evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

जगदम्बा मोटर्सद्वारा: फारिजोन, चेरी वान्डा र किङ लङ सवारी NAIMA expo मा सार्वजनिक गरिदै

06-Aug-2025 02:51
1291
Share 62 जगदम्बा मोटर्सद्वारा: फारिजोन, चेरी वान्डा र किङ लङ सवारी NAIMA expo मा सार्वजनिक गरिदै
  • Share
      जगदम्बा मोटर्सद्वारा: फारिजोन, चेरी वान्डा र किङ लङ सवारी NAIMA expo मा सार्वजनिक गरिदै
      जगदम्बा मोटर्सद्वारा: फारिजोन, चेरी वान्डा र किङ लङ सवारी NAIMA expo मा सार्वजनिक गरिदै
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं। शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि.ले अब व्यावसायिक विद्युतीय सवारी (Commercial EV) सेग्मेन्टमा समेत आफ्नो उपस्थिति विस्तार गरेको छ। निजी सवारी क्षेत्रपछिको उल्लेखनीय वृद्धि पछाडि, अब नेपालमा व्यावसायिक ईभीहरूको माग तीव्र रुपमा बढ्दै गएको छ।

यसै क्रममा, NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सहभागिता जनाउँदै, जगदम्बा मोटर्सले १४ देखि १९ सिट क्षमताका बहु-उपयोगी व्यावसायिक ईभी सवारीहरू प्रदर्शनीमा ल्याएको छ। प्रदर्शनी स्थलको D-16 स्टल, हल D मा यी सवारीहरू अवलोकन गर्न सकिनेछ।

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष श्री राजु भेतवालले बताएअनुसार, "व्यावसायिक ड्राइभरका लागि विभिन्न विकल्पहरू उपलब्ध गराउन सकियो भने सम्पूर्ण ईभी इकोसिस्टम नै मजबुत हुन सक्छ।"

फारिजोन – उन्नत प्रविधिको शक्तिशाली १९ सिटे ईभी भ्यान

Geely Group अन्तर्गतको Farizon ब्रान्डको सवारी नेपालमा पहिलोपटक सार्वजनिक गरिएको छ, जसलाई जगदम्बा मोटर्सले नेपालमा वितरण गर्दै आएको छ।

मुख्य विशेषताहरू:

Pure EV प्लेटफर्ममा निर्माण – शुरुदेखि नै विद्युतीय सवारीका लागि डिजाइन

युरोपियन युनियन WVTA सर्टिफाइड – विश्वस्तरीय सुरक्षा र गुणस्तर सुनिश्चित

१९ सिटे आरामदायी सिटहरू – पर्यटन, स्टाफ ट्रान्सपोर्ट र अन्तरसहर सेवाका लागि उपयुक्त

१७०kW पावर मोटर र ८२.८८kWh ब्याट्री प्याक – लामो दूरी र कठिन भौगोलिक क्षेत्रका लागि प्रभावकारी

Disc Brake, Airbags, ABS, EBD, 360° क्यामेरा, र ADAS लगायतका सुरक्षा सुविधा

Driver Comfort Package – हीटर, एसी, तातो सिट र स्टेयरिङसहित

ब्याट्री वारेन्टी: ४ वर्ष वा ७ लाख किमी / मोटर वारेन्टी: ५ वर्ष वा २ लाख किमी

नेपालमा यसको मूल्य रु. ७६,९०,००० बाट सुरु हुन्छ।

चेरी वान्डा – स्मार्ट र किफायती १४ सिटे माइक्रोबस

जगदम्बा मोटर्सले ल्याएको अर्को व्यावसायिक सवारी Chery Wanda हो, जुन १४ सिटे ईभी माइक्रोबस हो। CHERY र WANDA ब्रान्डको संयुक्त निर्माणशैलीले बनाएको यस सवारीमा आधुनिकता र कार्यक्षमताको सन्तुलन देखिन्छ।

मुख्य विशेषताहरू:

CATL को ५३.५८kWh ब्याट्री – ३०० किमी NEDC रेंज

१८० मिमी ग्राउन्ड क्लेरेन्स – नेपाली सडकका लागि उपयुक्त

३ लाख किमी वा ५ वर्षको ब्याट्री वारेन्टी / ५ वर्ष वा २ लाख किमी मोटर वारेन्टी

मूल्यः रु. ५६.५ लाख मात्र

सहरभित्रको दैनिक यात्रा, स्टाफ ट्रान्सपोर्ट तथा व्यवसायका लागि यो एक व्यावसायिक दृष्टिले निकै किफायती विकल्प हुन सक्छ।

NAIMA Nepal Mobility Expo 2025 को अवसरमा, बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष अफरहरू पनि सार्वजनिक गरिनेछ। EV क्षेत्रको तीव्र विकाससँगै जगदम्बा मोटर्सको यो पहलले नेपालमा दिगो, सफा र सुरक्षित यातायात प्रणालीको दिशामा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ।

Comment
Share 33 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News