evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नाडा अटोशो २०२५: युरो-६ गाडी आयातमा छुटको माग, प्रधानमन्त्री ओलीको सकारात्मक प्रतिक्रिया

19-Aug-2025 10:51
793
Share 32 नाडा अटोशो २०२५: युरो-६ गाडी आयातमा छुटको माग, प्रधानमन्त्री ओलीको सकारात्मक प्रतिक्रिया
  • Share
      नाडा अटोशो २०२५: युरो-६ गाडी आयातमा छुटको माग, प्रधानमन्त्री ओलीको सकारात्मक प्रतिक्रिया
      नाडा अटोशो २०२५: युरो-६ गाडी आयातमा छुटको माग, प्रधानमन्त्री ओलीको सकारात्मक प्रतिक्रिया
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित नाडा अटोशो २०२५ को उद्घाटन भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको छ। उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लागू गरेको युरो-६ मापदण्ड सकारात्मक भए पनि तत्कालीन कार्यान्वयनले व्यवसायमा समस्या निम्त्याउन सक्ने भन्दै अर्डर भइसकेका युरो-६ भन्दा तलका गाडीहरू एकपटक आयात गर्न अनुमति दिन आग्रह गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले यो मागलाई सकारात्मक रूपमा लिँदै सरकारले यस विषयमा विचार गर्ने बताउनुभयो। उहाँले सरकारले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दै लगानी र व्यवसायमा कुनै अवरोध नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष ढकालले नाडा अटोशोले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिएको र यस्ता मेलाले बजार र ग्राहकलाई जोड्ने काम गरेको बताउनुभयो। उहाँले पछिल्लो समय इलेक्ट्रिक गाडीको आयात बढिरहेको, नेपालमा गाडी एसेम्बल उद्योग, डाटा सेन्टर र वातावरणमैत्री उत्पादनको सम्भावना रहेको उल्लेख गर्नुभयो। साथै, सरकारले हालै ३० भन्दा बढी उद्योग र लगानीसम्बन्धी कानुन परिमार्जन गरेको र यसले निजी क्षेत्रप्रति सकारात्मक धारणा बनाएको उहाँको भनाइ थियो। ढकालले विगतका चुनौतीपूर्ण आर्थिक अवस्थापछि बजारमा सुधारका संकेत देखिएको, सवारीसाधनको बिक्री ४० प्रतिशतले बढेको, कर्जा प्रवाह ८.७ प्रतिशतले वृद्धि भएको र बैंकहरूको नाफामा पनि सुधार भएको बताउनुभयो।

उहाँले महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना भएको र यो कम्पनीले पूर्वाधार, ऊर्जा, पर्यटन र उत्पादनमूलक क्षेत्रमा ४० अर्ब रुपैयाँसम्मका ठूला आयोजनामा लगानी गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो। विदेशी लगानी आकर्षणका लागि भारत, चीन र दुबईमा व्यवसायिक सम्मेलनहरू आयोजना गरिएको र नेपालप्रति विदेशी लगानीकर्ताको चासो बढ्दै गएको उहाँले बताउनुभयो। हालै बनेका कानुन र सम्झौताहरू कार्यान्वयन भएमा विदेशी लगानी अझ सहज हुने उहाँको विश्वास छ।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 33 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Kinmel Chautari