evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

यामाहा ब्लु फेस्ट २०२५: नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव

07-Sep-2025 11:48
845
Share 61 यामाहा ब्लु फेस्ट २०२५: नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव
  • Share
      यामाहा ब्लु फेस्ट २०२५: नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव
      यामाहा ब्लु फेस्ट २०२५: नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव, “यामाहा ब्लु फेस्ट”, आज हात्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य उद्घाटन समारोहका साथ सुरु भएको छ। उत्कृष्ट अफर, रोमाञ्चक अनुभवहरू, र यामाहा कम्पनीको शैली र प्रदर्शनको पहिचानसँगै, यस पर्वले सहरभरिका बाइक र स्कुटर प्रेमीहरूको उत्साह दोब्बर बनाउने वाचा गरेको छ।

भदौ २२ देखि भदौ २७ सम्म सञ्चालन हुने यामाहा ब्लु फेस्टमा बाइक र स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन्। यस चाडपर्वको सिजनमा, यामाहा ब्लु फेस्ट सँग खुशीको यात्रामा निस्कनुहोस्। हत्तिसार (जय नेपाल सिनेमा हल) मा भदौ २२ देखि २७ सम्म उपस्थित हुनुहोस् र आफ्नो पुरानो बाइक वा स्कुटर नयाँ यामाहामा परिवर्तन गर्नुहोस्।

अविश्वसनीय एक्सचेन्ज र फाइनान्स अफरहरू:

• कुनै पनि ब्राण्ड, कुनै पनि बाइक एक्सचेन्ज गर्नुहोस्

• कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५०,००० मूल्याङ्कन

• अन्य ब्राण्डमा न्यूनतम रु. २५,००० मूल्याङ्कन (कर म्याद पुरा गर्नुपर्ने)

• एक्सचेन्जमा अतिरिक्त रु. १०,००० बोनस

• ७.९९% ब्याजदरमा फाइनान्स, ग्यारेन्टर आवश्यक छैन

• नगद छुट रु. १०,००,००० सम्म

अन्य थप आकर्षणहरू:

• हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट

• भाग्यशाली विजेताहरूका लागि “राइड द ब्लु विथ रोडिज” अनुभव

यामाहाले आफ्नो प्रिमियम लाइनअप प्रदर्शन गर्दैछ, जसमा R15 V4, MT-15 V2, FZ V3 Deluxe, RayZR 125 FI Hybrid, Aerox 155 लगायतका मोडेलहरू समावेश छन्। ग्राहकहरूले यामाहाको शक्ति, शैली, र प्रदर्शनको पूर्ण अनुभव गर्ने अवसर पाउनेछन्।

यस अवसरमा बोल्दै, दीपक अग्रवाल, ED र CEO, यामाहा नेपालले भने:

"यामाहामा हामी सधैं यस्तो अनुभव सिर्जना गर्न विश्वास गर्छौं जुन केवल यात्रा मात्र नभई भावना, शैली र प्रदर्शनको अनुभव पनि हो। यो पहल हाम्रो मूल्यवान ग्राहकप्रति धन्यवाद प्रकट गर्ने र अझ धेरै राइडरहरूलाई यामाहा परिवारमा स्वागत गर्ने हाम्रो पहल हो।"

यामाहाको ७० वर्षको नवप्रवर्तन र उत्कृष्टताको परम्परामा आयोजित, जय नेपालमा ब्लु फेस्ट केवल एक्सचेन्ज मात्र होइन, यो राइडिंग संस्कृतिको र यामाहा आत्माको पर्व हो। अविश्वसनीय योजनाहरूदेखि लिएर रमाइलो गतिविधिहरू सम्म, यामाहा नेपाल सबै दुई-पाङ्ग्रे प्रेमीहरूलाई यस रोमाञ्चक पर्वमा सहभागी हुन आमन्त्रित गर्दछ।

Comment
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka