evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

टोयोटाको सोलिड स्टेट ब्याट्रीमा क्रान्तिकारी खोज: एक पटक चार्जमा अझै लामो यात्रा, सुरक्षित र छिटो

29-Jun-2025 07:47
732
Share 48 टोयोटाको सोलिड स्टेट ब्याट्रीमा क्रान्तिकारी खोज: एक पटक चार्जमा अझै लामो यात्रा, सुरक्षित र छिटो
  • Share
      टोयोटाको सोलिड स्टेट ब्याट्रीमा क्रान्तिकारी खोज: एक पटक चार्जमा अझै लामो यात्रा, सुरक्षित र छिटो
      टोयोटाको सोलिड स्टेट ब्याट्रीमा क्रान्तिकारी खोज: एक पटक चार्जमा अझै लामो यात्रा, सुरक्षित र छिटो
  • Message

    Send Message

  • Call
  • Whatsapp

विद्युतीय सवारीसाधन (EV) को बजारमा अग्रणी मानिने टोयोटा मोटर कर्पोरेशनले अबको इभी प्रविधिमा ठूलो फड्को मार्ने तयारी गर्दैछ। कम्पनीले हालै सोलिड स्टेट ब्याट्री (Solid-State Battery) प्रविधिको विकासलाई तीव्रता दिँदै सन् २०२७ देखि २०२८ भित्र बजारमा ल्याउने घोषणा गरेको छ।

टोयोटाले सार्वजनिक गरेको जानकारीअनुसार, नयाँ सोलिड स्टेट ब्याट्रीले अहिलेको लिथियम आयन ब्याट्रीभन्दा धेरै गुना उत्कृष्ट प्रदर्शन गर्नेछ। कम्पनीका अनुसार, यो ब्याट्रीले एकपटकको चार्जमा १,२०० किलोमिटर सम्म यात्रा गर्न सक्नेछ र १० मिनेटमै १० देखि ८० प्रतिशत सम्म चार्ज हुने क्षमता राख्नेछ।

सोलिड स्टेट ब्याट्री के हो?

सोलिड स्टेट ब्याट्री भन्नाले यस्तो ब्याट्री हो जसमा तरल इलेक्ट्रोलाइटको सट्टा ठोस इलेक्ट्रोलाइट प्रयोग गरिन्छ। परम्परागत लिथियम आयन ब्याट्रीमा जस्तो आगलागी वा विस्फोटको सम्भावना निकै न्यून हुन्छ। साथै, यसको आयु लामो हुन्छ, चार्ज हुन सजिलो हुन्छ र कार्यक्षमता उच्च हुन्छ।

टोयोटाले सन् २०३० भित्र १० लाख भन्दा बढी विद्युतीय सवारी उत्पादन गर्ने लक्ष्य लिएको छ। यस्को लागि सोलिड स्टेट ब्याट्री मुख्य आधार बन्नेछ। कम्पनीले जापानमा रहेको आफ्नै प्रयोगशालामा यस प्रविधिमा अनुसन्धान गरिरहेको छ र व्यावसायिक उत्पादनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

सोलिड स्टेट ब्याट्रीका प्रमुख फाइदाहरू:

छिटो चार्ज हुने क्षमता: केही मिनेटमै चार्ज गर्न मिल्ने।

लामो रेंज: एक पटकको चार्जमा हजार किलोमिटरभन्दा बढी यात्रा सम्भव।

सुरक्षा: आगलागी वा विस्फोटको जोखिम नगन्य।

टिकाउपन: परम्परागत ब्याट्रीको तुलनामा बढी टिक्ने।

केही चुनौतीहरू पनि छन्

यस्तो ब्याट्री उत्पादनको लागत अहिलेसम्म अझै महँगो रहेको छ। त्यसैगरी, ठूलो मात्रामा उत्पादन गर्दा तापक्रम नियन्त्रण र स्थायित्व जस्ता प्रविधिगत चुनौतीहरू छन्। तर, टोयोटाले यी सबै चुनौतीलाई पार गर्दै यसको व्यावसायिक उत्पादन सम्भव बनाउने दाबी गरेको छ।

टोयोटाको सोलिड स्टेट ब्याट्री प्रविधि सफल भएमा, विद्युतीय सवारीसाधनको दुनियाँमा एक नयाँ युगको शुरुवात हुनेछ। उपभोक्ताले अझ सुरक्षित, भरपर्दो र उच्च प्रदर्शन दिने गाडी पाउनेछन्। यो प्रविधिले सिंगो सवारी साधन उद्योगमा क्रान्ति ल्याउने अनुमान गरिएको छ ।

Comment

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka