evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा अर्थमन्त्रीसंग छलफल

16-Sep-2025 13:13
558
Share 12 नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा अर्थमन्त्रीसंग छलफल
  • Share
      नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा अर्थमन्त्रीसंग छलफल
      नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा अर्थमन्त्रीसंग छलफल
  • Message

    Send Message

  • Call
  • Whatsapp

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री रामेश्वर खनालसँग भेटघाट गरी हालको आर्थिक अवस्था, व्यवसायीहरूको सुरक्षा तथा अटोमोबाइल क्षेत्रमा देखिएका समस्याबारे विस्तृत छलफल गरेको छ।

छलफलका क्रममा अध्यक्ष चौधरीले देशको अर्थतन्त्र दिनानुदिन कमजोर हुँदै गएको उल्लेख गर्दै व्यवसायीहरूको मनोबल बढाउने खालका ठोस नीतिहरु सरकारले तत्काल ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले तोडफोडबाट भएको क्षतिको बीमा रकम (Insurance Disbursement) शीघ्र उपलब्ध गराउनुपर्ने र नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनपछि सवारीसाधनको मूल्य वृद्धि हुने भएकाले त्यसले उद्योगमा थप चुनौती खडा गर्ने बताउनुभयो।

चौधरीले नाडा अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन सरकारले आवश्यक नीति–सुधार गर्नुपर्ने उल्लेख गर्दै २२ बुँदे सुझावपत्र अर्थमन्त्रीलाई बुझाउनुभयो। तीमध्ये पेट्रोल र डिजेलचालित सवारीसाधनहरूमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने Hire Purchase Loan को Loan to Value Ratio हालको ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत पु¥याउनुपर्ने प्रमुख माग गरिएको छ।

सो अवसरमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले तातोपानी भन्सार अवरुद्ध हुँदा सवारीसाधन आयातमा समस्या आएको स्वीकार गर्दै छिट्टै समाधान हुने बताउनुभयो। उहाँले व्यवसायीहरूको हितमा प्रोत्साहन प्याकेज ल्याउने र प्रदूषण मापदण्ड कार्यान्वयनका असरबारे वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने आश्वासन दिनुभयो।

अर्थमन्त्री खनालले व्यवसायीहरूले अघि सारेका सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले आन्दोलनका कारण भएको नोक्सानीको तथ्याङ्क संकलन गरी आवश्यक कदम चालिने र बैंक तथा वित्तीय संस्थामार्फत सुविधाहरू उपलब्ध गराइने जानकारी दिनुभयो। साथै, कर तथा कर–सुविधासम्बन्धी प्रस्तावहरू मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्ने तयारीमा रहेको पनि बताउनुभयो।

छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, महासचिव विक्रमसिंह सनिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति सहभागी हुनु भएको थियो।

Comment

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka