evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

न्यूनतम डाउन पेमेन्टमा गाडी र सिङ्गापुर-मलेसिया भ्रमणको अवसरसहित ८ लाखको फाइदा: एलएस अटोको चाडपर्व विशेष ‘फेस्टिभ अफर’

03-Sep-2025 05:22
1483
Share 115 न्यूनतम डाउन पेमेन्टमा गाडी र सिङ्गापुर-मलेसिया भ्रमणको अवसरसहित ८ लाखको फाइदा: एलएस अटोको चाडपर्व विशेष ‘फेस्टिभ अफर’
  • Share
      न्यूनतम डाउन पेमेन्टमा गाडी र सिङ्गापुर-मलेसिया भ्रमणको अवसरसहित ८ लाखको फाइदा: एलएस अटोको चाडपर्व विशेष ‘फेस्टिभ अफर’
      न्यूनतम डाउन पेमेन्टमा गाडी र सिङ्गापुर-मलेसिया भ्रमणको अवसरसहित ८ लाखको फाइदा: एलएस अटोको चाडपर्व विशेष ‘फेस्टिभ अफर’
  • Message

    Send Message

  • Call
  • Whatsapp

एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लू कर्पोरेशनले चाडपर्व लक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ । नजिकिँदै गरेको दशैं-तिहार लक्षित गर्दै ल्याएको यो अफरमा रहेर गाडी किन्दा न्यूनतम डाउन पेमेन्टको सुविधादेखि उपहार तथा नगदमा भारी छुट ग्राहकले पाउने छन् ।

विभिन्न छुट र बोनसको समावेशसहित गाडीको खरिदमा कुल ८ लाख रुपियाँसम्मको लाभ लिनसक्ने गरी फेस्टिभ अफर आएको कम्पनीका महाप्रबन्धक नविन फुयाँलले जानकारी दिए । कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी-०१’ गाडी ग्राहकहरूले यो अफर अन्तर्गत केवल २० प्रतिशतको डाउन पेमेन्टमा घर लैजान सक्नेछन् ।

साथै कम्पनीका महाप्रबन्धक नविन फुयाँलले भने दशैं-तिहारमा गाडी खरिद गर्ने सोच बनाएका ग्राहकहरूका लागि निकै उपयुक्त यो अफर रहेको बताए । उनका अनुसार यस अफर अन्तर्गत गाडी किन्ने ग्राहकका जोडिले निःशुल्क ५ रात ६ दिनको सिङ्गापुर र मलेसिया घुम्ने अवसर प्राप्त गर्ने छन् ।

यस्तै, फेस्टिभ अफरमा कम्पनीले १ लाखको नगद छुट, १ लाख रुपियाँको एक्सचेञ्ज बोनस, निःशुल्क बीमा सुविधाको पनि प्रदान गरेको छ । कम्पनीका अनुसार यही अफर भित्र गाडी किन्दा १० किलो क्षमताको वाशिङ मेसिन निःशुल्क दिइने बताइएको छ ।

कम्पनीले यो अफर सीमित समयको लागि मात्र रहेको जानकारी दिँदै इच्छुक ग्राहकहरूलाई नजिकको शोरुमा सम्पर्क गरी यसको लाभ लिन सकिने बताएको छ । नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल गाडी एलईभी-०१ हो । दमदार प्रर्फर्मेन्सले सुसज्जित यो गाडीमा ६७.१२ किलोवाट आवरको ब्याट्री क्षमता छ । ५०० किलोमिटर भन्दा बढी एकपटकको फुल चार्जमा कुदाउन सकिने यो गाडीको ग्राउन्ड क्लियरेन्स २१० मिमि रहेको छ ।

‘गाडीको खरिद गर्ने ग्राहकलाई सहजीकरणको उद्देश्य राखी यो अफर सार्वजनिक गरेका हौं, यो अफरको लाभ लिनसक्ने अवसर नेपालीहरूको महान चाडले जुराई सकेको छ, ‘महाप्रबन्धक फुयाँलले भने, ‘दशैं-तिहारले मात्रै होइन, यसपटक एलएस अटोको गाडी खरिदमा राखिएको अफरमा हर्ष पाउनु हुनेछ,’ उनले भने ।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka