evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

Volkswagen Virtus र Taigun GT Plus अब नेपालमा — NAIMA Auto Show 2025 मा लन्च

07-Aug-2025 06:53
7743
Share 148 Volkswagen Virtus र Taigun GT Plus अब नेपालमा — NAIMA Auto Show 2025 मा लन्च
  • Share
      Volkswagen Virtus र Taigun GT Plus अब नेपालमा — NAIMA Auto Show 2025 मा लन्च
      Volkswagen Virtus र Taigun GT Plus अब नेपालमा — NAIMA Auto Show 2025 मा लन्च
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं। नाइमा अटो शो २०२५ को अवसरमा भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा जर्मन अटोमोबाइल कम्पनी Volkswagen ले आफ्ना दुई नयाँ मोडेल—Volkswagen Virtus र Volkswagen Taigun GT Plus 1.5 TSI— नेपाली बजारमा भव्य रूपमा सार्वजनिक गरेको छ। कार्यक्रममा जर्मनीका महामहिम राजदूत उडो भोल्जले यी दुवै गाडीको औपचारिक उद्घाटन गर्नुभयो।

Volkswagen Nepal का सीईओ विवेक बिजुक्छेले कार्यक्रममा बोल्दै भन्नुभयो, “Volkswagen अब थप शक्तिशाली रूपमा नेपाली बजारमा फर्किएको छ। यी गाडीहरू केवल सवारी साधन मात्र होइनन्, तिनीहरू शक्ति, सुरक्षा र सम्मानको प्रतीक हुन्।”

Volkswagen Virtus:

Volkswagen Virtus एक प्रिमियम मिड–साइज सेडान हो, जसको ग्राउण्ड क्लेरेन्स १८० मिमी छ। यो नेपालको विविध भूगोलका लागि उपयुक्त छ। यसमा १.५ लिटर TSI GT Plus इञ्जिन जडान गरिएको छ, जसले १५० PS पावर प्रदान गर्छ। Active Cylinder Deactivation प्रविधिका कारण यो गाडीले इन्धन खपतमा कटौती गर्छ। साथै, ५ स्टार Global NCAP सुरक्षा रेटिङ, ESC, हिल होल्ड कन्ट्रोल, मल्टिपल एयरब्याग र मल्टि-कोलिजन ब्रेकिङजस्ता युरोपियन स्तरका सुरक्षा सुविधाहरू यसमा उपलब्ध छन्।

Volkswagen Taigun GT Plus:

Taigun GT Plus एक बलियो SUV हो, जुन सहर र पहाडी क्षेत्र दुवैका लागि उपयुक्त छ। १८८ मिमी ग्राउण्ड क्लेरेन्स, ७-स्पीड DSG गियरबक्स र मजबुत बनावट यसका प्रमुख विशेषता हुन्। Virtus जस्तै, यसमा पनि ५ स्टार Global NCAP सुरक्षा रेटिङसहित उच्चस्तरीय सुरक्षा सुविधाहरू छन्।

नेपालको भूगोलमा उपयुक्त, भारतीय बजारबाट प्रेरित

यी दुवै मोडेल भारतीय बजारको पूर्वाधारलाई ध्यानमा राखेर डिजाइन गरिएका छन्, जसले नेपालको भौगोलिक अवस्थामा पनि सहज रूपमा सञ्चालन हुने सुनिश्चित गर्छ। Volkswagen ले स्पेयर पार्ट्सको मूल्य भारतीय गाडीहरूको जस्तै किफायती हुने प्रतिबद्धता व्यक्त गरेको छ।

बुकिङ र टेस्ट ड्राइभ

Virtus र Taigun GT Plus को बुकिङ देशभरका Volkswagen को अधिकृत डिलरशिपहरूमा खुला गरिएको छ। नाइमा अटो शोको अवधिभर टेस्ट ड्राइभ उपलब्ध हुनेछ, र सहभागीहरूलाई विशेष उपहार पनि प्रदान गरिनेछ।

नेपालमा Volkswagen

सन् २००८ देखि पूजा इन्टरनेसनल नेपाल प्रा. लि. मार्फत Volkswagen ले नेपाली बजारमा जर्मन प्रविधि पुर्याउँदै आएको छ। १५ वर्षभन्दा बढीको अनुभवसहित यो ब्रान्ड नेपालमा विश्वसनीय नामको रूपमा स्थापित भएको छ।

नाइमा अटो शो २०२५ मा यी मोडेलहरूको लन्चले Volkswagen को नवीन, सुरक्षित र उच्च प्रदर्शनका गाडीहरू नेपाली बजारमा ल्याउने प्रतिबद्धतालाई जोड दिएको छ।

Comment
Share 13 नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
  • Share
      नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
      नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा लन्च, मूल्य ४५.९० लाखदेखि सुरु | Skoda Kylaq Launched in Nepal
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
  • Share
      नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
      नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News