evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

सवारी साधनसम्बन्धी प्रस्तावित निर्देशिका : नाडा र यातायात व्यवस्था विभागबीच विस्तृत छलफल

01-Jul-2025 11:30
812
Share 47 सवारी साधनसम्बन्धी प्रस्तावित निर्देशिका : नाडा र यातायात व्यवस्था विभागबीच विस्तृत छलफल
  • Share
      सवारी साधनसम्बन्धी प्रस्तावित निर्देशिका : नाडा र यातायात व्यवस्था विभागबीच विस्तृत छलफल
      सवारी साधनसम्बन्धी प्रस्तावित निर्देशिका : नाडा र यातायात व्यवस्था विभागबीच विस्तृत छलफल
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं। नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) र यातायात व्यवस्था विभागबीच सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी प्रस्तावित निर्देशिकाका विषयमा विस्तृत छलफल भएको छ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजीव पोखरेलसँग मंगलबार काठमाडौंमा भेट गर्दै प्रस्तावित ‘सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२’ का बुँदाहरुबारे विचार–विमर्श गरेको हो।

भेटमा अध्यक्ष चौधरीले निर्देशिका तयार गर्न विभागले गरेको प्रयासको प्रशंसा गर्दै भने, “नीति निर्माण पूर्व सरोकारवालाबीचको संवाद अत्यावश्यक छ। यस्ता निर्देशिकालाई व्यवहारिक र सन्तुलित बनाउन नाडा र विभागबीच सघन छलफल जरुरी छ।”

उपाध्यक्ष राजनबाबु श्रेष्ठले निर्देशिकामा समावेश केही बुँदाहरू थप छलफलसहित पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए। “वास्तविक स्थितिको आधारमा, सिलसिलावार छलफलमार्फत नीतिलाई व्यावहारिक बनाइनुपर्छ,” उनले भने।

महासचिव सुरेन्द्रकुमार उप्रेतीले पनि सरकारको नियमन प्रणाली पारदर्शी र निष्पक्ष हुनुपर्ने धारणा राख्दै नेपालमै बैट्री उत्पादन सुरु भइसकेको जानकारी गराए। उनले सही काम गर्ने उद्योगहरूलाई प्रोत्साहन र अनियमित गतिविधिमा संलग्न हुनेहरूलाई दण्डित गरिनु पर्ने बताए।

छलफलका क्रममा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनको सवारी नीतिबारेको अध्ययनका आधारमा निर्देशिका तयार पार्ने प्रयास भइरहेको जानकारी दिए।

महानिर्देशक पोखरेलले सवारी साधन आयात र उत्पादनमा स्पष्ट नीतिको अभाव रहेको भन्दै, “नाडा जस्ता प्रमुख सरोकारवालासँग सहकार्य गरेर निर्देशिकालाई यथार्थपरक र समन्वित बनाउने हाम्रो लक्ष्य हो,” भन्दै विभागको तयारी अन्तिम चरणमा रहेको बताए।

यो छलफलले नेपालमा सवारी साधन व्यवस्थापनमा स्पष्ट, समन्वित र दीर्घकालीन नीतिगत खाका बनाउन सकारात्मक दिशा दिने अपेक्षा गरिएको छ।

Comment
Share 36 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka