evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

सम्माननीय प्रधानमन्त्रीबाट भाद्र ३ मा आयोजना हुन गईरहेको नाडा अटो शो २०२५ उद्घाटन् हुने

10-Aug-2025 15:18
1278
Share 36 सम्माननीय प्रधानमन्त्रीबाट भाद्र ३ मा आयोजना हुन गईरहेको नाडा अटो शो २०२५ उद्घाटन् हुने
  • Share
      सम्माननीय प्रधानमन्त्रीबाट भाद्र ३ मा आयोजना हुन गईरहेको नाडा अटो शो २०२५ उद्घाटन् हुने
      सम्माननीय प्रधानमन्त्रीबाट भाद्र ३ मा आयोजना हुन गईरहेको नाडा अटो शो २०२५ उद्घाटन् हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

नाडाका अध्यक्ष करण चौधरीज्यूको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसंग भेटगरी यही आउदो २०८२ भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७औं संस्करणको बाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेको छ । उक्त भेटघाटमा अध्यक्ष चौधरीज्यूले नाडा स्थापनाको ५० औं वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिनु भयो । यसैक्रममा अध्यक्ष चौधरीले यस वर्षको अटो शोमा :

१२५ भन्दा बढी प्रदर्शक,

३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू,

इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू,

विन्टेज मोटर शो,

पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका UNITREE रोबोट्स र Deepal eVTOL UAV जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने जानकारी दिनु भयो ।

सो भेटघाटमा नाडा प्रतिनिधि मण्डलको सो आग्रहलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सहर्ष स्वीकार गर्नु भएको छ । यसबाट अटोमोवाइल व्यवसायीहरुले थप हौसला र प्रेरणा मिलेको महशुस गरेका छन् । उक्त भेटभाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष सिद्धबाब मल्ल, सुकोषाध्यक्ष किज अभवोल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो

Comment
Share 36 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka