evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ 3S शोरुमको उद्घाटन

28-Jun-2025 05:37
667
Share 41 यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ 3S शोरुमको उद्घाटन
  • Share
      यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ 3S शोरुमको उद्घाटन
      यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ 3S शोरुमको उद्घाटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं। यामाहा नेपालले काठमाडौँको गोंगबुमा नयाँ 3S फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भएको शोरुम ‘मोटो क्राफ्ट्स प्रा. लि.’ को उद्घाटन गरेको छ। प्रमुख अतिथि, टोखा नगरपालिकाका मेयर श्री प्रकाश अधिकारी एवम् विशेष अतिथिहरू एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका समूह निर्देशक श्री गोपाल कुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा सीईओ श्री दीपक कुमार अग्रवालको उपस्थितिमा शोरुमको औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा टोखा वडा नम्बर ९ का वडा अध्यक्ष श्री रामभक्त घिमिरेलाई अतिथीका रूपमा स्वागत गरिएको थियो

आधुनिक पूर्वाधार र दक्ष टिम सहितको मोटो क्राफ्ट्स प्रा. लि. ले अब यामाहाको विश्वसनीय 3s अनुभव एकै छानामुनि उपलब्ध गराउने छ, जहाँ ग्राहकहरूले बिस्तृत सेल्स कन्सल्टेसन र भरपर्दो आफ्टर सेल्स सर्भिस लिन र सक्कली स्पेयर पार्ट्सहरू एकै स्थानमा पाउन सक्नेछन्।

कार्यक्रममा बोल्दै श्री गोपालकुमार अग्रवालले भन्नुभयो, “यामाहा पर्फर्मेन्स, भरपर्दो प्रविधि र इनोभेसनसँग जोडिएको ब्रान्ड हो। गोंगबुमा मोटो क्राफ्ट्स प्रा. लि. सुरु गरेर हामीले नयाँ शोरुममात्र खोलेका छैनौँ, बरू यामाहाका प्रत्येक ग्राहकसम्म पुग्ने गरी हाम्रो उत्कृष्टताको प्रतिबद्धता फैलाईरहेका छौं। हामी सधैं पार्टनर र समुदायसँगै अगाडि बढ्नमा विश्वास गर्छौं र यो शोरुम त्यसैको प्रतिबिम्ब हो।”

त्यस्तै, कार्यक्रममा आफ्नो धारणा राख्दै एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ श्री दीपककुमार अग्रवालले भन्नुभयो, “गोंगबुमा नयाँ 3S शोरुम सुरु गर्नु भनेको हामीले यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरू ग्राहकको नजिक पुर्‍याउने प्रयासकै अर्को कदम हो। हामी सधैं ग्राहक सेवा, पूर्वाधार र प्राविधिक क्षमतामा उच्च मापदण्ड कायम गर्दै नेटवर्क विस्तारमा अग्रसर रहनेछौं।”

मोटो क्राफ्ट्स प्रा. लि.का कार्यकारी निर्देशक श्री सुरोज न्हेम्हाफुकीले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भने, “मोटो क्राफ्ट्सबाट हामी उच्च गुणस्तरका यामाहा दुई पाङ्ग्रे सवारी साधनको बिक्री मात्र नभई भरपर्दो आफ्टर सेल्स सर्भिस मार्फत पनि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न समर्पित छौं। हाम्रो लक्ष्य भनेको सेल्सदेखि सर्भिस हुँदै हरेक चरणमा ग्राहक सन्तुष्टि सुनिश्चित गरेर प्रत्येक राइडरसँग दीर्घकालीन विश्वास निर्माण गर्नु हो।”

यस नयाँ शोरुमको शुभारम्भसँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्क अझ सशक्त बनाएको छ। अब गोंगबु र आसपासका ग्राहकले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पार्ट्स पाउन सक्नेछन्।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले भरपर्दो प्रविधि, इनोभेसन र ग्राहक सन्तुष्टिको प्रतिबद्धता मार्फत नेपाली दुईपांग्रे बजारको अगुवाइ गर्दै आएको छ।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 33 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka