evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नेपालमा सार्वजनिक भयो नयाँ TVS Jupiter 110 – स्मार्ट फिचर, प्रिमियम डिजाइन र उच्च माइलेजसहित

08-Jul-2025 06:01
895
Share 57 नेपालमा सार्वजनिक भयो नयाँ TVS Jupiter 110 – स्मार्ट फिचर, प्रिमियम डिजाइन र उच्च माइलेजसहित
  • Share
      नेपालमा सार्वजनिक भयो नयाँ TVS Jupiter 110 – स्मार्ट फिचर, प्रिमियम डिजाइन र उच्च माइलेजसहित
      नेपालमा सार्वजनिक भयो नयाँ TVS Jupiter 110 – स्मार्ट फिचर, प्रिमियम डिजाइन र उच्च माइलेजसहित
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौँ। दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माणमा विश्वभर अग्रणी कम्पनी TVS ले नेपालमा नयाँ स्कुटर TVS Jupiter 110 सार्वजनिक गरेको छ। अत्याधुनिक इन्जिन, उत्कृष्ट प्रविधि, आकर्षक डिजाइन र परिवारमैत्री सुविधा समावेश गरिएको यस स्मार्ट स्कुटरको वितरण जिम्मा जगदम्बा मोटर्स ले लिएको छ।

सिंगल सिलिन्डर 113.3cc इन्जिनयुक्त TVS Jupiter 110 ले 6500 rpm मा 5.9 kW पावर र 5000 rpm मा 9.8 Nm टर्क उत्पादन गर्छ। स्मार्ट इग्निसन सिस्टम, IGO Assist टेक्नोलोजी, र Integrated Starter Generator (ISG) प्रविधिले १०% बढी माइलेज प्रदान गर्छ। यसमा १५ वटा सेग्मेन्टमै पहिलो र १४ उत्कृष्ट विशेषताहरू छन्—जसले Jupiter 110 लाई आफ्नो वर्गको अगुवा बनाउँछ।

सुविधा र सुरक्षाको समन्वय

– डुअल हेल्मेट अन्डर-सिट स्टोरेज (३३ लिटर)

– अगाडिबाट इन्धन भरिने सुविधा

– रियल टाइम माइलेज, Voice Assist, OTA अपडेटसहितको SMARTXONNECT™ ब्लुटुथ डिजिटल क्लस्टर

– "Find Me", "Follow Me", Turn Signal Reset, Emergency Brake Warning, MetalMaxx Body

– लामो सिट, फराकिलो फुटबोर्ड स्पेस, आरामदायी यात्रा

Jupiter 110 मा इनफिनिटी एलईडी ल्याम्प, आकर्षक पियानो ब्ल्याक फिनिश, टेलिस्कोपिक सस्पेन्सन र १२ इन्च पाङ्ग्राको संयोजनले सौन्दर्य र सन्तुलन दुवै दिएको छ। E-Z सेन्टर स्ट्यान्ड, USB चार्जिङ पोर्ट, स्मार्ट स्टार्ट–स्टप फङ्सनले शहरभित्रको यात्रा अझ सहज बनाउँछ।

MetalMaxx संरचना, Follow Me Headlamp, Emergency Brake Warning, र स्किड कन्ट्रोल जस्ता सुविधाले स्कुटरलाई सुरक्षा र स्थायित्वमा अग्रणी बनाएको छ।

TVS Jupiter 110 स्कुटर Dawn Blue Matte रंगमा, रु २,५७,९०० को प्रारम्भिक मूल्यमा Disa SXC भेरियन्ट मा उपलब्ध छ। यो स्कुटर नेपालभरका सबै TVS शोरूमहरूमा खरिद गर्न सकिन्छ।

TVS ब्रान्डको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स ले नेपालभर उत्कृष्ट डिलरशिप नेटवर्कमार्फत बिक्री, सेवा र स्पेयर पार्ट्स सुनिश्चित गर्दै आइरहेको छ। कम्पनीको ग्राहक–केन्द्रित दृष्टिकोण, सुरक्षा अभियानहरू, प्राविधिक तालिम, र वातावरणमैत्री अवधारणामा आधारित सञ्चालनले TVS लाई नेपाली उपभोक्ताबीच भरपर्दो ब्रान्डको रूपमा स्थापित गरेको छ।

Comment

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News