evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !

Intro

EV Auto Bazar is Nepal’s leading online automobile platform, bringing you the latest news, expert re read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

28/Jun/2025
यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ 3S शोरुमको उद्घाटन

काठमाडौं। यामाहा नेपालले काठमाडौँको गोंगबुमा नयाँ 3S फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भएको शोरुम ‘मोटो क्राफ्ट्स प्रा. लि.’ को उद्घाटन गरेको छ। प्रमुख अतिथि, टोखा...

नगरपालिकाका मेयर श्री प्रकाश अधिकारी एवम् विशेष अतिथिहरू एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका समूह निर्देशक श्री गोपाल कुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा सीईओ श्री दीपक कुमार अग्रवालको उपस्थितिमा शोरुमको औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा टोखा वडा नम्बर ९ का वडा अध्यक्ष श्री रामभक्त घिमिरेलाई अतिथीका रूपमा स्वागत गरिएको थियो

आधुनिक पूर्वाधार र दक्ष टिम सहितको मोटो क्राफ्ट्स प्रा. लि. ले अब यामाहाको विश्वसनीय 3s अनुभव एकै छानामुनि उपलब्ध गराउने छ, जहाँ ग्राहकहरूले बिस्तृत सेल्स कन्सल्टेसन र भरपर्दो आफ्टर सेल्स सर्भिस लिन र सक्कली स्पेयर पार्ट्सहरू एकै स्थानमा पाउन सक्नेछन्।

कार्यक्रममा बोल्दै श्री गोपालकुमार अग्रवालले भन्नुभयो, “यामाहा पर्फर्मेन्स, भरपर्दो प्रविधि र इनोभेसनसँग जोडिएको ब्रान्ड हो। गोंगबुमा मोटो क्राफ्ट्स प्रा. लि. सुरु गरेर हामीले नयाँ शोरुममात्र खोलेका छैनौँ, बरू यामाहाका प्रत्येक ग्राहकसम्म पुग्ने गरी हाम्रो उत्कृष्टताको प्रतिबद्धता फैलाईरहेका छौं। हामी सधैं पार्टनर र समुदायसँगै अगाडि बढ्नमा विश्वास गर्छौं र यो शोरुम त्यसैको प्रतिबिम्ब हो।”

त्यस्तै, कार्यक्रममा आफ्नो धारणा राख्दै एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ श्री दीपककुमार अग्रवालले भन्नुभयो, “गोंगबुमा नयाँ 3S शोरुम सुरु गर्नु भनेको हामीले यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरू ग्राहकको नजिक पुर्‍याउने प्रयासकै अर्को कदम हो। हामी सधैं ग्राहक सेवा, पूर्वाधार र प्राविधिक क्षमतामा उच्च मापदण्ड कायम गर्दै नेटवर्क विस्तारमा अग्रसर रहनेछौं।”

मोटो क्राफ्ट्स प्रा. लि.का कार्यकारी निर्देशक श्री सुरोज न्हेम्हाफुकीले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भने, “मोटो क्राफ्ट्सबाट हामी उच्च गुणस्तरका यामाहा दुई पाङ्ग्रे सवारी साधनको बिक्री मात्र नभई भरपर्दो आफ्टर सेल्स सर्भिस मार्फत पनि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न समर्पित छौं। हाम्रो लक्ष्य भनेको सेल्सदेखि सर्भिस हुँदै हरेक चरणमा ग्राहक सन्तुष्टि सुनिश्चित गरेर प्रत्येक राइडरसँग दीर्घकालीन विश्वास निर्माण गर्नु हो।”

यस नयाँ शोरुमको शुभारम्भसँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्क अझ सशक्त बनाएको छ। अब गोंगबु र आसपासका ग्राहकले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पार्ट्स पाउन सक्नेछन्।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले भरपर्दो प्रविधि, इनोभेसन र ग्राहक सन्तुष्टिको प्रतिबद्धता मार्फत नेपाली दुईपांग्रे बजारको अगुवाइ गर्दै आएको छ।

Share 39 यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ 3S शोरुमको उद्घाटन
  • Share
      यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ 3S शोरुमको उद्घाटन
      यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ 3S शोरुमको उद्घाटन

      काठमाडौं। यामाहा नेपालले का�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 30 नाइमा एक्स्पो २०२५ — नेपालको मोबिलिटी ट्रान्सफर्मेसनको इन्जिन
  • Share
      नाइमा एक्स्पो २०२५ — नेपालको मोबिलिटी ट्रान्सफर्मेसनको इन्जिन
      नाइमा एक्स्पो २०२५ — नेपालको मोबिलिटी ट्रान्सफर्मेसनको इन्जिन

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 192 EV मा Soundless Driving: शान्तिको अनुभव कि सुरक्षाको चुनौती?
  • Share
      EV मा Soundless Driving: शान्तिको अनुभव कि सुरक्षाको चुनौती?
      EV मा Soundless Driving: शान्तिको अनुभव कि सुरक्षाको चुनौती?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 44 नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै
  • Share
      नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै
      नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 1234 इलेक्ट्रिक स्कूटर vs पेट्रोल स्कूटर: कुन रोज्ने र किन?
  • Share
      इलेक्ट्रिक स्कूटर vs पेट्रोल स्कूटर: कुन रोज्ने र किन?
      इलेक्ट्रिक स्कूटर vs पेट्रोल स्कूटर: कुन रोज्ने र किन?

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Arabikaka