evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नाडा अटो शो २०२५ को स्टल एलोकेशन सम्पन्न, १८ देखि २४ अगस्टसम्म भृकुटीमण्डपमा भव्य प्रदर्शनी हुने

03-Jul-2025 12:37
934
Share 60 नाडा अटो शो २०२५ को स्टल एलोकेशन सम्पन्न, १८ देखि २४ अगस्टसम्म भृकुटीमण्डपमा भव्य प्रदर्शनी हुने
  • Share
      नाडा अटो शो २०२५ को स्टल एलोकेशन सम्पन्न, १८ देखि २४ अगस्टसम्म भृकुटीमण्डपमा भव्य प्रदर्शनी हुने
      नाडा अटो शो २०२५ को स्टल एलोकेशन सम्पन्न, १८ देखि २४ अगस्टसम्म भृकुटीमण्डपमा भव्य प्रदर्शनी हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं। नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२५ का लागि स्टल एलोकेशन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको आयोजनामा हुने यो भव्य कार्यक्रम आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म (अगस्ट १९–२४, २०२५) काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।

वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो अहिले नेपाली अटो उद्योगको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनीका रूपमा स्थापित भइसकेको छ। प्रविधि, नवप्रवर्तन, र गतिशीलता प्रवर्द्धनमा यसले महत्वपूर्ण भूमिका खेलेको छ।

स्टल एलोकेशन विवरण:

चार पाङ्ग्रे सवारी साधनका लागि यसपटक DEEPAL, AVATR, DONGFENG NAMMI, SERES, TATA, SUZUKI, TESLA, AION, XPENG, RIDDARA, SKY WELL, BYD, FOTON, BAW BRUMBY, JY AIR, BLAVAL, LS Auto, JINPENG जस्ता ब्रान्डका १८ स्टल उपलब्ध गराइएका छन्।

दुई पाङ्ग्रे सवारी साधनमा Hero, Royal Enfield, Zonson, Yamaha जस्ता कम्पनीहरूको ४ स्टल छ।

लाइट कमर्शियल भेहिकलतर्फ NEW GONOW, DFSK, DONGFENG, KAMA, FOTON, SOKON, CG KYC/KINGLONG, Montra, Skyworth, KAINIU, KAWEI/NAVECO, SUNLONG जस्ता १३ ब्रान्डले सहभागिता जनाउनेछन्।

अटो कम्पोनेन्ट तथा सहायक उपकरणहरूका लागि CEAT, Michelin, Liqui Moly, TATA Green Battery, Electric Vehicle Charger, GULF, MAK, TOTAL Energies, STUDDS, ATS ELGI, Microbiz, Manatec, Spicer, WAVEX लगायतका ४० भन्दा बढी स्टल एलोकेट गरिएको छ।

विशेष आकर्षणहरू:

Made in Nepal Pavilion – स्वदेशी उत्पादनमा केन्द्रित विशेष प्रदर्शनी

विन्टेज कार Pavilion – ऐतिहासिक कारहरूको झलक

Auto Dialogue – नीतिगत र प्रविधि सम्बन्धी छलफल

इटेरी, क्याफे – दर्शक र आगन्तुकका लागि सुविधासम्पन्न विश्राम स्थल

साथै एक विशेष प्रर्दशन कार्यक्रम पनि चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

यसपटकको शोको टाइटल स्पोन्सर MAW Group of Companies रहनेछ, जसले एक नवीन र गैर–प्रतिस्पर्धी उत्पादन प्रस्तुत गर्दै अटो क्षेत्रमै नयाँ आयाम ल्याउनेछ।

नाडा अटो शो २०२५ ले आधुनिक प्रविधिका सवारी साधन, विद्युतीय मोबिलिटी, इनोभेसन र नीतिगत संवादमार्फत अटोमोबाइल उद्योगमा नयाँ ऊर्जा भर्ने आयोजकको विश्वास छ।

Comment

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka