evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको ४९औं वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न, २०८२ पौष २५ मा निर्वाचन हुने

24-Dec-2025 12:09
317
Share 7 नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको ४९औं वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न, २०८२ पौष २५ मा निर्वाचन हुने
  • Share
      नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको ४९औं वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न, २०८२ पौष २५ मा निर्वाचन हुने
      नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको ४९औं वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न, २०८२ पौष २५ मा निर्वाचन हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को ४९औँ वार्षिक साधारण सभा (बन्द सत्र) ललितपुरमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाको आन्तरिक सुदृढीकरण, नीतिगत छलफल र भविष्यको रणनीतिक योजनामा केन्द्रित यो सभामा सदस्यहरूको ऐतिहासिक सहभागिता रहेको थियो।

नाडाका हाल नवीकरण भएका १,५४८ सदस्यमध्ये १,४८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा सभा सम्पन्न भएको हो। यो उच्च सहभागिताले संस्थाप्रति सदस्यहरूको बलियो विश्वास र एकताको प्रमाणित गरेको नाडाले जनाएको छ। सभा जिल्ला प्रशासन कार्यालयको निर्देशन र समन्वयमा प्रचलित कानुनी प्रावधानअनुसार आयोजना गरिएको तथा यो विशुद्ध आन्तरिक प्रक्रिया भएकाले बन्द सत्रमा मिडिया प्रतिनिधिहरूलाई आमन्त्रित नगरेको स्पष्ट पारिएको छ।

सभामा संस्थाका विभिन्न एजेन्डा र औपचारिक कार्यसूचीमाथि विस्तृत छलफल गर्दै सर्वसम्मत रूपमा प्रस्तावहरू पारित गरिएको छ। आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र रणनीतिक मार्गचित्रबारे गम्भीर बहस भएको तथा अटोमोबाइल व्यवसायीहरूबीच सहकार्य, व्यावसायिक हकहित संरक्षण र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचारविमर्श भएको छ। सदस्यहरूको उच्च अनुशासन र व्यवस्थित व्यवस्थापनका कारण सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

सभाको महत्वपूर्ण निर्णयका रूपमा नाडाको नयाँ कार्यसमिति चयनका लागि यही २०८२ पुस २५ गते निर्वाचन गर्ने मिति तोकिएको छ। यसैगरी, नाडालाई महासंघमा रूपान्तरण गर्ने औचित्य र आवश्यकतामाथि छलफल गर्दै प्रचलित कानूनअनुसार महासंघमा समावेश हुने प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सम्पूर्ण सदस्यहरूको अटुट विश्वास, साथ र समर्थनप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि कानुनी मापदण्डको पूर्ण पालना गर्दै पारदर्शी र जिम्मेवार संस्थाको रूपमा अगाडि बढ्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

Comment

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari