evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

Ather ले परिचयपत्रकै आधारमा स्कुटर खरिद गर्न सकिने सरल EMI योजना सार्वजनिक, मासिक किस्ता NPR 6,058 बाट सुरु

03-Jan-2026 09:46
367
Share 9 Ather ले परिचयपत्रकै आधारमा स्कुटर खरिद गर्न सकिने सरल EMI योजना सार्वजनिक, मासिक किस्ता NPR 6,058 बाट सुरु
  • Share
      Ather ले परिचयपत्रकै आधारमा स्कुटर खरिद गर्न सकिने सरल EMI योजना सार्वजनिक, मासिक किस्ता NPR 6,058 बाट सुरु
      Ather ले परिचयपत्रकै आधारमा स्कुटर खरिद गर्न सकिने सरल EMI योजना सार्वजनिक, मासिक किस्ता NPR 6,058 बाट सुरु
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपालकै नं. १ प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather ले स्कुटर स्वामित्व प्रक्रियालाई अझ सहज बनाउने उद्देश्यसहित नयाँ परिचयपत्र–आधारित EMI योजना सार्वजनिक गरेको छ। यस योजनाअनुसार अब ग्राहकहरूले कुनै पनि अतिरिक्त वित्तीय कागजात बिना केवल मान्य परिचयपत्र (ID Card) को आधारमा Ather इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार EMI योजना NPR 6,058 बाट सुरु हुने भएकाले नेपालमा प्रिमियम इलेक्ट्रिक स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि यो हालसम्मकै सबैभन्दा सरल र पहुँचयोग्य विकल्प बनेको छ।

परिचयपत्रमा आधारित यो वित्तीय सुविधाले EV खरिदमा देखिने कागजी झन्झट र वित्तीय अवरोध हटाउँदै देशभर दिगो तथा स्मार्ट मोबिलिटीलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको Ather ले जनाएको छ।

प्रविधि, प्रदर्शन र ग्राहक अनुभवलाई प्राथमिकतामा राख्दै आएको Ather हाल नेपाली इलेक्ट्रिक दुईपाङ्ग्रे बजारमा अग्रणी ब्रान्डका रूपमा स्थापित छ। बढ्दो ग्राहक मागलाई सम्बोधन गर्न कम्पनीले देशव्यापी सेवा र चार्जिङ पूर्वाधारलाई समेत तीव्र रूपमा विस्तार गर्दै आएको छ।

हाल नेपालमा Ather का

८ वटा Experience Center (काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, इटहरी र बुटवल),

१ Test Ride Zone (बौद्ध, काठमाडौं),

८ वटा अधिकृत सेवा केन्द्र, तथा प्रमुख सहर र राजमार्गहरूमा २७ भन्दा बढी Ather Grid फास्ट चार्जिङ पोइन्टहरू सञ्चालनमा छन्।

स्मार्ट टचस्क्रिन ड्यासबोर्ड, छिटो चार्जिङ क्षमता, ओभर–द–एयर (OTA) सफ्टवेयर अपडेट र उत्कृष्ट राइडिङ अनुभवका कारण Ather नेपाली उपभोक्तामाझ विश्वासिलो इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा चिनिँदै आएको छ।

कम्पनीका अनुसार यो नयाँ पहलले उन्नत प्रविधि, सहज स्वामित्व प्रक्रिया र भरपर्दो पूर्वाधारलाई एकै ठाउँमा जोड्दै नेपालमा इलेक्ट्रिक सवारीसाधनको अपनत्वलाई अझ तीव्र बनाउने Ather को दीर्घकालीन प्रतिबद्धतालाई थप बलियो बनाउनेछ।

Comment
Share 33 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka