evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

सेरेसले नाडा अटो शो २०२५ मा सार्वजनिक गर्यो विशेष 3X अफर

21-Aug-2025 08:17
2050
Share 25 सेरेसले नाडा अटो शो २०२५ मा सार्वजनिक गर्यो विशेष 3X अफर
  • Share
      सेरेसले नाडा अटो शो २०२५ मा सार्वजनिक गर्यो विशेष 3X अफर
      सेरेसले नाडा अटो शो २०२५ मा सार्वजनिक गर्यो विशेष 3X अफर
  • Message

    Send Message

  • Call
  • Whatsapp

यो वर्षको नाडा अटो शोलाई अझ विशेष बनाउन सेरेसले केवल प्रदर्शनी अवधिभर लागू हुनेगरी आफ्नो विशेष 3X अफर ल्याएको छ। ग्राहकलाई बढी मूल्य र निश्चिन्तता दिने उद्देश्यले ल्याइएको यो अफरले सेरेसको स्वामित्वलाई अझ सजिलो र लाभदायी बनाउँछ।

यस 3X अफरमा तीन प्रमुख फाइदाहरू समेटिएका छन्: ३ वर्षको सम्पूर्ण बीमा कभरेज, जसले झन्झटरहित स्वामित्व सुनिश्चित गर्छ; ३ गुणासम्मको नगद छुट, जसले खरिदलाई अझ किफायती बनाउँछ; र बुकिङ रकमलाई ३ गुणा बराबरको फाइदा, जसले खरिद प्रक्रियामा थप लाभ दिन्छ।

ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्। यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुने भएकाले अटोमोबाइल मन पराउनेहरूका लागि सेरेस ब्रान्डका आकर्षक गाडीहरू नजिकैबाट अवलोकन गर्ने यो अनुपम अवसर हुनेछ।

सेरेस स्टलमा आगन्तुकहरूले सेरेस एसयुभी हेर्न पाउनेछन्। आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री प्रदर्शनसहितको सेरेस 3 नयाँ ईभी हो। आजका चालकका लागि तयार गरिएको हो सेरेस 3 भविष्यको मोबिलिटीको प्रतिक पनि हो।

सेरेसले कोरालापास हुँदै ४,६६० मिटर उँचाइमा अवस्थित लोमान्थाङ पुगेर पहिले नै इतिहास रचेको छ। यो कठिन यात्रालाई सफलतापूर्वक सम्पन्न गर्ने सेरेस नेपालको पहिलो ईभी हो। यस उपलब्धिले सेरेस वास्तवमै नेपालकै लागि बनेको हो भन्ने कुरालाई पुष्टि गर्नुका साथै यो कठोर भौगोलिक परिस्थितिहरू सहजै सामना गर्न सक्षम छ भन्ने पनि प्रमाणित गरेको छ।

नाडा अटो शो २०२५ मा सेरेसको स्टल भिजिट गर्नुहोस्, ड्राइभिङको भविष्यलाई अनुभव गर्नुहोस् र अधिकतम ६ लाख रुपैयाँसम्मको सीमित अवधिको अफरको विशेष लाभ लिनुहोस्।

Comment
Share 15 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 43 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka
Kinmel Chautari