evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

एथर एनर्जी नेपालले लक्ष्मीपूजाको अवसरमा सार्वजनिक गर्यो नयाँ टेराकोटा रातो रंगमा एथर रिज्टा

21-Oct-2025 12:11
615
Share 8 एथर एनर्जी नेपालले लक्ष्मीपूजाको अवसरमा सार्वजनिक गर्यो नयाँ टेराकोटा रातो रंगमा एथर रिज्टा
  • Share
      एथर एनर्जी नेपालले लक्ष्मीपूजाको अवसरमा सार्वजनिक गर्यो नयाँ टेराकोटा रातो रंगमा एथर रिज्टा
      एथर एनर्जी नेपालले लक्ष्मीपूजाको अवसरमा सार्वजनिक गर्यो नयाँ टेराकोटा रातो रंगमा एथर रिज्टा
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपालको अग्रणी इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर एनर्जी नेपाल ले हिजो लक्ष्मीपूजाको अवसरमा आफ्नो लोकप्रिय परिवारमुखी स्कुटर एथर रिज्टा (Ather Rizta) लाई नयाँ आकर्षक टेराकोटा रातो (Terracotta Red) रङमा सार्वजनिक गरेको छ।

नयाँ संस्करण मोनोटोन र डुअल–टोन दुबै भर्सनमा उपलब्ध हुनेछ। यससँगै एथर रिज्टा अब कुल ९ फरक–फरक रङहरूमा उपलब्ध भएको छ, जसले नेपाली ग्राहकहरूलाई अझ धेरै विकल्प प्रदान गरेको छ।

नेपाल मोबिलिटी एक्स्पो २०२५ मा पहिलो पटक प्रस्तुत भएपछि एथर रिज्टाले अत्यधिक लोकप्रियता हासिल गरेको थियो। यसको परिवारमुखी डिजाइन, आधुनिक प्रविधि र उत्कृष्ट प्रदर्शनका कारण यसले नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ। नयाँ टेराकोटा रेड एडिसनले परम्परा र आधुनिकताको सुन्दर संयोजन प्रस्तुत गर्दै न्यानोपन, शैली र प्रदर्शनको सन्तुलित मिश्रण ल्याएको एथरले जनाएको छ।

एथर रिज्टा एथरको पहिलो परिवारमुखी स्कुटर हो, जसमा सुरक्षा, सुविधा र व्यवहारिकता लाई प्राथमिकता दिइएको छ। लामो र आरामदायी सिट, पर्याप्त स्टोरेज, र स्मार्ट प्रविधिहरूको संयोजनले यसलाई पारिवारिक यात्राका लागि आदर्श स्कुटर बनाएको छ। भारतमा यसको पहिलो वर्षमै १ लाखभन्दा बढी युनिट बिक्री भइसकेको छ। नेपालमा यसको बिक्री र वितरण वैद्य एनर्जी प्रा. लि. मार्फत हुँदै आएको छ, जुन वैद्य्स अर्गनाइजेशन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेस (VOITH) अन्तर्गतको सह–संस्था हो।

एथर रिज्टामा १५९ किमी सम्मको रेंज, ४.३ kW को मोटर, स्किड कन्ट्रोल, अटो–होल्ड, इमर्जेन्सी स्टप सिग्नल र डिस्क ब्रेक, साथै ७ इन्च टचस्क्रिन टीएफटी डिस्प्ले, गूगल म्याप्स नेभिगेशन, ब्लुटुथ म्युजिक र OTA अपडेट जस्ता फिचरहरू छन्। IPX7 रेटेड ब्याट्री, ५ वर्षको वारेन्टी र ५६ लिटर सम्मको स्टोरेज क्षमताले यसलाई थप भरपर्दो बनाएको छ।

एथर रिज्टा टेराकोटा रेड एडिसन अहिले नेपालभरका सबै एथर एक्स्पिरियन्स सेन्टरहरूमा बुकिङका लागि खुला छ।

एथर एनर्जी नेपालले भनेको छ — “यो लक्ष्मीपूजाको अवसरमा हामीले परम्परा र प्रविधिको मिश्रण प्रस्तुत गरेका छौँ। अब यो नयाँ टेराकोटा रेड रिज्टा नेपाली सडकमा उत्सवको रंग थप्नेछ।”

Comment
Share 34 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 12 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News