evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

एमएडब्लु वृद्धिद्वारा नेपालकै ठूलो ईभी एक्सचेन्ज मेला, १५ लाखसम्मको अफर

07-Oct-2025 11:59
646
Share 21 एमएडब्लु वृद्धिद्वारा नेपालकै ठूलो ईभी एक्सचेन्ज मेला, १५ लाखसम्मको अफर
  • Share
      एमएडब्लु वृद्धिद्वारा नेपालकै ठूलो ईभी एक्सचेन्ज मेला, १५ लाखसम्मको अफर
      एमएडब्लु वृद्धिद्वारा नेपालकै ठूलो ईभी एक्सचेन्ज मेला, १५ लाखसम्मको अफर
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपालमा विद्युतीय सवारीसाधनको क्रान्तिलाई अझ गतिशील बनाउन एमएडब्लु वृद्धिले नेपालकै सबैभन्दा ठूलो ईभी एक्सचेन्ज कार्निभल आयोजना गर्ने भएको छ। असोज २४ गतेदेखि काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन तथा देशभरका दिपल, नामी र सेरेसका अधिकृत सोरुमहरूमा एकैसाथ सुरु हुने यो मेला तीन दिनसम्म चल्नेछ।

ग्राहकहरूले आफ्ना पुराना गाडी साटेर दिपल, अवतार, नामी र सेरेसजस्ता अग्रणी ब्रान्डका अत्याधुनिक इलेक्ट्रिक भेहिकलमा अपग्रेड गर्न सक्नेछन्। कार्यक्रममा टेस्ट ड्राइभ, ह्युमनोइड रोबोट शो, कार रेसिङ सिमुलेटर, किड्स जोन, इनडोर गेम र रिफ्रेसमेन्टका सुविधा उपलब्ध हुनेछन्।

एक्सचेन्ज मेलामा शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत पुराना गाडीहरूको मूल्यांकन हुनेछ। ग्राहकहरूले बोनस र नगद छुटसहित निश्चित मोडेलमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउनेछन्। साथै बुकिङ गर्ने ग्राहकलाई नगरकोटस्थित प्रिमियम रिसोर्टमा दुईजनाका लागि नाइट स्टेको अफर पनि प्रदान गरिनेछ।

यो कार्यक्रममा पहिलोपटक अल्टा प्रिमियम ईभी अवतारलाई टेस्ट ड्राइभ गर्न पाइनेछ भने नाडा अटो शोमा आकर्षण बनेको दिपल S05 र सेग्मेन्ट फस्ट फिचरसहितको नामी Vigo पनि प्रदर्शनमा रहनेछन्।

काठमाडौंबाहेक देशभरका दिपल, नामी र सेरेसका सोरुमहरूमा पनि एक्सचेन्ज कार्निभल एकैसाथ सञ्चालन हुनेछ।

Comment
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 37 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News
Kinmel Chautari