evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

MG Windsor EV अब नेपालमा — 332KM Range, Premium Features र IP67 सेफ्टी स्ट्यान्डर्डसहित

03-Jul-2025 02:52
962
Share 76 MG Windsor EV अब नेपालमा — 332KM Range, Premium Features र IP67 सेफ्टी स्ट्यान्डर्डसहित
  • Share
      MG Windsor EV अब नेपालमा — 332KM Range, Premium Features र IP67 सेफ्टी स्ट्यान्डर्डसहित
      MG Windsor EV अब नेपालमा — 332KM Range, Premium Features र IP67 सेफ्टी स्ट्यान्डर्डसहित
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं। नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रा. लि. ले नयाँ इलेक्ट्रिक बहुप्रतीक्षित मोडल एमजी विन्डसर इभी (MG Windsor EV) को भव्य सार्वजनिक लन्च राजधानीको हायात रीजेन्सी, काठमाडौं मा सम्पन्न गरेको छ।

एमजी विन्डसर इभीको नेपाल आगमनसँगै एमजीले आफ्नो इलेक्ट्रिक मोबिलिटीको पोर्टफोलियो थप मजबुत बनाएको छ। भारतमा निर्मित यो गाडी व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनको उत्कृष्ट संयोजन हो, जसले नेपाली बजारमा व्यवसायिक प्रयोजन र ठूला परिवारका लागि नयाँ विद्युतीय समाधान प्रस्तुत गर्छ।

यस गाडीमा विशेष रूपमा १३५ डिग्रीसम्म रेक्लाइन हुने एरो लाउन्ज सिट, ६०४ लिटरको विशाल बुट स्पेस, र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले जस्ता आकर्षक फिचरहरू समावेश छन्, जसले यात्राको अनुभवलाई नयाँ स्तरमा पुर्‍याउँछ।

विन्डसर इभीमा ३८ किलोवाट आवरको ब्याट्री राखिएको छ, जसले ३३२ किलोमिटरको रियल ड्राइभिङ रेन्ज सुनिश्चित गर्छ। यसमा रहेको शक्तिशाली मोटर पावर ले शहर र हाइवे दुवैका लागि उपयुक्त बनाउँछ। साथै, वायरलेस चार्जिङ, एप्पल कारप्ले, एन्ड्रोइड अटो इन्टिग्रेशन, लेदरेट सिट र स्मार्ट फ्लश डोर ह्यान्डल जस्ता प्रिमियम फिचरहरू समेत उपलब्ध छन्।

सुरक्षाका दृष्टिकोणले पनि गाडी उत्कृष्ट मानिन्छ। यसमा ६ वटा एयरब्याग, IP67 रेटिङको वाटर/डस्ट प्रोटेक्सन, र ३९ वटा सेफ्टी टेस्ट पार गरेको प्रमाणित गरिएको छ। साथै, १८६ मिमि ग्राउन्ड क्लियरेन्स ले नेपाली भू–भागमा सहज र सुरक्षित ड्राइभ सुनिश्चित गर्छ।

लन्च कार्यक्रममा बोल्दै एमजी मोटर्स नेपालका प्रवक्ता सुनीलबहादुर क्षेत्रीले भन्नुभयो, “एमजी विन्डसर इभी ले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय अनुभवमा समेटेको छ। हामी विश्वास गर्छौं कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ युग सुरु गर्नेछ।”

पारामाउन्ट मोटर्स ले उच्चस्तरीय ग्राहक सेवा, बिक्रीपछिको भरपर्दो सपोर्ट नेटवर्क, र दिगो अटोमोटिभ समाधानप्रति निरन्तर प्रतिबद्धता जनाउँदै आएको छ। नेपालमा एमजी ब्रान्डअन्तर्गत एमजी ४ इभी, कोमेट इभी, जेडएस इभी, र एस५ इभी समेत बिक्रीमा छन्।

Comment
Share 6 नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
  • Share
      नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
      नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
  • Share
      नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
      नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News