर्णय बन्ने पक्का छ।

बढ्दो विद्युतीय सवारी बजारमा नामी लोकप्रिय छनोट बनेको छ। बेस्ट-इन-क्लास फिचरहरू, इम्प्रेसिभ ड्राइभिङ रेञ्ज र स्मार्ट मूल्यका कारण यो धेरै ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएको हो। सुपथ मूल्यमा लक्जरी, आधुनिक डिजाइन र प्रविधिको सुन्दर संयोजन पस्कन सक्ने क्षमताले नामीलाई विद्युतीय सवारी चाहनेहरूको नजरमा झनै विश्वसनीय बनाएको छ।

यी सीमित अवधिका अफरहरूको फाइदा लिन र झन्झटरहित तरिकाले आफ्नो सवारी अपग्रेड गर्नका लागि ग्राहकहरूलाई आफू नजिकको डोङफेङ शोरूममा चाँडोभन्दा चाँडो पुग्न प्रोत्साहन गरिन्छ।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 30 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka