evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

रसुवा जिल्लामा आएको प्राकृतिक विप‌द्धति गहिरो समवेदना

09-Jul-2025 04:46
1114
Share 71 रसुवा जिल्लामा आएको प्राकृतिक विप‌द्धति गहिरो समवेदना
  • Share
      रसुवा जिल्लामा आएको प्राकृतिक विप‌द्धति गहिरो समवेदना
      रसुवा जिल्लामा आएको प्राकृतिक विप‌द्धति गहिरो समवेदना
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौँ । रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोले जनजीवनमा पुऱ्याएको अपुरणीय क्षतिले हामीलाई अत्यन्त दुःखी बनाएको छ। यस विपद्‌ले धेरै परिवारको जीवन, घर, व्यवसाय, र आशा एकैचोटि बगाएको छ। पीडितहरुप्रति हामी गहिरो समवेदना प्रकट गर्दै, यो कठिन घडीमा उनीहरुलाई शक्ति, धैर्य, र पुनःस्थापनाको आशा मिलोस भन्ने कामना गर्दछौं।

यो घटनाले केवल मानवीय क्षति मात्र होइन, देशको आर्थिक प्रणालीमा पनि गम्भीर असर पुऱ्याएको छ। नेपाल भित्रिने सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाकाबाट आउने हुँदा रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रुपमा भत्किनुले आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको छ। चिनियाँ भन्सारबाट क्लियर भएका गाडीहरु अझै नेपाल प्रवेश गर्न सकेका छैनन्। चाडपर्व नजिकिंदै गर्दा यस्तो अवस्था अझ गम्भीर बनेको छ।

यस सन्दर्भमा, हामी नेपाल सरकार र सम्बन्धित निकायहरूलाई रसुवा जिल्लामा आएको विपद्‌को तत्काल उद्धार राहत, पुनःस्थापना, र पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन अनुरोध गर्दछौँ। तात्कालिक रुपमा गरिहाल्नुपर्ने कैयाँ आवश्यकताहरुको सन्दर्भमा NAIMA ले निर्वाह गर्न सक्ने समन्वयकारी भूमिकाका लागि हामी सधैँ तत्पर रहेको जानकारी गराउँदछु।

Comment

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka