evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

डीपल S05 नेपालमा सार्वजनिक – आकर्षक डिजाइन र प्रतिस्पर्धी मूल्यसहित

17-Aug-2025 10:19
2029
Share 76 डीपल S05 नेपालमा सार्वजनिक – आकर्षक डिजाइन र प्रतिस्पर्धी मूल्यसहित
  • Share
      डीपल S05 नेपालमा सार्वजनिक – आकर्षक डिजाइन र प्रतिस्पर्धी मूल्यसहित
      डीपल S05 नेपालमा सार्वजनिक – आकर्षक डिजाइन र प्रतिस्पर्धी मूल्यसहित
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ मोडल डीपल S05 आधिकारिक रूपमा सार्वजनिक भएको छ । यसअघि डीपल S07 ले नेपाली उपभोक्तामाझ प्रिमियम फीचर्स, लक्जरी अनुभव र अत्याधुनिक प्रविधिका कारण चर्चित बनेको थियो । त्यसकै सफलता पछ्याउँदै डीपल S05 ले पनि बजारमा बलियो छाप छोड्ने अपेक्षा गरिएको छ ।

डीपल S05 दुई भेरियन्टमा उपलब्ध छ । यसको बेस भेरियन्टको मूल्य रु. ४८,९९,०००/- तोकिएको छ भने उच्च भेरियन्ट रु. ५३,९९,०००/- मा उपलब्ध हुनेछ । यो मूल्य प्रतिस्पर्धी भएकाले नेपाली बजारमा यसले छिट्टै बिक्रीमा नयाँ रेकर्ड कायम गर्ने सम्भावना बढेको छ ।

यस गाडीको प्रमुख आकर्षण भनेको RSIO (Remote Straight In and Out) हो । यस प्रविधि प्रयोग गरी चालकले गाडीभित्र नबसिकनै रिमोटको सहयोगले पार्किङमा सजिलै भित्र-बाहिर गर्न सक्नेछन् । काठमाडौं जस्ता पार्किङ अभाव भएका शहरमा यो सुविधा निकै उपयोगी सावित हुने अनुमान गरिएको छ ।

नेपालमा डीपल गाडीहरू आयात तथा बिक्री गर्ने जिम्मेवारी MAW Vriddhi Group ले लिएको छ । यसले देशकै सबैभन्दा ठूलो CCS Type 2 चार्जिङ स्टेशन संचालनमा ल्याएको छ, जसले विद्युतीय सवारी प्रयोगकर्तालाई थप सहजता पुर्‍याएको छ ।

डीपल S05 लाई सौम्य र आकर्षक डिजाइनमा तयार गरिएको छ । ९.५ फुटको ह्वीलबेसका कारण यसको इन्टेरियरमा पर्याप्त लेगरुम उपलब्ध छ । पूर्ण विद्युतीय प्लेटफर्ममा बनेको यो मोडल नेपाली सडकका लागि थप उपयुक्त मानिएको छ ।

यसमा ९९ kW क्षमताको रियर-व्हील मोटर प्रयोग गरिएको छ जसले सन्तुलित ड्राइभिङ अनुभव दिन्छ । साथै, शक्तिशाली मोटरप्रति लाग्ने उच्च करबाट पनि बचाउन सहयोग पुर्‍याउँछ । त्यसैले यो मोडलले दक्षता, प्रदर्शन र मूल्य सबैलाई सन्तुलनमा राखेको छ ।

आकर्षक डिजाइन, प्रतिस्पर्धी मूल्य, नवीनतम सुविधा र चार्जिङ पूर्वाधारको मजबुत समर्थनसहित डीपल S05 नेपाली ईभी बजारमा बलियो प्रतिद्वन्द्वी बन्ने सम्भावना उच्च छ ।

Comment
Share 37 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka
Kinmel Chautari