evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

NADA Auto Show 2025: नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी काठमाडौंमा सुरु हुँदै

05-Aug-2025 12:31
892
Share 29 NADA Auto Show 2025: नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी काठमाडौंमा सुरु हुँदै
  • Share
      NADA Auto Show 2025: नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी काठमाडौंमा सुरु हुँदै
      NADA Auto Show 2025: नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी काठमाडौंमा सुरु हुँदै
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं। नेपालका सबैभन्दा प्रतिक्षित अटोमोटिभ कार्यक्रममध्ये प्रमुख रहेको नाडा अटो शो २०२५, यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भव्य रूपमा आयोजना हुँदैछ। UNITREE (MAW वृद्घि) को शीर्ष प्रायोजनमा आयोजना हुने यो शो नेपालको अटोमोबाइल इतिहासमा अहिलेसम्मकै ठूलो र सर्वाधिक भव्य संस्करण बन्ने अपेक्षा गरिएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस शोको औपचारिक उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेलज्यूले गर्ने कार्यक्रम तय भएको छ।

नाडा अटो शो केवल सवारी साधनको प्रदर्शनी मात्रै नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब हो। “Go For More” भन्ने शक्तिशाली नारासहित आयोजना हुने यस शोले नयाँ प्रविधि, ग्राहक संलग्नता र अटोमोबाइल पारिस्थितिकी तन्त्रका सबै पक्षलाई एउटै छानामुनि ल्याउनेछ।

यस पटकको नाडा अटो शो २०२५ मा UNITREE रोबोट्स जस्ता स्वचालन र कृत्रिम बुद्धिमत्तामा आधारित उन्नत चारपांग्रे रोबोटदेखि लिएर Deepal eVTOL UAV सम्मका नवीनतम प्रविधिहरू प्रदर्शित हुनेछन्। Deepal eVTOL UAV नेपालको शहरी हवाई यातायातमा क्रान्ति ल्याउने सम्भावना भएको भविष्यतर्फको कदम हो, जसले शहरी क्षेत्रमा भीडभाड घटाउँदै स्मार्ट सहर अवधारणा साकार पार्न योगदान पुर्याउने विश्वास लिइएको छ।

यस अटो शोमा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे ब्रान्ड, र ३५ कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) को सहभागिता रहनेछ। १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुने यस शोमा १ लाखभन्दा बढी आगन्तुकको उपस्थिति रहने अपेक्षा गरिएको छ। यो प्रदर्शनी ३ लाख वर्गफुट क्षेत्रमा फैलिएको हुनेछ भने १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्र नै नेपालमा अहिलेसम्मकै ठूलो अटो शोको प्रमाण हुनेछ।

यस ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन विभिन्न साझेदार संस्थाहरूको विशेष सहयोग रहेको छ। UNITREE शीर्ष प्रायोजकका रूपमा रहेको छ भने Shikhar Insurance सह-प्रायोजक, CCampa Cola पावर्ड बाइ पार्टनर, Yango मोबिलिटी पार्टनर, Khalti अग्रिम टिकटिङ पार्टनर, WorldLink इन्टरनेट पार्टनर, CCTV Nepal सुरक्षा साझेदार, Himalayan Safety Solutions अग्नि सुरक्षा साझेदार, Kist Hospital स्वास्थ्य साझेदार र The Plaza आतिथ्य साझेदार रहेका छन्। टिकट खल्ती एपमार्फत प्रि-बुकिङ गर्दा भदौ २ सम्म २०% क्यासब्याकको सुविधा पनि उपलब्ध छ।

शो अवधिमा सर्वसाधारणको सहजताका लागि क्षेत्र विशेषमा जोन विभाजन गरिएको छ जसमा चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स र वित्तीय सेवा अलग अलग जोनमा प्रदर्शित हुनेछन्। सञ्चारकर्मीहरूका लागि मिडिया डेस्क, ट्राफिक सूचनाको लागि महानगरीय ट्राफिक प्रहरी साझेदारीमा ट्राफिक सूचना डेस्क, आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी, र अग्नि नियन्त्रण व्यवस्था जस्ता समग्र पूर्वतयारी गरिएको छ।

कार्यक्रमको प्रमुख आकर्षणमा विन्टेज मोटर शो पर्छ जसमा ऐतिहासिक महत्व बोकेका Morris Minor, Fiat, Peugeot, Beetle, Mini Cooper, Toyota RT, Mercedes Benz, VW Bus, Toyota Corolla, Mazda Familia, Toyota MR2 जस्ता गाडीहरूको अद्भुत प्रदर्शनी हुनेछ। साथै, Made In Nepal Pavilion मार्फत नेपालमै निर्मित सवारी साधन र पार्ट्सको प्रदर्शनी गरिनेछ जसले स्वदेशी उत्पादन र नवप्रवर्तनलाई प्रवर्द्धन गर्नेछ। International Business Pavilion ले अन्तर्राष्ट्रिय लगानी र सहकार्यलाई प्रोत्साहन गर्ने मंचको काम गर्नेछ।

सेमिनार, कार्यशाला, अन्तरक्रिया कार्यक्रमहरू पनि आयोजना गरिनेछ जसमा ईभी स्मार्ट मोबिलिटी र दिगोपन सम्बन्धी विषयमा विज्ञहरूसँग प्रत्यक्ष छलफल र सिकाइको अवसर पाइनेछ।

१६ संस्करणसम्मको सफल इतिहास, अग्रणी ब्रान्डहरूको सहभागिता, लाखौं दर्शकहरूको विश्वास र स्थायित्वको आधारमा नाडा अटो शो नेपालकै अटो उद्योगको सबैभन्दा प्रतिष्ठित मञ्चको रूपमा स्थापित भइसकेको छ। यहाँ कतिपय कम्पनीहरूले आफूलाई ठूलो भनेर दाबी गरे पनि नाडाले निरन्तरता, तथ्य र विश्वसनीयताबाट आफैलाई प्रमाणित गरिसकेको छ।

उपभोक्ता, प्रविधिप्रेमी, उद्योग विश्लेषक वा अटोमोबाइल व्यवसायी जुनसुकै समूहका व्यक्तिको लागि पनि नाडा अटो शो २०२५ नयाँ प्रविधि अनुभव गर्ने, सम्भावनाहरू अन्वेषण गर्ने र स्मार्ट तथा दिगो मोबिलिटीका समाधानबारे बुझ्ने उत्कृष्ट अवसर हुनेछ। यसपटकको नाराले जस्तै, अब तपाईंको पालो “Go For More!”

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka