evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

अल्ट्राभायोलेट नेपालले NAIMA expo २०२५ मा F77 Mach 2 सार्वजनिक गर्यो, जान्नुहोस यसका फिचर

11-Aug-2025 04:16
1710
Share 54 अल्ट्राभायोलेट नेपालले NAIMA expo २०२५ मा F77 Mach 2 सार्वजनिक गर्यो, जान्नुहोस यसका फिचर
  • Share
      अल्ट्राभायोलेट नेपालले NAIMA expo २०२५ मा F77 Mach 2 सार्वजनिक गर्यो, जान्नुहोस यसका फिचर
      अल्ट्राभायोलेट नेपालले NAIMA expo २०२५ मा F77 Mach 2 सार्वजनिक गर्यो, जान्नुहोस यसका फिचर
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं । अल्ट्राभायोलेट नेपालले NAIMA कन्भेन्सन २०२५ मा आफ्नो प्रमुख इलेक्ट्रिक मोटरसाइकल F77 Mach 2 को भव्य उद्घाटन गरेको छ। स्टल C1 मा प्रदर्शित यो अत्याधुनिक ई-बाइकले उपस्थित दर्शकको मन जित्न सफल भएको छ। नेपालकै प्रमुख अटोमोटिभ प्रदर्शनीमा यो क्रान्तिकारी पावर-बाइक केन्द्रबिन्दु बनेको थियो, जसको अनुभव लिन बाइक तथा विद्युतीय सवारीप्रेमीहरू उत्साहित देखिएका थिए।

एभिएशन-प्रेरित डिजाइन र अत्याधुनिक प्रविधिसहित आएको F77 Mach 2 ले १५५ किमी/घण्टा सम्मको शीर्ष गति, १०० Nm टर्क र Recon भेरियन्टमा ३२३ किमी (IDC प्रमाणित) सम्मको दायरा प्रदान गर्दछ। यसमा अल्ट्राभायोलेटको स्वामित्वयुक्त SRB-10 ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले लामो दूरीको प्रदर्शनसँगै थर्मल, इलेक्ट्रिकल, मेकानिकल, इलेक्ट्रोनिक र सफ्टवेयर सुरक्षाका पाँच तह प्रदान गर्छ। यो उद्योगमै पहिलो पटक १,००,००० किमी वा ५ वर्षको ब्याट्री वारन्टीसहित आएको छ।

सुरक्षा र राइडिङ अनुभवलाई प्रिमियम स्तरमा पुर्‍याउन यसमा १०-स्तरको डाइनामिक रिजनरेटिभ ब्रेकिङ, ४-स्तरको ट्र्याक्सन कन्ट्रोल, डाइनामिक स्टेबिलिटी कन्ट्रोल (DSC), स्विचेबल डुअल-च्यानल ABS, हिल-होल्ड, र ५ इन्चको कनेक्सनयुक्त TFT डिस्प्ले जस्ता सुविधा उपलब्ध छन्। साथै, Violette AI Smart Tech इकोसिस्टममार्फत मुभमेन्ट तथा टोइङ अलर्ट, क्र्यास डिटेक्सन, रिमोट लकडाउन, र रियल-टाइम डायग्नोस्टिक्सजस्ता स्मार्ट सुरक्षा फिचरहरू पनि प्रदान गरिएको छ।

कम्पनीले आगामी २०२६ को पहिलो चौमासिकमा नेपालमा दुई नयाँ मोडेल ल्याउने घोषणा समेत गरेको छ –

Tesseract, शहरी चालकका लागि प्रिमियम इलेक्ट्रिक स्कूटर, जसमा ३.५ kWh ब्याट्री, १२५ किमी/घण्टा शीर्ष गति, ०-६० किमी/घण्टा २.९ सेकेन्डमा पुग्ने क्षमता, र डुअल ड्यासक्याम, ब्लाइन्ड स्पट डिटेक्सन, कोलिजन अलर्टजस्ता उन्नत सुरक्षा सुविधा छन्।

Shockwave, साहसिक यात्राका लागि डिजाइन गरिएको अफ-रोड इलेक्ट्रिक डर्ट बाइक, जसको विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ।

अल्ट्राभायोलेट नेपालका बिक्री प्रमुख दुर्गेश थापाले भने, “NAIMA मा पाएको प्रतिक्रिया अत्यन्तै उत्साहजनक छ। नेपालका चालकहरू प्रदर्शन-केन्द्रित र वातावरणमैत्री मोबिलिटीका लागि तत्पर छन्, र F77 Mach 2 ले त्यही अपेक्षा पूरा गरेको छ। अब हामी Tesseract र Shockwave नेपालमा ल्याउन आतुर छौं।”

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 32 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News