evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

NAIMA को पहिलो AGM सम्पन्न, Nepal Mobility Expo 2026 को औपचारिक तयारी सुरु

14-Dec-2025 09:44
426
Share 21 NAIMA को पहिलो AGM सम्पन्न, Nepal Mobility Expo 2026 को औपचारिक तयारी सुरु
  • Share
      NAIMA को पहिलो AGM सम्पन्न, Nepal Mobility Expo 2026 को औपचारिक तयारी सुरु
      NAIMA को पहिलो AGM सम्पन्न, Nepal Mobility Expo 2026 को औपचारिक तयारी सुरु
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) को पहिलो वार्षिक साधारण सभा (AGM) मङ्सिर २५ गते (डिसेम्बर ११, २०२५) सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाको कार्यालय कमलपोखरीमा अध्यक्ष श्रीमती रितु सिंह वैद्यको अध्यक्षतामा भएको सभाले स्थापनादेखि हालसम्मका उपलब्धि र सिकाइको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना र रणनीतिक योजनाहरू औपचारिक रूपमा पारित गरेको छ ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले छोटो अवधिमा NAIMA देशको मोबिलिटी क्षेत्रको एकीकृत र शक्तिशाली आवाजका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले विगत नौ महिनाका उपलब्धिहरू प्रस्तुत गर्दै पहिलो NAIMA Nepal Mobility Expo 2025 को सफल आयोजनाले अटोमोबाइल क्षेत्रका सरोकारवालालाई एकै थलोमा प्रदर्शनी अवलोकनको अवसर प्रदान गरेको र मोबिलिटी क्षेत्रका सिकाइ सत्रहरू निरन्तर सञ्चालनले संस्थाको भूमिकालाई थप बृहत्तर र विश्वसनीय बनाएको उल्लेख गर्नुभयो ।

कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गर्नुभयो । उहाँले संस्थाको दीर्घकालीन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनप्रति प्रतिबद्धता दोहोर्‍याउनुभयो । सदस्यहरूले NAIMA ले सक्रिय र प्रभावकारी रूपमा गरिरहेको कामको प्रशंसा गर्दै आपत्कालीन अवस्थामा राज्यका निकायहरूलाई सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताए ।

सभाले २०८२/८३ का कार्यक्रमहरू पारित गरेको छ, जसमा मोबिलिटी सम्बाद, क्षमता अभिवृद्धि तालिम, क्षेत्रगत अध्ययन अनुसन्धान, नीतिगत बहस तथा पैरवी र NAIMA Nepal Mobility Expo 2026 को आयोजना मुख्य छन् । आगामी मोबिलिटी एक्स्पो २०८३ श्रावण २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी भएको छ ।

संस्थागत सुदृढीकरणका लागि सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने र Megatech Group Pvt. Ltd. लाई नयाँ सदस्यका रूपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्य मनोनित गर्ने निर्णय भएको छ । सम्भावित र योग्य ब्रान्डहरूलाई समावेश गर्दै मोबिलिटी क्षेत्रका सामूहिक हितका विषयमा नियमित सम्बाद जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

सभाको समापन गर्दै अध्यक्ष वैद्यले सबै सदस्यहरूलाई धन्यवाद दिँदै नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन उन्नतिका लागि NAIMA ले सक्रिय भूमिका खेलिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Comment
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 37 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News
Kinmel Chautari