evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

याडिया Velax Series नेपालमा — NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा औपचारिक सार्वजनिक

09-Aug-2025 04:51
1991
Share 41 याडिया Velax Series नेपालमा — NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा औपचारिक सार्वजनिक
  • Share
      याडिया Velax Series नेपालमा — NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा औपचारिक सार्वजनिक
      याडिया Velax Series नेपालमा — NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा औपचारिक सार्वजनिक
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी साधन ब्रान्ड याडिया (YADEA) को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले नयाँ Yadea Velax Series नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो श्रृङ्खला पहिलोपटक NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरिएको हो। उच्च प्रदर्शन, स्मार्ट प्रविधि र दैनिक यात्रामा सहजता प्रदान गर्ने उद्देश्यले तयार पारिएको Velax Series ले नेपाली इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा नयाँ युगको सुरुवात गरेको कम्पनीको दाबी छ।

Velax Series अन्तर्गत तीन फरक मोडेल बजारमा ल्याइएका छन्, जसले विभिन्न खालका प्रयोगकर्ताको आवश्यकतालाई सम्बोधन गर्छन्। Velax U (Ultra Performance) मोडेलमा ४.९ kW मोटर र ७४V २०Ah डुअल लिथियम–आयन ब्याट्री रहेको छ, जसले १४० किमी सम्मको रेञ्ज र ८० किमी/घण्टाको टप स्पिड प्रदान गर्छ। Velax Fast Charging मोडेलमा ३.२ kW मोटर र ७६V ३०Ah ब्याट्री छ, जसलाई २० मिनेटमै ८०% चार्ज गर्न सकिन्छ र ११० किमी सम्मको दूरी तय गर्न सक्षम छ। Velax H (High Performance) मोडेल भने दैनिक यात्राका लागि उपयुक्त छ, जसमा ३.२ kW मोटर र ७२V ३०Ah ब्याट्री रहेको छ र १०० किमी सम्मको रेञ्ज दिन्छ।

यस श्रृङ्खलामा आधुनिक सुविधाहरू समावेश गरिएको छ, जसमा लामो यात्राका लागि Cruise Control, पार्किङमा सजिलोका लागि Reverse Mode, Keyless Start र Smart Unlock, मोबाइल एप इन्टिग्रेसनमार्फत एण्टी–थेफ्ट अलर्ट, ट्र्याकिङ तथा डाइग्नोस्टिक सुविधा, रेञ्ज बढाउन सहयोगी Regenerative Braking, USB चार्जिङ पोर्ट, LED लाइट र फुली डिजिटल ड्यासबोर्ड जस्ता फिचरहरू छन्।

Velax मोडेलहरूमा ३ वर्ष वा ३०,००० किमीको वारेन्टी उपलब्ध छ। कुजु नेपालले देशभरका १२ भन्दा बढी आधिकारिक डिलरमार्फत टेस्ट राइड, प्रि–बुकिङ र फाइनान्सिङ सुविधा सुरु गरिसकेको छ। कम्पनीका अनुसार, Velax Series ले नेपाली उपभोक्तालाई शक्ति, प्रविधि र सुविधामा नयाँ अनुभव दिनेछ।

“Velax Series सँग हामी नेपाली प्रयोगकर्तालाई अझ बढी शक्ति, प्रविधि र सुविधासँग सुसज्जित स्कुटर प्रदान गर्दैछौं,” कुजु नेपालले जनाएको छ। “तेज चार्जिङ, विश्वस्त रेञ्ज, र प्रिमियम सुविधासँग अब Velax हरेक घरको आवश्यकतामा फिट हुन्छ।”

विश्वका १०० भन्दा बढी देशमा ७ करोडभन्दा बढी प्रयोगकर्ताहरूको भरोसा कमाइसकेको याडिया ब्रान्डले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको इलेक्ट्रिक सवारी अनुभव दिने लक्ष्य राखेको छ। Velax Series को सुरुवाती मूल्य NPR २,८५,००० बाट सुरु हुने बताइएको छ।

Comment
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 36 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka