evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नाडा अटो शो २०२५: Geely EX5 को १८७ युनिटको कीर्तिमानी बुकिङ

28-Aug-2025 06:12
2715
Share 115 नाडा अटो शो २०२५: Geely EX5 को १८७ युनिटको कीर्तिमानी बुकिङ
  • Share
      नाडा अटो शो २०२५: Geely EX5 को १८७ युनिटको कीर्तिमानी बुकिङ
      नाडा अटो शो २०२५: Geely EX5 को १८७ युनिटको कीर्तिमानी बुकिङ
  • Message

    Send Message

  • Call
  • Whatsapp

भदौ ३ देखि ८ गतेसम्म काठमाडौँको भृकुटिमण्डपमा आयोजित नाडा अटो शो २०२५ मा Geely EX5 विद्युतीय गाडीले उल्लेखनीय सफलता हासिल गर्दै १८७ युनिट बुकिङको कीर्तिमान कायम गरेको छ। ड्रिम स्मार्ट चाइनाको आधिकारिक आयातकर्ता एलआरआर मोटर्स प्रा.लि.ले नेपालमा यो अत्याधुनिक विद्युतीय सवारी भित्र्याएको हो।

नाडा अटो शोमा Geely EX5 को प्रो र म्याक्स भेरियन्टहरू प्रदर्शनमा राखिएको थियो, जसले आफ्नो नवीन प्रविधि, लामो रेञ्ज, र आकर्षक डिजाइनका कारण दर्शकहरूको ध्यानाकर्षण गर्‍यो। कम्पनीका अनुसार, यी विशेषताहरूले प्रिमियम र भरपर्दो विद्युतीय गाडी खोज्ने नेपाली उपभोक्ताहरूलाई प्रभावित पार्दै बुकिङमा उल्लेखनीय वृद्धि भएको हो।

एलआरआर मोटर्सका बिक्री प्रमुख अनिल थापाले भने, “नाडा अटो शोमा Geely EX5 को प्राप्त उत्साहजनक प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ। ५ दिनको अवधिमा १८७ गाडीको बुकिङले नेपालमा उच्च गुणस्तरको विद्युतीय सवारीको माग र Geely को नवप्रवर्तनप्रति उपभोक्ताको विश्वासलाई झल्काउँछ।”

Geely EX5 मा प्रयोग भएको ६०.२ किलोवाट आवरको एलएफपी ब्याट्रीले विशेष ध्यान खिचेको छ। यो ब्याट्री Geely होल्डिङ्ग ग्रुपले आफैँले विकास गरेको हो, जसले आठवटा निडल पंचर परीक्षणहरू पास गरेको छ र विश्वकै पहिलो वाटरप्रूफ, फायरप्रूफ, र बुलेटप्रूफ ब्याट्रीको रूपमा प्रमाणित भएको छ। कम्पनीका अनुसार, यो ब्याट्रीले ३,५०० चार्ज साइकल (लगभग १० लाख किलोमिटर ) सम्मको आयु प्रदान गर्छ, जुन बजारमा उपलब्ध अन्य ब्याट्रीहरूभन्दा निकै माथि छ। साथै, एलआरआर मोटर्सले यो ब्याट्रीमा ८ वर्ष वा २,००,००० किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ।

एलआरआर मोटर्सले यो सफलताले नेपालमा वातावरणमैत्री यातायातलाई प्रवद्र्धन गर्ने आफ्नो लक्ष्यलाई थप बलियो बनाएको बताएको छ। बुक गरिएका Geely EX5 गाडीहरूको डेलिभरी भदौ १२ गतेदेखि सुरु हुने कम्पनीले जानकारी दिएको छ। नाडा अटो शोमा देखिएको यो उत्साहले नेपालको विद्युतीय सवारी बजारमा Geely को बलियो उपस्थितिलाई संकेत गर्छ।

Comment
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 37 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News
Kinmel Chautari