evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा

15-Sep-2025 06:43
570
Share 7 देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा
  • Share
      देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा
      देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा
  • Message

    Send Message

  • Call
  • Whatsapp

हालै देशमा व्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल यस घटनाबाट प्रभावित सम्पूर्ण परिवारसँग गहिरो समवेदना प्रकट गर्दछौ ।

जीवन गुमाउनु पर्ने पीडादायी घटनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौ। साथै, घाइतेभएका सम्पूर्ण नागरिकहरूकोशीघ्रस्वास्थ्य लाभकोलागि समते हार्दिक प्रार्थना गर्दछौ।

नेपालकोअटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीकोमहत्वपूर्ण आधारशिला हो। तर हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका छन्। कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समते चिन्ता बढेको छ ।

देशको बर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर र्पुयाएको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनातैी थपिएकोछ। शान्तिपूर्ण सम्वाद र सहमतिको बाटो बाट हरेक जटिल र कठीन समस्याहरुको समाधान खोज्न सकिन्छ भन्ने हाम्रो गहिरो विश्वास रहेकोछ । साथै, सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गर्दछौ ।

नाडाले आफ्नोसदस्य कम्पनीहरूकोहित, उपभोक्ताकोविश्वास, र देशकोसमग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता व्यक्त गर्दछ। हामी विश्वास गर्दछौं कि एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक सम्वादमाफर्त मुलकु छिट्टैस्थायित्वतर्फ अघि बढ्नेछ भन्नेविश्वास समेत लिएका छौ।

नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । अव छिटै मन्त्रिपरिषद समेत गठन हुने र यस सरकारले आउदो ६ महिनाभित्र आम निर्वाचन समेत सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्न योसरकार सफल हुनेछ भन्नेकुरामा शुभकामना समेत व्यक्त गर्दछौ।

Comment
Share 15 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 43 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News
Kinmel Chautari