evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।

11-Sep-2025 07:42
622
Share 11 शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।
  • Share
      शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।
      शान्तिपूर्ण बिरोधमा सरकारी दमनबाट प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली र सरकारको कडा विरोध।
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनले आन्दोलनकारी युवा समूह GEN-Z द्वारा कुसासन र भ्रष्टाचार विरुद्ध आयोजित शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले गरेको अमानवीय र बर्बर दमन प्रति गम्भीर असन्तोष व्यक्त गर्दै यसको कडा भर्त्सना गर्दछ।

देशमा मौलाउँदै गएको भ्रष्टाचार, अराजकता र कुशासन विरुद्ध उठेको युवाशक्तिको न्यायोचित आवाजलाई बन्दुक, लाठी र अश्रु ग्यासले दमन गर्नु लोकतन्त्र, मानवअधिकार र नागरिक स्वतन्त्रता माथि गरिएको गम्भीर आघात हो। यसबाट देशभरका नागरिक निराश, स्तब्ध र आक्रोशित भएका छन्।

यस दुखद घटनाबाट प्राण गुमाउन बाध्य भएका सम्पूर्ण वीर युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछौं।

घाइते सबै युवाहरूको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गर्दछौं।

यसै प्रसङ्गमा नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनले सरकार समक्ष निम्न मागहरू राख्दछः

१. शान्तिपूर्ण विरोधमा गरिएको अत्यधिक बल प्रयोगबारे निष्पक्ष र छिटो अनुसन्धान गरी दोषीहरूमाथि कानुनी कारबाही गरियोस्।

२. घाइते प्रदर्शनकारीहरूको सम्पूर्ण उपचार तथा क्षतिपूर्ति सरकारले नै सुनिश्चित गरोस्।

३. युवाहरूले उठाएका भ्रष्टाचार र कुशासन विरुद्धका जायज मागलाई गम्भीरतापूर्वक सम्बोधन गरी तत्काल संवाद र समाधानको बाटो खोलियोस्।

एसोसिएसन स्पष्ट पार्न चाहन्छ कि युवाहरूको बलिदान देशको भविष्यका लागि गहिरो प्रेरणा हो। यो बलिदान व्यर्थ नजाओस् भन्ने हाम्रो दृढ आह्वान छ।

नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन व्यवसायी समुदायलाई सचेत रहन र युवाहरूको न्यायोचित अभियानप्रति ऐक्यबद्धता प्रकट गर्न आह्वान गर्दछ। साथै, सरकारले दमनको नीति तत्काल अन्त्य नगरे आवश्यक परेमा कठोर कदम चाल्न बाध्य हुने जानकारी गराईन्छ।

नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन (NABA)

केन्द्रिय कार्य समिति

Comment
Share 33 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka