evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

बीवाईडी एट्टो १ नेपालमा आधिकारिक रूपमा लन्च, नाइमा एक्स्पोमा सार्वजनिक घोषणा

06-Aug-2025 17:21
19523
Share 3848 बीवाईडी एट्टो १ नेपालमा आधिकारिक रूपमा लन्च, नाइमा एक्स्पोमा सार्वजनिक घोषणा
  • Share
      बीवाईडी एट्टो १ नेपालमा आधिकारिक रूपमा लन्च, नाइमा एक्स्पोमा सार्वजनिक घोषणा
      बीवाईडी एट्टो १ नेपालमा आधिकारिक रूपमा लन्च, नाइमा एक्स्पोमा सार्वजनिक घोषणा
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले देशकै प्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ को आधिकारिक रूपमा लन्च घोषणा गरेको छ। उक्त लन्च समारोह नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा आयोजित गरिएको थियो, जसले बीवाईडीको दिगो र पहुँचयोग्य मोबिलिटी समाधानप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ।

विश्वव्यापी रूपमा BYD Seagull, BYD Dolphin Mini वा Dolphin Surf भनेर चिनिने यो मोडेल नेपाली बजारमा शहरी इलेक्ट्रिक मोबिलिटीको गेम चेन्जर का रूपमा आएको छ। World Car Awards 2025 मा ‘Urban Car of the Year’ को उपाधि जितिसकेको यस सवारीले मूल्य, सुरक्षा र प्रविधिमा आफुलाई एक कदम अगाडि साबित गरेको छ।

साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठ का अनुसार, “बीवाईडी एट्टो १ मार्फत हामीले ईभी प्रविधिलाई जनस्तरमा ल्याएका छौं र नेपाली सडकमा विश्व स्तरीय नवप्रवर्तन प्रस्तुत गरेका छौं। यो केवल इन्ट्री लेभल इभी होइन, यो कम्प्याक्ट इलेक्ट्रिक मोबिलिटीको क्रान्ति हो। शहरी जीवनशैली र हरित भविष्य दुवैलाई ध्यानमा राखेर यो डिजाइन गरिएको हो।”

बीवाईडीको E-Platform 3.0 मा आधारित र ब्लेड ब्याट्री प्रविधियुक्त एट्टो १ मा Cell-to-Body (CTB) टेक्नोलोजी प्रयोग गरिएको छ, जसले गाडीलाई एकीकृत बनावट र बलियो सुरक्षात्मक ढाँचा प्रदान गर्छ। यो प्रविधि विशेषतः इलेक्ट्रिक सवारी साधनको लागि निर्माण गरिएको हो।

नेपालमा एट्टो १ दुई भेरिएन्टमा उपलब्ध हुनेछ — डाइनामिक र प्रिमियम। डाइनामिक भेरिएन्टमा ३०.०८ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले एकपटकको चार्जमा २३० किलोमिटर सम्म डब्लुएलटीपी रेंज दिनेछ। त्यस्तै प्रिमियम संस्करणमा ३८.८८ किलोवाट आवरको ब्याट्री रहेको छ, जसको डब्लुएलटीपी रेंज ३०० किलोमिटर रहेको छ। यी भेरिएन्टहरूको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

नाइमा एक्स्पो २०२५ मा एट्टो १ बुकिङ गर्ने ग्राहकका लागि विशेष अफर समेत प्रदान गरिनेछ। अफर अन्तर्गत नगद छुट, एक वर्षको अटो प्लस इन्स्योरेन्स निःशुल्क, ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिज, र १० वर्षसम्म एप कनेक्टिभिटी सब्स्क्रिप्सन उपलब्ध गराइनेछ।

बीवाईडी एट्टो १ अत्याधुनिक अन्तर्राष्ट्रिय डिजाइन, शहरी उपयोगिता र सुरक्षा प्रविधिको दुर्लभ संयोजन हो। शहर केन्द्रित प्रयोगका लागि उपयुक्त यो सवारी साधन निकट भविष्यमा नेपालमा सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट ईभी बन्ने सम्भावना रहेको बताइएको छ।

यस लन्च कार्यक्रमसँगै साइमेक्स इंकले नेपालमा सफा, स्मार्ट र समावेशी विद्युतीय भविष्य निर्माण गर्ने आफ्नो लक्ष्यप्रति थप प्रतिबद्धता जनाएको छ।

Comment
Share 33 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka