evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

यामाहा नेपालद्वारा नाडा अटो शो २०२५ मा MT-15 V2 र FZ-S V3 DLX का नयाँ भेरियन्टहरू प्रस्तुत

19-Aug-2025 12:21
1282
Share 58 यामाहा नेपालद्वारा नाडा अटो शो २०२५ मा MT-15 V2 र FZ-S V3 DLX का नयाँ भेरियन्टहरू प्रस्तुत
  • Share
      यामाहा नेपालद्वारा नाडा अटो शो २०२५ मा MT-15 V2 र FZ-S V3 DLX का नयाँ भेरियन्टहरू प्रस्तुत
      यामाहा नेपालद्वारा नाडा अटो शो २०२५ मा MT-15 V2 र FZ-S V3 DLX का नयाँ भेरियन्टहरू प्रस्तुत
  • Message

    Send Message

  • Call
  • Whatsapp

यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्नो प्रमुख मोटरसाइकलहरूका लागि दुई नयाँ भेरियन्टहरू सार्वजनिक गर्दै सबैको ध्यान खिचेको छ। MT-15 V2 अब “ICE STORM” र “Vivid Violet Metallic” भेरियन्टहरू उपलब्ध छ भने FZ-S V3 DLX “ICE FLUO VERMILLION” मा देख्न सकिन्छ। यो बहुप्रतीक्षित अनावरण भृकुटीमण्डप प्रदर्शनी हलको यामाहा ब्लु च्याम्बर (स्टल नं. TW1) मा भएको थियो जुन यस मेलाको एक उत्साहजनक एवम् मुख्य आकर्षणको क्षण बन्यो।

उद्घाटन कार्यक्रममा यामाहाको इनोभेसन, पर्फर्मेन्स र स्टाइलप्रतिको निरन्तरको प्रतिबद्धताको संकेत स्वरूप एमएडब्लु राइड्स प्रा. लि. का अध्यक्ष विष्णु कुमार अग्रवाल र नाडाका अध्यक्ष श्री करण चौधरीको उपस्थिती रहेको थियो। “MT-15 V2 का ‘ICE STORM’ र ‘Vivid Violet Metallic’ भेरियन्टहरूले पहिलेदेखि नै स्ट्रीटफाइटरमा नयाँ आकर्षक व्यक्तित्व थपेका छन्, भने FZ-S V3 DLX को ‘ICE FLUO-VERMILLION’ भेरियन्टले यामाहाको प्रसिद्ध FZ सिरिजमा बोल्ड र आधुनिक शैली थपेको छ। यी नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिन्छन्।

यामाहा ब्लु च्याम्बरका आगन्तुकहरूले यी नयाँ मोडेलहरू प्रत्यक्ष हेर्न पाउनुका साथै यामाहाका सम्पूर्ण मोटरसाइकल र स्कूटरको सिरिज अन्वेषण गर्दै निम्नलिखित विशेष नाडा अफरहरूको आनन्द लिन सक्छन्:

• छानिएका मोडेलमा रू. ७,००० सम्म छुट

• MotoGP रेस प्रत्यक्ष अनुभव गर्ने मौका

• MT सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम MT राइडिङ ज्याकेट पाइने

यस नयाँ लन्चका बारेमा विष्णु कुमार अग्रवालले भन्नुभयो, “नाडा अटो शो यामाहाका अत्याधुनिक उत्पादनहरू नेपालका मोटरसाइकल प्रेमीहरूसम्म पुर्‍याउने उत्तम प्लेटफर्म हो। MT-15 V2 र FZ-S V3 DLX का यी नयाँ भेरियन्टहरूले हाम्रो शैली र प्रदर्शनप्रतिको लगाव र यामाहाले सधैं प्रबर्धन गर्ने स्वतन्त्रताको भावना झल्काउँछन्।”

नाडा अटो शो ३ भदौ देखि ८ भदौसम्म सञ्चालन हुनेछ। यामाहा सबै मोटरसाइकल प्रेमीहरूलाई यामाहा ब्लु च्याम्बर (स्टल नं. TW1) मा भिजिट गर्न र “ICE STORM,” “Vivid Violet Metallic” र “ICE FLUO-VERMILLION” लाई प्रत्यक्ष अवलोकन गर्न आमन्त्रित गर्दछ।

एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपाल अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र देशव्यापी नेटवर्कको साथ दुई-पाङ्ग्रे सवारीका क्षेत्रमा अग्रणी रहँदै आएको छ। दैनिक प्रयोगका लागि स्कुटरदेखि रोमाञ्च चाहनेहरूका लागि बनाइएका मोटरसाइकलहरूसम्म, अतुलनीय मूल्य र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्न यामाहा सधैं प्रतिबद्ध छ।

Comment

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka